कामरेड मलाई नरोक म तिम्रो पार्टी तिम्रै कारणले छोड्दैछु
तिम्रो मार्क्स लेनिन र माओको
रातो किताब पढ्न छोडेर
यदि मैले पहिलेनै
हाइब्रिड बिउको बारेमा पढेको भए
बर्षेनी हुम्ला र जुम्ला हरुमा अनिकाल पर्ने थिएन
क्रिषी प्रधान देशका बाल बच्चा
कुपोषण ग्रस्त हुनु पर्ने थिएन
तिम्रो पछि लागेर रेलिंग तोड्दै टायर जलाउदै
सडक जाम गर्दै ढुंगामुढा गर्न छोडेर
सिंचाईको निम्ति कुलो खन्न थालेको भए
यो खडेरीले पनि केहि असर गर्ने थिएन
तिम्रो मिठो भाषण अनि चोटिलो नारामा
अल्झेर तिम्रो पछि नकुधेको भए
म अनि म जस्तै अरु हरुको यो
यो हबिगत हुने थिएन,
आखिर जस्को बिरुद्धमा हमिलाई उचालेउ
र हतियार बनाएउ हमिलाई
अंतत्वगत्वा तिमी पनि
पटक पटक
सत्ता र भत्ताको स्वाद लिन थाले पछि
तिमी पनि उहि ड्यांगको मुला त भएउ नि कामरेड?
बुझे छैन!
तिम्रो छातीमा देशको माया
बुझे छैन तिम्रो मुटुमा मेचि र माहाकालीको माया
उत्तर चाहिंछ?
ठिक छ सुन....
चुनाउको बेलामा त राष्ट्रियता
आफ़्नो प्राण जतिकै गर्छौ?
काहि नभएको जात्रा हाडी गाउमै पार्छौ
देशभक्त सच्चा सपुत आफैलाई बनाउछौ,
तर खै त?
पुर्ब जंगेपिलर देखि मध्य सुस्ता सम्म
अनि सुस्ता देखि पस्चिम चादनी र दोधारा सम्म
अनि अझै त्याहा देखि
कालापानी र लिंपियाधुरा सम्म
देखियो तिम्रो खाट्टि राष्ट्रियता
सत्ता बचाउने भाकल गर्दै
धुप लगाउन दिल्लीनाथको दर्शन गर्ने
तेसैले अब म भरममा पर्दिन कामरेड!
उठाउदिन तिम्रो रातो झंडा......कामरेड म त भंछु
मुटुमा देशको साचो माया भएका
छत्तिस जनाले
छ महिनामा बनाउन सक्थ्यो संबिधान!
तर छ सय एकको मुटुमा
देशप्रेम भंदा धेर कुर्सी प्रेम
अनि कहा मर्छ कामरेड?
बिरालो धेर भये पछि मुसा!
स्वार्थमा बिकेको तिम्रो बिबेक
पदलोलुपतामा झर्ने ठाउनै नराखी
तल तल पाताल झरे पछि
कहा बंछ कहा हुंछ
अरब र मलेसिया जाने
श्रमिक जति पनि छैन रहेछ तिम्रो
छातीमा देशको माया
तेसैले म परित्याग गर्छु
तिम्रो पार्टी
भो तिमिले हमिलाई
प्रयोग मात्रै गरेउ
कुर्सी चढ्ने सिढि मात्रै बनाएउ
यसैले अब जबरजस्ति नगर
दासताको बिरुद्ध भंदै
थाहानै नपाई हामिलाई नै
दास बनाई सकेछौ
तेसैले कर नगर म जादिन तिम्रो रियालीमा
मेरो पनि मानविय स्वतंत्रता हुंछ भने
म मेरै खुशिको जीवन बाच्छु,
नत्र गर कारबाहि या ठोक गोलि
यो मेरो माटो हो भागेर जाने ठाउ छैन
लुकेर बस्ने गाउ छैन,
तिमिले जे नामको लेबल टासि दिन सक्छौ
........टास..... टास.....
तर तर याद गर होस नपुर्याउदा
सत्ययुगको इंद्रको आषण डगमगाएको,
अनि
भरखरै भगवानको अवतार कहलाइएका हरु
सामान्य नागरिकमा झरेको,
हो जनता जागे भने त कोहि बच्दैन...
प्रलय बोकेर उठ्छन जनता...
आधी लिएर जुट्छन जनता
तेसैले तिमी पनि अजम्मरी छैनौ
समाजले जन्माउछ अपराधी,
सासकले जन्माउछ बिद्रोही
म कुनै पार्टी झंडाको रंग भंदा पर पर..
छातीमा चंद्रशुर्य सजाएर बस्छु,
म खबरदारी गरिरहंछु,
यो नेपाल र नेपाली लाई माया गरि रहंछु,
कामरेड!
म तिम्रो पार्टी छोडेर
सहुलियत दरको चिया पसल खोल्छु
कामरेड!...... म मेरो स्वतंत्रताको उपभोग गर्न चाहंछु, .....
श्याम कुमार क्षत्री मुस्कान
फोप्ली ६बल्ली खोला प्युठान नेपाल
No comments:
Post a Comment