"सामाजिक कथा"
नमिता प्राइमरी स्कूल कि टिंचर थि। केहीदिन यता सानो नानी भएकोले बेतलबी बिदालिएर घर बस्दै आएकी थि। नमिताको श्रीमान रमेश चाँही खाध्यन्नसंस्थाको हाँकिम थियो। नमिता र रमेशको प्रेमविवाह भएको थियो। ति दुई पती पत्नी बिच्मा धेरै सम्झदारी थियो। एकअर्काको हरेक दु:ख शुखलाई बाँडेर घरको खुशी सधैं यथावद राख्न ति दुबै कहिल्यै पनि भूल्दैन थिएँ। नमिता र रमेश आफ्नो जिवनदेखि अती खुशी थिएँ। एउटा परिवार हाँसी खुशी रहदा मानौ एउटा गाउँ वरपरको वातवरण'नै खुशिले झुमीरहेको महशुस हुन्थ्यो। यसरिनै घर बस्ने क्रममा नमिताले के त्यसै बस्ने भरदिन भनेर आफ्नै स्कूलका बिद्यार्थीहरुलाई बिहानबेलुका टिउँसन पढाउँथि। उसले पढाउँदैगरेका बिद्यार्थी मध्यको एउटा बिद्यार्थी उमेश चाँही अती पढ्नमा ध्यान दिन र,भनेका कुरालाई मन लगाएर सुन्ने, घरमा गर्न दिएको पाठ पनि सधैं गरेर ल्याउने गर्थ्यो। एकदिन उ टिउँसन पढ्न आएन त्यो दिन नमितालाई कताकता खल्लोको महसुस भयो।
अफिस छुटेर रमेश घर आएपछी किचन तिरको काम पनि सघाउँने गर्थ्यो, रमेश नमितालाई, त्यो दिन पनि रमेशले चिया बनाएर नमितालाई दिदा नमिताको मुख अली अँध्यारो देख्यो। र पछि बिद्यार्थी घरतिर लागेपछी सोध्यो के भयो नमिता?मुख अँध्यारो देख्छुनी बिसन्चो भयोकी कसो? रमेशको सोधाइमा नमिताले उत्तर दिन्छे! हेरन रमेश आज उमेश टिउँसन पढ्न आएन, सधैं टाईम भन्दा अगाडि आउँने केटा नआउदा केही खल्लोको महसुस भयो। अनी रमेश भन्छ नमितालाई किन पिरगरेकी त शायद केही काम पर्योकी, घरमा भोली आइहाल्छनी। अनी साँझको खान्पिनसकेर नमिता र रमेश सुत्ने तरखरतिर लाग्छन्। अनी रमेश सोध्छ नमिता नानीले दिउसो के खएकी थि?अनी नमिता लिटोबनाएर खुवाएकी थिएँ। अनी आफ्नै घरघर्यासी कुरा गर्दागर्दै कति खेर ति दुबैका आँखा लागेछन्। बिहान दुधवालाले साइकलको रिङ्ग बजाएपछी पो नमिता झस्कदैँ ब्युझिन्छे। र दुध लिएर चिया बनाएर रमेशको छेउँमा जान्छे र रमेशलाई बोलाउँछे,रमेश चिया सेलाउँछ उठ? अनी रमेश पनि नमिताको बोली सँगै उठछ। रमेश उठ्दै भन्छ,नमितालाई कति मिठो सपना देख्दै थिएँ। तिमीले ब्युझाएर नि, अनि नमिता होर त्येसो भए फेरी केहिबेर सुतेर आफ्नो अधुरो सपना पुरा गरेर उठन त? नमिताको कुरा सँगै दुबै हाँस्दै चियाको मिठो घुट्का लिन्छन्। अनी रमेश नमिता तिम्रो हात कति मिठो, साह्रै मिठो चिया अघि मैले देखेको सपना भन्दानी। अनी नमिता भो-भो धेरै नफूर्काउ छिट्टो बेडबाट उठेर ग्याश बाल्दै गर ल?रमेश म नानी निदाएकी छ। म उमेशको घरमा झट्टै पुगेर आउँछु। अनि नमिता उमेशको घरतिर लाग्छे। नमिताको घरबाट ५/७ मिनट टाढा उमेशको घरथ्यो। के नमिता उमेशको घरमा पुग्छे उमेश तलबाट नकीनसकी पानीको गाँग्री बोकेर आउँदैहुन्छ। अनी उमेश नमितालाई आफ्नो घरमा देखेर नमस्ते गर्दै भन्छ।