
कथा - "बिदाको एक दिन....
आज बिदाको दिन बिहान भरी सुत्नु पर्ने । दिनै भरी यता पल्टी उता पल्टी तन्की तन्की सुत्नु पर्ने । चौरासी ब्यन्जन परिकार सँग सोमरस अनि यस्तै यस्तै अन्य रसहरु सँग लठ्ठ लठ्ठीएर बिस्तारामा पल्टीनु पर्ने । अनि २-४ दिन अघि देखिनै कोलबीरे म्यारिज र बिबिक्यूको आयोजना गरी साँप्रा पखेटा र करङ्गहरु चपाउँदै हाक्पारे र भाकामा रम्नु पर्ने झुम्नु पर्ने र अलि अलि प्वाँख हाल्दै गरेकी सानी बचेरी छोरी श्रेयालाई गुँडबाट निकालेर बजार पार्क र मामाघर तिर घमाउन लानु पर्ने दिन । तर त्यसरी बित्दैन मेरो बिदाको दिन । जस्को कथा अर्कै छ अलि चर्कै छ जुन रिठ्ठो नबिराई बेली बिस्तार लगाउँछु ।
अगष्ट २ तारिख सोमबार बिहान कुखुरी काँ गर्दै भाले बास्यो जोडदारले । यो भाले कत्रो छ कस्तो छ बिकासे हो की घरासे ठिम्मर के हो केहि अत्तो पत्तो छैन । यस्लाई दाना पानी चारो केहि पनि हालीरहनु पर्दैन । एक डेढ बर्ष पहिले ईन्टरनेटबाट डाउनलोड गरेको थिएँ त्यो पनि सित्तैमा । सायद एक डेढ बर्षको ठूलै भएर होला गतिलै बास्छ पड्के । यसलाई मार्न न धामी झाँक्री न बिजुवा फेदा¨मा न त भक्भकी उमालेको पानी नै चाहिन्छ न त चित्ला¨को सिरुपातेकै इन्तुजाम गर्नु पर्छ केहि चाहिदैन । मोवाईलको अफ लेखेको ठाउँमा थिची दियो वस् काउतीम खतम । हस्याङ्ग फस्या¨ गर्दै बुढो वाहुन पुजारी बाजे जस्तै लबेरेर वाथरुम छिरें । पाँचै मिनेटमा ज्यान पखाली मलमुत्र त्याग गरेर दाँत समेत मोली भ्याएँ । हरेक दिन मेलो ड्यूटी जानु अघि यसरी नै शरीर पखाल्ने आदत बसेको छ मलाई जस्ले दिन भरी शरीरलाई फूर्तिलो बनाउँछ । मेरो नुहाई बाजेको भन्दा खासै गतिलो थिएन । होस पनि कसरी जाबो पाँचै मिनेटमा मेन्जो थोरै ।
छोरी श्रेया सन् २००८ फेब्रुवरीमा जन्मेकी हुन् । तिनलाई हुर्काउन बढाउन पर्दाको हैरानी भनी साध्य छैन । महिनाको चोख्खो ५००० हङ्गक¨ डलर नेपाली करिव ५००००। बजेट छुट्ट्याउनु पर्छ र मात्र बल्ल तल्ल महिना उम्कन्छ । आज देख्दैछु तोरीको फूल । हाम्रा बाबु बाजेले कसरी हुर्काए होलान त्यत्राबिदी गोठहरु ५-७ जना सम्म । अहिले म सोच्दैछु । छोरी श्रेयाको हेरचाह गर्न सन २००८ मा पहिलो पटक डोमेस्टीक झिकाएँ सिक्कीमबाट । आउँदो नोभेम्बरमा भिषा सकिएर फर्किंदै छिन् तिनी । त्यसैले अर्को कामदार आबेदन गर्न आबश्यक कागजातहरुको पोको लागे सेन्ट्रलको एमटिआर एक्जिट जे तिर आदरणिय दाई सल बहादुर कोरङ्गीलाई भेट्न । ह¨कङ्गमा यतिका धेरै एक्जिटहरु भएको एमटिआर स्टेशन सेन्ट्रलमा मात्रै छ अन्त कतै छैन । जुन दिन नेपालमा प्रधानमन्त्रीको चुनाव हुदै थियो । त्यो पनि तेश्रो पटक श्रावण ५७ र १७ गते । आÏनो देशको बारेमा बेखवर भएर बस्नु हुदैन र देशलाई सहि दिशातिर लैजानको निम्ती नेतृत्वमा रहेका ब्यत्तीहरु राजनैतिक