Wednesday, June 23, 2010

कविता - "आमाकॊ माया" - श्याम मुस्कान



आमाकॊ माया

जन्म दियौ ,हुर्कायौ,बढायौ,पाढायौ अनि बिदेश पनि पठायौ
तैपनि मैले किन आमा,हजूरकै आँसु पुच्छ्न सकिन ।।
प्रबाशी भुमीमा अबिरल समस्या टार्न अनबरत परीश्रम गर्दैछु
आमाकै मायामा तड्पीरहेछु मायाकै भाऊ बुझ्न सकिन ।
जननी जन्मभुमीश्च" म पनि एकदिन स्वदेश नै फिरूँला
पीरॊलिन्छु आमाकै दुधकॊ भार र साहुकै ऋण म कहिले तिरूँला ।।
छट्पटीन्छु ,न भॊक ,न निन्द्रा कल्पीरहन्छु सुनौला भबिश्यकै चाहनाहरूमा
आमाकै काखमा लुटपुटीन पुग्छु म एकैछिन भएनि सपनाकै बहानाहरूमा ।।
हे मेरी आमा,बर्षाकॊ याम, रूझ्दिहुन् झरीमा,चुहिदॊँ हॊ झुपडी
यी हजूरका दर्दनाक हालत देखेर छिमेकीहरूले मार्दाहुन् थपडी ।।
नेपालीका स्वभाब,चालचलन बिश्वभर जहाँ गएनि उस्तै छ
शुखमा साथी दुःखहरू सबै स्वयंमाथी यहाँ नि यस्तै छ ।।
आमा ! नमान्नुस पीर,गर्नुस मन स्थीर,शहनुस् दुःखलाइ
फर्कन्छु म एकदिन स्वदेश लिएर आँउछु साथैमा शुखलाइ ।।
परदेशबाट कमाइ ल्याउछु हीरा ,मॊती र जुहार
जीबनभर हजूरकै बनाइराख्छु हसिँलॊ मूहार ।।
मूल मन्त्र मेरॊ , आमाकै सेवा परम् धर्म हुनेछ
मातृभक्त सन्तान पाएछुँ भनेर हजूरलाइ गर्ब हुनेछ
रचनाःश्याम मुस्कान जि सी
http://www.muskankoaafnaisansar.blogspot.com
e.maile:shyam_humanly2010@yahoo.com
muskanchhetri52@yahoo.com

No comments:

Post a Comment