नमिता मिस हजुर यहाँ?नमिता नि उमेशको नमस्ते फर्काउदै भन्छे। उमेश तिमी टिउँसन पढ्न किन न'आएको? अनी उमेश मेरो आमा माइत जानु भएको छ, मिस त्यसैले सानी बहिनी घरमा भात पकाउँने बहिनी हेर्ने मान्छे नभएर हो। अनी उमेशको कुरा पछि भन्छे नमिता अनी तिम्रो बाबा खै त? उठनु भएको छैन। अनी नमिता सोध्छे कहाँ सुत्नु भएको छ?जाउँ बोलाएर ल्याउँ भन नमिता मिसले भेटगर्नु चाहानु भएको छ। अनी उमेश आफ्नो बाबाको रूमतिर छिर्छ, बाबा-बाबा हजुरलाई नमिता मिसले बोलाउँनु हुदैछ। अनी उमेशको बुवा गोपाल एउटा सर्ट लागाएर हातामा चुरुट च्यापेर नमिता भएको ठाउँमा आउँछ। र दुबैबाट नमस्तेको आदनप्रदान हुन्छ। अनी नमिता कुरा निकाल्छे हेर्नुश गोपालदाई कुरा के भनेनी हुन त हजुर म भन्दा पढेलेखेको बद्धिमानी मान्छे हुनुहुन्छ। अब यो उमेश पढ्ने बेलाको बच्चालाई घरमा बहिनी हेर्ने भात पकाउँने काममा लागाएर त भएननी!बालअधिकार को हनन भएन र दाई? अनी नमिताको कुरामा गोपाल भन्छ के गर्ने नानी पहिलाको जागीर अस्थाइथ्यो, तलब पनि तेती नाइँ, अनी राम्रो जागिर पाएला भनेर राजिनाम दिएँ। अहीले सेर्टिफिँकट बोकेर काम खोजेको महिनौ बित्यो कहिँ काम पाएको होइन, त्यसैले भाउजू र मेरो घरमा सधैंको झँगडा. अनी के दुइतिन झापड लगाइ दिएको थिएँ माइत गैँछे। अनी नमिता यो त साह्रै नराम्रो भयोनी दाई,यहाँ साना-साना बच्चा भाउजूले पनि बुझ्नु पर्ने यसरी घरैँ त छाड्नु नहुने। एक अर्काको असम्झदारीको कमजोरीले गर्दा यस्ता घटना घट्ने गर्छन। तर तपाईंहरुको असम्झदारीले गर्दा उमेशको यतिराम्रो पढाई नबिगारी दिनुश दाई म अहीले लाग्छु। त्यस्पछी नमिता घरतिर आउछे। नमिता आउँदा रमेशले खाना तयार पारेर अफिस जाने तरखर गर्दैथ्यो। अनी नमितालाई देखेर रमेश भन्छ जाउँ खाना पस्क ढिला हुनै लाग्यो। किन ढिला गरेकी? उमेशलाई सञ्चो रहेछ?नमिता भन्छे तिमीलाई ढिला हुन्छ,म खाना पस्कदै गर्छु। किचनमै खानाखाँदै गफ गरौँला। अनी नमिता खाना तयार गर्छे। दुबै खाना बस्छन्। अनी नमिता हेरन रमेश दाई र भाउजूको के थोरै घरझगडा भएछ। भाउजू त माइती हिड्दिनु भएछ। उता घरमा बहिनी हेर्ने र भात पकाउँने मान्छे नभएर टिउँसन पढ्न नभ्याएर न'आएको मिस भन्दैथ्यो।अनी नमितालाई सोध्छ रमेश के भनेउँ तिमीले?नमिता भन्छे रमेशलाई गोपाल दाईलाई सम्झाएको छु। यो त राम्रो भएननी दाई यस्तो साधारण कुरामा पनि एकअर्का प्रति सम्झदारी भएन भने के पती पत्नी। पती पत्नी भनेका एक सिक्काको दुई पाटा हुन। दुबैले एक अर्काको कुरालाई बुझेर दु:ख सुख साँटासाट गर्नुपर्छ नि। अनी रमेश हातको घडी हेर्दै अब नमिता म जाँन्छु। बाटोमा ट्राफिक जाम के के भन्दै हतार-हातार हात चुठेर अफिसतिर लाग्छ रमेश!