पार्टीहरु र तिनका नेताहरु अनि निती निर्माताहरुलाई संसारका जुनसुकै कुनामा बसेका नेपालीहरुले खबरदारी गर्न जरुरी छ भन्ने मेरो ठम्याई हो । अतः आÏनो देशको बारेमा जानकारी सबैले राख्नु पर्दछ । त्यसैले मलाई प्रधानमन्त्री को बन्ने हो भन्ने चासो बढी रहेको थियो । म संग पि्रन्टर नभएकोले इमीग्रेशनलाई लेखेको चिठ्ठी दाईलाई ल्याईदिनुस भनेको थिएँ । त्यसैले हाम्रो भेट अनिवार्य थियो । त्यही बाटो भएर उहाँ सधैं आफ्नो मेलो ड्यूटी जानु हुन्थ्यो । सन् २००५ मा संखुवासभा समाज हङ्गकको अध्यक्ष बनेर समाजको कोष जम्मा गर्ने काममा उल्लेखनिय योगदान गरेकोले सबै जिल्लावासीहरुको मन जितेका छन बुढाले । त्यसैले सबैले मान्छन् बुढालाई । बल्ल बल्ल ८:४० तिर बुढाको सवारी भो । बुढालाई नमस्कारपाती चढाएर चिठ्ठी लिएँ र आबेदन फारममा २ जना साक्षी चािहंदो रहेछ त्यसैले उहाँलाई साक्षी पनि राखि भ्याएँ । ९ बज्न आटेकोले दाई संग बिदा भएर लागे एडमीरल्टी तिर जहाँ भारतीय दुतावास छ । एक्जीट डी बाट बाहिर निस्कदै यूनाईटेड सेन्टरको दोश्रो तलामा चढी फोटोकपी खोजें । देबे्र साईडमा एक बंस ओरालो लाग्दै गरेकी एक युवती ूवान डलर वान पिसू भन्दै गरेको सुने र त्यही फोटोकपी गरी २६ तला पुगे जहाँ भारतीय दुतावास छ । १ ईण्डीयन र २ जना चिनीया बुढीहरु अघि नै लाईनमा थिए । कार्यालय समय ९:३० बजे देखि १२ बजे सम्म रहेछ । त्यसैले १५-२० मिनेट कुराई मच्चियो । फेरी तल ओर्लिएँ २ तलामा । साढे नौ बज्यो माथि चढें । कार्यालय खुलीसके छ । १२-१५ जना थिए लाईनमा । हामी सबै भित्र छि ..। भित्तामा ठूला ठूला मेटलको अक्षरमा भारतका प्रधान कोंसलावासू र अंगे्रजीमा कन्सुलेट जनरल अफ ईण्डीया लेखिएको थियो । ५ जना पछि मेरो पालो आयो । काउण्टरमा आबेदन फारम टक्र्याएँ । कतै केहि अपुग हुने पो होकी भनेर मन ढुक्ढुक् गररिहेथ्यो । त्यो अर्ध बंसेले सरर नजर फाल्दै फायल हे-यो र भन्यो तुम पेहेले बार पेश रहे हो ३ वटा कन्ट्रयाक्ट पेपर देखाउँदै औ र एक चाहिए भन्यो मैं देखता हँ भन्दै इमिग्रेसन तिर टाप कसें । मैले भरेको फारम जम्मा ३ वटा मात्रै हो । मैले यस्तो काम गरेको पहिलो चोटि हो । ४ वटा फारम हुन्छ यति पैसा लाग्छ भनेर कसैले पनि भनेनन् र मैले पनि सोधिन । २ वर्ष पहिले पहिलो डोमेस्टीकको आबेदन फारम आफैं भर्दा धेरै फारमहरु बिग्रीएर डस्वीन मोटाएको भरीएको थियो । फारम बुझाउन जाँदा पाचै मिनेट ढिला भएर निकै सास्ती पाएको थिएँ । जागीरबाट घरी घरी बिदा नपाइने अनि अर्कोतिर भरे भोलि एक छिन भनेर धर नपाइने । त्यसैले १२-१४ घण्टा टाउको जोतेर बचेको अलि अलि दिमाग पनि त्यो टेण्सनले खाँदा घरमा निकै रस्सा कस्सी परेको थियो र त्यो काम वकिललाई जिम्मा लगाउँदा २५०० ह¨कङ्ग डलरले नराम्ररी दुःख पाएको थियो । ३ महिना पछि इमिग्रेशनले