कविता
हातमा नमिलेको केही ठुलो पहेलो रंगको भारतीय टाटा कम्पानिको घडी थियो ।
जुत्ताको तुना बाध्न बिर्सेंको हुन सक्छ एउटामा मात्रै बाधेको थियो ।
अर्को जुत्ताको तुना लत्रिएको थियो ।
काठमाडौंको बिसाल्बजार अथवा कही किनेको हुन सक्थ्यो ढाका टोपी ।
ढाकाको टोपीमा गोयेलाको फुल झैँ टोपी लगाएको त्यो पनि लामो गरी पालेको टुप्पी कानको पछाडी पट्टिबाट देखाएर ।
पोलिस्टरको लाम्बाउले कमिजमा गमक्क ।
अघाडीको दाँया पट्टीको गोजिमा चाइनिज कलम पनि थियो ।
लाग्छ कुनै प्राइमरी स्कुलमा पढाउने मास्टर साब हो ।
पाहुनाहरु मध्धे तीन जनाको बिचमा मक्ख परेर बसेकोको ।
म बजार हुदै आएको बेला सुमना भाउजुले भन्नु भको थियो तिमीलाई केटा हेर्न आ'को छ ।
मैले भने कहाँ देखी ?
खुब हेर्छन नशर्माउनु है ।
सर्मौनु पर्ने केछर भाउजु ? म नराम्री देखिन्छु र ?
कि केटाहरुको लागि रामायण कि सुप्रनखाको जस्तो राक्षेसी भेषमा देखिन्छु ?
भाउजु हास्नु भयो ।
कता जानी हो हजुर ?
म पनि बजार जान लाएकी तर पैसा बिर्सेछु रुक्नु म पनि जान्छु ।
भाउजु बाटै देखि गर्किदा मलाई संका लग्यो ।
मलाई खोज्न निस्कनु भाको होइछा सजिलै बुझे मैले ।
मैले आ भाउजुको पनि संका गर्नेमा पुगे किन भने मामाले ल्याएका कैयौ केटा फर्काएकी थिए ।
मलाई जिस्काएर मामाले भन्नु हुन्थ्यो भान्जिले मन फुकाएर हुन्छ बिहे गर्छु भन्ने केटा कस्तो होला ?
मैले भन्थे यो संसारमा छैन मामा ।
तिमीले कुन संसारको केटासँग बिहे गर्छेउ ?
मेरो मन चोर्ने कोशीस थियो ।
कोहि केटासंग मन मिलाएर बसेकि छ कि झैँ मानेर सोधेको मैले अलगै बुझे ।
मलाई के थाहा ?
हजुरलाई थाहा होलानी केटा खोज्दै हिंड्नु हुन्छ ।
आफ्नो बर्चास्सो देखाउन मलाई बेच्न खोज्नु भछ ग्राहक खोज्दै हिंड्नु भछ ।
अझै खोज्दै हिंड्नु भेटिन सक्छ । भन्दै झोक्किएँ ।
मामाले आफुले लागाएको पावरवला चस्मा निकालेर गोजिमा राख्नु भो र होइन भान्जी कुरा ति होइन्न ।
मैले बिचैमा कुरा काटेँ , हजुरले कहिलै सोध्नु भो " भान्जी कती सम्म पढ्ने सोचाइमा छेउ भनेर ?
कहिलै सोध्नु भो कस्तो केटासँग बिहे गर्ने भनेर ?
सरम लुकाउदै बोल्नु भयो , अब भनन कस्तो केटा सँग बिहे गर्ने ?
केटा कस्ता हुन्छन र मामा ? मैले सोधे ।
भन कस्ता सँग गर्छेउ ?
केटा उस्तै त हुन्छन नि मामा ।
कसैका सिङ आएका हुँदैन्न ।
कसैका जुरो आएका हुँदैन्न ।
फरक भनेको कलर र उचाइ त होनी ।
अरु हजुरलाई नै थाहा होला ? भन्नु भयो आज एउटा केटा आको छ ।
हेर्न उस्ले मन पराउला तर तिमीले मन पराउछेउ कि नाइ ?
कहाँ छ त्यो केटा ? मैले उस्को सक्कली अनुहार हेर्न खोजेकी थिए ।
मलाई मन पराउने केटा कस्तो हुदो रैछ ?
हरियो जिन्सको पाइन्ट सेतो पोलिस्टरको कमिज कती नसुभेको ?
केटी हेर्न हिंड्ने केटाको ब्यक्तित्व देखेर अचम्म लाग्यो ।
ममीले चिया देउ पाउनाहरुलाई भन्नु भयो ।
केटालाई मेरो अनुहार प्रदर्सन गर्ने योजना बुझे ।
ह्स हुन्छ ममी ।
काँचको थालीमा चार कप चिया एक कप कफी ।
कफी कलाई हो ?