यता नमिता नानीलाई खाना खुवाइवरि। बच्चाहरुलाई केही पढाउँने पाठको अध्ययन पनि गर्दै हुन्छे। सबै बिद्यार्थी आएको निकैंबेरपछि उमेश पनि आयो अनी उमेश नमस्ते मिस? नमितानी उमेशको नमस्ते फर्काएर बस्नलाई अनुमती दिन्छे। अनी उमेश आफ्नो ठाउँमा गएर बस्छ। त्यस्पछी सबै पढाइतिर तलिन हुन्छन्। आज नमिताले आफ्नो स्वास्थ्यको कति महत्व हुन्छ। हाम्रो जिवनमा र तेस्कोवारेमा हामीले के के कुरामा ध्यान पुर्याउन जरुरी हुन्छ।भन्ने सम्बन्धमा आफ्ना बिद्यार्थी लाई सिकाइ। अनी टाईम भयो सबै आ-आफ्नो घरतिर लागे। उमेश चाँही त्यहानै बस्यो। अनी रमेशले नमिता उमेश र आफूलाई सहित चिया बनाएर चियादिदै उनिहरुकै छेउँमा आएर बस्छ रमेश पनि । अनी उमेश चिया खाँदै भन्छ,नमिता मिस हजुरले हाम्रो आमालाई गएर एकचोटी सम्झाइदिनुश न? अनी नमिता"ए तिम्रो आमा आउनु भयो? नमिताको सोधाइमा उमेश भन्छ,हिजो साझमा बाबा गएर ल्याउँनु भयो मिस तर आमा कुरा नै बुझ्नुहुन्न। रिसाइ मात्र रहनु हुन्छ। ओके उमेश मैले जानेर बुझेको कुराले तिम्रो आमालाई सम्झाउने छु। नमिता र रमेश त्यो ७,बर्षको उमेशको कुरा सुनेर छक्क पर्छन्। एक त नमिता शिक्षिका उसैमाथी उमेश एउटा असल बिद्यार्थी साथै छिमेकी पनि। नमिता र रमेशको सोचाइ सधैं आफूले सकेको कुराले गाउँको समस्यालाई सावधान गराउँनुनै हामी सबै गाउँ र राष्ट्रियको भलो हुन्छ, भन्ने ठान्थे रमेश र नमिता। रमेशको सहयोगले नमितालाई पनि हौंसेला पुगेको थियो।
अनी उमेशको कुरा सकिएपछी। रमेश नमितातिर हेर्दै भन्छ। जाउँन त नमिता उमेश सँगै तिमी पनि भाउजूलाई केही कुरा सम्झाइदेउँ!अनी नमिता भन्छे रमेशलाई तिमी अफिसको कामले दिनभरी थाकेर आउँछौं। रमेश तर म घरमा बसेर पनि केहिदिन यता देखि तिमीलाई अली कामको बोझ भएको छ। होगी? अनी रमेश हेर नमिता गाउँ बस्ती खुशी भए पो हामी सबैलाई शान्तिको महसुस हुन्छ, नि?तिमी र मैले थोरै सार्ह्यो-गार्ह्यो सहेर कसैको जीवनमा परिवर्तन आउँछ, भने हामीले ढीलाई गर्नु हुन्न। तिमी अहीले नै जाउँ!अनी नमिता रमेशको साथ र सोपोर्टले खुशी हुँदै उमेशको घरतिर लाग्छे, उमेश सँगै।