Wednesday, June 23, 2010

तिम्रो चिठ्ठी पाउदा:श्याम कुमार क्षत्री


तिम्रो चिठ्ठी पाउदा आज मुहार हुसेको छ

खुशी भई मन मेरो धेरै नाँचेको छ



उराठ उराठ एक्लो यँहा दिन रात थियो

तिमी बिना गाँउ बस्ती सून्य लाग्दै थियो

तिम्रो चिठ्ठी पाउदा आज मन हुसेको छ

मिर्मिरे भई यो मन भित्र घाम लागेको छ
तिम्रो यादमा तड्पीएर दिल कहिले रुन्थ्यो

केही खवर नपाउदा यो मन अतालिन्थ्यो

तिम्रो चिठ्ठी पाउदा आज मन हुसेको छ

हर्ष विभोर मुहारमा उमंग छाएको छ
फेरी पनि जीवनमा खुशी छाएको छ ।।
श्याम कुमार जि सी प्युठान नेपाल
नेपाल फोन :९८४७८९५३९३
ए मेल :SHUAM_HUMANLY2010@YAHOO.COM
MUSKANCHHETRI52@YAHOO.COM

No comments:

Post a Comment