था भएन ।
लिएर बहिर गए ।
सुरु मै अली अर्ध बैसे, बिच्मा उही केटा र छेउमा झन्डैसात दसक उमेर घर्केका हजुर बुवा , अर्को पिडिमा मामा ।
मामालाई दिये चिया लिनु भो । कफी उही केटाको होल झै लाग्यो ।
सुगर थोरै राख्न भनेको रे ।
कफि बाँड्दै जादा कफी परेछ हजुर बुवालाई , नाक खुम्च्यौनु भो ।
अनी सरक्क उठेर कफी फ्याक्नु भो आगनको डिलमुनी ।
केटाले आँखा नचिम्लेर मलाई हेरी राको मेरो छायाले थाहा पाएकी छु ।
कस्तो नकचरो केटी देख्न नापाको झै हेरी राको छ ।
चिया बाँडेर भित्र गये । ममिलाई सोधे को होर आमा बाहिर आएका मान्छे ।
आमाले लुकाउने कोशीस गर्नु भयो । मैले थाहा नपाए झै गरे ।
सुमना भाउजुले भन्नु भको तेही केटा थियो ।
उस्ले त के हेर्न भ्याए होला र ? मैले देखे छर्लङ संग्लो पानीमा माछा देखे झै ।
ममीको मुख अरु दिन भन्दा भिन्दै थियो ।
अली रसिलो बिरामी भये पछी उठेको बिरामी झै बोल्दा अक्मकाउने अनी केही कुरा गुमाये झै ।
मलाई संका लागेको झै गरेर मुख फोर्ने निधो गरेँ मन मनै ।
आमा !
हजुर !
के भको छर हजुरलाई ? सन्चो छैन र ?
नफुटेको हासो ओठ फुकाएर देखाउनु भयो ।
किन मलाई केही भको छैन , किन छोरी ?
मामाले गाली गर्नु भयो र हजुरलाई ? मैले बुच्पचाएको बहाना गरेँ ।
होइन किन गर्छ गाली ? आँफै घाममा नखाइ नखाइ हिड्दा सुकेर मर्ला झै भको छ ।
मन मनै लाग्यो मेरो लागि केटा हेर्दा हुन सक्छ ।
होइन भने के को काममा हिंड्न पर्यो र घाम घाम मा ?
मैले सोधे बिचको लाम्सिंगे भैंसी बेच्ने होर ?
त्यो त
बेच्ने होइन आमा कती धेरै दुध दिन्छ । नबेच्नु है ।
आमा हास्नु भयो होइन त्यो बेचेर के खानि हो र ?
म आउन भन्दा केही पहिले देखी सबैका कुरा सकिएका रहेछन ।
मैले हुन्छ भने बिहे तीन दिन पछी हुनेरे । अज टिका टालो गर्ने रे ।
मामाले भन्नु भयो भान्जी तिमीसँग एउटा कुरा गर्न छ आउत ।
ह्स्स मामा भन्नु ।
सोध्नु भयो तिम्रो पढ्ने रुममा जाउ ।
मैले भने होइन यही भन्नु न । मामाले जिद्दी गर्नु भयो ।
होइन जाउन ।
मैले नि के कम हुने ? भन्नु यही ।
एक जनामा एक्लो दुई जनामा सदएंत्र तीन जनामा बर्ता हुन्छ यही भन्नु आमानि हुनुहुन्छ ।
भन्नु ।
मामाले नजानिदो गरी रिस देखौनु भयो ।
मैले नि केको अटेर गर्नु नि ? गैदिए । रुममा बसे ।
मामाले एउटा केटा ल्या'को छु कुरा गर भन्नु भयो । एकाएक मेरो दिमाग तातेर आगो भयो । मेरो रुम नै जल्ला झै भयो । हेर्छु के हुदो राइछ । मैले ह्स बाचन दिये । रिमोट झै उही केटा भित्र पस्यो ।
कस्तो प्रिप्लान ?
मलाई हासो उठ्यो ।
खित्त्का छोडेर हासे स्कुलमा सरले चुड्किला भन्दा झै ।
बहिनिको हासो त खुबै मिठो छनी !
मेरो पहिलो प्रसम्सा सुनेर फेरी हासो लाग्यो ।
मामाले केटी उत्ताउली राइछ भन्छ केटाले झै मानेर होला सालीन हुने सन्केत गर्नु भो केटाले नदेख्ने गरी ।
म चुप रहे ।
== ==
अब रह्यो कुरा कस्ले थालने । के भनेर कुरा सुरु गर्ने ?