यता नमिता उमेशको घरमा आउँदा, सबिता भाउजू उमेशकी आमा खाना बनाउँदै थिन। अनी सबिता नमितालाई आफ्नो घरमा देखेर"ए नमिता नानी आउनुस न यता बस्नुस, कति कामले पाल्नु भएको, कुन्नी? अनी नमिता थोरै हजुर सँग कुरा गर्नुथ्यो। भाउजू!अनी सबिता नि नमिताको छेउँमा आएर बस्छे। यता उमेश चिया पकाएर ल्याउँछ। अनी नमिता हुनत भाउजू यो तपाईंहरुको घरको मामिला हो। मैले भन्दा हजुरलाई थोरै नमिठो पक्कै लाग्ला। तर हामी छिमेकी हौं। एकअर्कालाई परेको पिर मार्कलाई बुझेर स्वास्थ्य समाजको निर्माण गर्नु हामी जो कोही मानिसको कर्तब्य हुन जान्छ। एउटाको दुखमा हामी काम आएनौं भने कहीले देश र हाम्रो बिकाश हुन्छ। नमिता बोल्दै जान्छे,सबिता नमिताको कुरामा सहमितीमा टाउँको हल्लाउदैँ जान्छे। भाउजू देशको स्थिती दिनानुदिन नाजुक हुदैछ। यस्तो अबस्थामा जागिर पाइएन भनेर घरझगडा गरेर झन हाम्रो अब्स्थालाई बिगार्नु हुदैन, आखिर तपाईंहरुको जग्गा जमिन पनि धेरै थोरै छदैछ। अहीले गोपाल दाईले जागिर नपाउँनजेल सम्म उन्नत जातको बिउँबिजन ल्याएर, सागसबजी खेती लगाउँने गर्छु भन्ने उद्धमीहरुको लागि बैंक ले धेरै थोरै ऋण दिन्छ नै। पछि गोपाल दाईले जागिर पाएपछी तपाईंलाई काम हुन्छ भाउजू। बुडा-बुडीले भन्थे खाली दिमाख सैँतानको बास तर हामिले बेलैमा त्यो सैँतानेचुङ्गल बाट आफूलाई मुक्त गराउनु पर्छ भाउजू। हेर्नुस कामको आधारमा कोही ठुलो कोही सानु हुदैन। बेलामा बुद्दी पुर्याउनुनै मान्छेको माहानता हो। धेरै कुराको भलाकुसारी पछि नमिता हातको घडी हेर्छे अनी ल-त भाउजू म अहीले लाग्छु। रमेश खाना पकाएर मलाई पर्खेको होला भन्दै नमिता बसेको ठाउँबाट उठछे। अनी सबिता भन्छे तपाईं धन्यहुनुहुन्छ, नानी मेरो बुद्दीको ढोका उघारिदिनु भयो। अनी उमेश पनि हाँस्दै भन्छ, धन्यवाद छ। हजुरलाई मिस त्यस्पछी नमिता आफ्नो घरको बाटो लाग्छे।
रचना :श्याम कुमार जि सी (मुस्कान)
फोप्ली ६बल्ली खोला प्युठान नेपाल
हाल :मलेसिया फोन ००६०१४३३१२२९३।
ईमेल:muskanchhetri52@yahoo.com
shyam_humanly2010@yahoo.com
wedsite:www.muskankoaafnaisansar.blogspot.com
No comments:
Post a Comment