.jpg)
कहिले घरको सम्झनाले सताउँदा रोँए,
कहिले गाउँबेँशीको झझल्को आउँदा रोँए।
कहिले मायालुको याद बढेर रोए त,
कहिले आफन्तको साथ सम्झेर रोँए।
कहिले पराईको बचन असह्य भएर रोँए,
कहिले ऋणको भोझ थाम्न नसकि रोँए,
कहिले जिन्दगीको लक्ष्य भुलेर रोँए त,
कहिले आफ्नो भाग्यलाइ धिक्कार्दै रोँए।
कहिले मरुभुमीको तातो राँपले पोल्दा रोए,
कहिले आफ्नो अन्योल भबिष्य सम्झिएर रोँए।
धेरै रोँए जिन्दगीमा आँशु पुछिदिने कोहि भएन,
किन भने म त मन भित्रै भक्कानियर रोँए।
मन रोँएको रहेछ मेरो,रुमालले पुछेर आँशु नै गएन,
मनको आँशु पुछिदिने मेरो आफ्नो कोहि भएन।
रोदनमा साथ दिने आफ्नो मान्छे आफ्नो रहेन।।
श्याम कुमार जि सि मुस्कान अन्जान
फोल्ली ६बल्ली खोला प्युठान नेपाल
हाल :मलेसिया
No comments:
Post a Comment