बोलि भने गालोमा बालौटो माटो राखेर बोलेको झैँ खर्खाराएको ।
मा पनि बसी रहे । सबै तिर हेरे मेरो सिरानी माथि कार्लमार्क्स को माइक्रोफोनको अघाडी उभिएको तस्बिर थियो ।
उसले आफ्ना आखा गुमाउने क्रम मा उता पनि आखा हुत्त्यौथ्यो ।
नजिकै नेपाली साहित्यकार बि पी कोइरालाको पनि तस्बिर थियो ।
अर्को पट्टि कुनामा जननेता मदन भण्डारी ।
उसले अचम्म माने होला यो केटि कुन पार्टीको समर्थन गर्छि ?
इन्डियन हिरो हिरोनिका तस्बिर थिएन् । बलिवूड , हलिवुड कलिवूड कुनै फिलिमीसैली मन नपर्ने म ।
म आफ्नै वास्तविक जिबन जिउने केटि ।
थाहा थ्यो फिलिम हेरेर बाहिरी कुरामा केहि ज्ञान हुन सक्छ ।
काल्पनिक सन्सारको बिस्वास लाग्दैन थ्यो मलाई ।
मामाले एकाएक बिहेका कुरा अघाडी ल्याउनु हुन्थ्यो ।
आज भोलि सस्कार पनि मान्न पर्दैन र ? के को सस्कार ?
नेपाली परम्परा !
केहो ?
के हुनु नि जुठा परेको बेलामा पनि बिहे गर्न हुन्छ र भन्या ?
को जुठा पर्या छ ?
कले बिहे गर्या छ र ?
हामो समाज हामि सबै जुठामा छौ । समबेदनामा छौ । आफ्नो परिवारको जुठा नबार्ने मनिसा कोइराला झैँ मैले बिहे गर्दिन मामा ।
, देस सोकमा डुबेको बेला मैले खुसीको अङ्कमालमा दुबोको माला र सिन्दुर पहिरिन चाहन्न ।
देसले सान्ति खोजेको बेला मैले अमनचयन रोज्दिन मामा कर नगर्नुस ।
केटी हेर्न आको मुलाले हेरोस ।
मैचुप तैचुप ।
खुब केटि रोज्दै हिड्ने खेलाडी लौ टस जितेर बल उस्कै कोर्टमा थियो ।
उसको होलने हिम्मत निकालन सकेन ।
के छ तिम्रो विचार अहिले बिहे गर्न इच्छुक छौकी नै भन्न नि सकेन ।
एक छिन पछी मामाले मुख खोल्नु भयो । कुरा यिनै हुन आफ्नो मनमा भाका कुरा भन भान्जी ।
मलाई फेरी हासो लाग्यो ।
केटी हेर्न आको पुरुषले कुरा गर्न नि सक्दैन्न अब बिहे कसरी गर्छन् खै मामा ?
एुटा कुरा प्रस्ताब गर्ननी नसक्ने नामर्दले मेरा रहरहरु इच्छाहरु कसरी पुरा गर्दिन्छन भन्नु न मामा ।
उस्को तर्फबाट बोल्न सुरु गर्नु भयो । भन तिम्रा रहर के के हुन ? माग के के हुन ?
मलाई बिहे गर्न चाहाने पुरुषले आफ्नै ओठ बाट मलाई सोधिन पर्थ्यो म त्यो चाहन्थे ।
उन्ले सोध्नु पर्यो नि हुने भनेकी जोइ कस्ती हुनु पर्ने हो ? म बोलेको सुनेर उ झन अच्म्म
परेको भान पर्यो ।
जे सोचुन सोचुन के मत्लब ?
मन परेको केटासँग हो बिहे गर्ने ।
दिन बिताउने सँग होइन जुग बिताउनेसँग हो बिहे गर्ने ।
जुगै भरी रुवाउने सँग होइन जुगै भरी खुशी राख्ने सँग हो बिहे गर्ने ।
कसै को हिम्मत छ भने पुरुसत्त्व भको जो भएनी हुन्छ मामा ।
मलाई जात भातको रोक तोक नि छैन ।
रङ्ग भेदको फरक नि छैन ।
कदमा हेर्फेर नि छैन ।
मात्रै मन मिल्न पर्छ ।
नेपालि पन हुन पर्छ । नेपालमै केहि गरेर बस्नु पर्छ । आफ्नै माटो मा पसिना बगाउनु पर्छ भन्ने सोचा भाको हुनु पर्छ ।
मेरा कुरा यिनै हुन मामा भनेर सौचालये जानी अनुमती मागे ।
मामाले हस पखा नजानु है भन्ने सन्देस आँखाले गर्नु भयो । मामाले आखा झाम्कायेर जाउ भन्नु भो म निस्के ।
म भित्र गये ममिलाई हजुरको ज्वाँईले बोलाउनु भको छ जानुस् रे भने । ममिले राम्रै गरी बुझ्नु भयो मेरो असन्तुस्टी । आमाले के के भन्दै हुनुहुन्थ्यो मेरो फोन बज्यो ।
आमा रोक्नु ।।
सरले फोन गर्नु भयो एक छिन ल आमा ? म अङ्ग्रेजिमा बोले ।
आइ वैल बि दयर विथ इन टेन मिनेट ।
आमाले बुझ्नु भएन सजिलै बोलेनी हुन्थ्यो । मैले फेरी भने :ओके बाइ सि यु "।
के भन्नु हुन्छ सरले ?
पवित्र प्रश्नमा मेरो पनि छल्छाम थ्यो । बिचरा ममीलाई झुट बोल्न किन पर्थ्यो र ?
सरले बोलाउनु भको छ । म एक छिनमा आउछु । म गए । स्कुल को केहि काम हुन सक्छ । सनिबार बनभोज जानी योजना छ त्यही हुन सक्छ जान्छु है ?
ढोकामा पुग्दा नपुग्दै "सपना" भन्नु भो ।
फर्किए ।
मामालाई गए भनेर जा ।
के को भन्नु नि म आउछु केही बेरमा ।
=== == == ==
हस्यंग फस्यांग गर्दै गएर भेटे ।
तिमी किन संपर्क बाहिर ?
मैले कती फोन गर्दा नि उठाइनौ ?
तिमीले मेरो बारेमा कहिले सोच्ने फुर्सद छ ?
तिमीलाई कती मिस गर्छु थाछ ?
उस्को कुरा सुनेर रुन मन लाग्यो । के के अरु पनि भन्यो । उस्कै काखमा पल्टिए एक छिन रोये केही बोलिन ।
मलाई थाहा थ्यो यो भन्छौ भन्ने , तर यो पनि थाहा थ्यो कुनै कुरा मिसिङमा जस्तो हर्ट्जलन कहिले नि हुँदैन । मैले तिम्रो पिडा महसुस गरेकी छु । नरिसाउ ।
रिसाउदिन ।
मैले तिमी कहाँ कसरी छौ त्यो बुझ्न खोजेको जान्न खोजेको मात्र हो ।
समयले कहिले काही सुन्य बनाउदो राइछ ।
सुन्यतामा जिउदा पनि तिमीलाई नभुल्ने छाप मेरो दिमागमा पारेउ । घेरामा पर्दा सजिलै घेरा तोड्ने हिम्मत दिएउ ।
मन नदुखाउ । उस्ले मेरो कुरामा केही संका गर्यो । मैले उस्लाई नभन्ने तर पछी अर्को दिन भन्ने सोचमा थिए ।
तिमीलाई आज कोही केटा हेर्न आको थियो र ?
मैले भने , थ्यो ।
के भनेउ ?
के भने हुम्ला ?
नो भनी हौली तेही भएर आएउ !
ओके गरेको भये आउथिनौ ।
कुरा सम्झेर मलाई गार्हो लाग्यो । रुन सकिन । मन थाम्न नि सकिन ।
विश्वाशमा पनि कती धेरै संका लुकेका हुन्छन ।
मैले भने तिमी मलाई भेट्न आको भए पनि त हुन्थ्यो नि ?
तिमीले त कसैका आँखा छ्ल्न पर्दैन । मैले त ४-५ जनाको आँखा छल्न पर्छ । छोरी मान्छे घरबाट निस्किन गार्हो हुन्छ । कहाँ जाउ भनेर जानु ? अहिले पनि सरले बोलाउनु भको छ भन्दै हिंडेकी हुँ ।
नबुझेर को सर ?
को सर हुनु नि तिमी ।
हास्यो ।
मेरो गालामा पिट्यो ।
लामो रौ तान्दियो ।
छोरी मान्छे सरम लाग्यो ।
हात लामो हुन्छ केटाको ।
के के भन्दै हात अघी सारेको थियो । हो हुनत मेरो मान्छे ।
मैले मलाई जस्तो देख्छु उस्तै उस्ले मलाई देख्छ ।
भिन्नता केही छैन तैपनी उस्को हात रोकेर मेरो हातले कसेर राखे । उस्ले चाहेको गर्न पाउने मैले चाहेको गर्न पाउने प्रेमी बाचा हो । त्यही हुन्छ । अनी संका गर्छ । मेरो मायामा धमिलो छालङ देखीकि ?
छैन ।
अनि के ?
तिमीले जे बुझेका छौ मैलेनी त्यही बुझेकी छु ,,, क्रमस।
रचना :श्याम कुमार क्षत्री मुस्कान प्युठान नेपाल
No comments:
Post a Comment