कृपा गरेर भिषा त दियो तर विडम्बना त्यो वकिल भनौदाले न हामीलाई कन्ट्र्रक्याक्ट पेपर दियो न त हामीले डोमेस्टीकलाई नै । त्यसैले त्यो पेपरको अभावमा पहिलो डोमेस्टीकले घरी घरी मेरो दिमाग चाटि रह्यो । बंैकमा खाता खोल्न मोबाईलको लाईन लिन आदि विविध काममा आवश्यक पर्दो रहेछ त्यो पेपर । त्यसैले यो पटक २५०० हङ्गकङ्ग डलर शहिद बनाउन मनले मानेन र आफै दौढिएँ । अफिस टाइम भएकोले मानिसहरुको दोहोरीलत्त थियो । एमटीआर बाट एक हुल हवार्र निस्कन्छन् अनि अर्को तिर छिरी जान्छन् । बाटोमा खुट्टा टेक्ने ठाउँ थिएन । १० बज्नलाई ५-७ मिनेट बाँकी हुदो हो बल्ल इमिग्रेशन पुगें । बिधार्थी जीवनमा एउटा लेख पढेको थिएँ होस्टीलीटी जस्मा एउटा मानिस अति हतारमा हुन्छ । ऊ बस चढ्छ जाममा फस्छ । ओर्लेर हिड्छ बाटो भरी मान्छेको भीडले हिड्ने ठावै पाउँदैन त्यसैले उ भन्छ यी गाडीहरु सबै मेरा शत्रु हुन् । मेरै अवरोधका लागि सडकमा जाम भएर तेर्सिएका छन् । अनि सडकका मानिसहरु सबै मेरा दुश्मन हुन् । सबै मेरा बिरु¢मा खनिएका छन् । त्यसैले मलाई समाप्त पार्न मैदानमा उत्रेका छनू मलाई पनि ठ्याक्कै त्यस्तै लाग्यो । कन्सुलेटको कर्मचारी एमटीआरमा हिड्ने मानिसहरु अनि ईमिगे्रशनको त्यो लाईन सबै मेरै बिरु¢मा खनिएर मलाई खुच्चि¨ भनेर खिज्याई रहे झैं लाग्यो । स्वाँस्वाँ र ÏवाँÏवाँ गर्दै १:१५ मा इमिग्रेशन पुगें । इमिग्रेशनको दोश्रो तला सोधपुछ र फारम पाईने ठाउँ हो । त्यसै तलाको पछि फर्केर दायाँ पट्टी साईडमा फाराम र अन्य कागजातहरुको बिस्कुन लगाएँ । एक्सक्यूज मी भन्दै अग्लीन बिसे्रकी फैलीन जानेकी मोटी १ फिलीपीन युवती पनि मेरै आडमा विस्कुन लगाउन आईपुगी । त्यो आगमनलाई एउटा मिठो संयोग मान्दै घरी घरी तिनी प्रति गिद्दे दृश्टि फाल्दै हतार ह्तार फारम भर्न थालें । ४ वटा कन्ट्रयाक्ट पेपर र २ वटा आबेदन फारम भर्दा ११ बजी सकेछ । फेरी हतार हतार त्यो बिस्कुन उठाएर लागे ईण्डीयन कन्सुलेट एडमीरल्टी तर्फ । जहाँ पुग्दा मात्रै आधा घण्टा बाँकि थियो अफिस बन्द हुनलाई । लाईनमा ५-१० जना थिए । कसै कसैले काउण्टरमा फाट्टफुट्ट सोधपुछ गर्दै थिए । कन्ट्रयाक्ट पेपरमा छाप लगाउँदा पैसा लाग्छ कि सोधी हालौं भनेर काउण्टरमा सोधें । १६० डलर लाग्छ भन्यो पछि फेरी मेरो सातोपुत्लो उँड्यो । २५ मिनेट मात्रै थियो अफिस बन्द हुनलाई । हे भगवान भन्दै दौडिए एमटीआर तिर । मेरो खल्तीमा प्राय त्यती दाम हुँदैन चिल्लै हुन्छ । बोकी हाले भने पनि १०० डलर सम्म हुन्छ नत्र अक्टोपसबाटै काम चलाउँछु । हतार हतार बैंकबाट २०० झिकेर दौडिए कन्सुलेट तर्फ । जम्मा १५ मिनेट मात्र बाँकी थियो बन्द हुन । मेरो अगाडि एक जोडी ईण्डीयन थिए खुबै अँगे्रजीमा कुरा गरीरहेका । पछाडी चाहि २ जना नेपाली मित्रहरु भएका तिनका शारीरिक मोहडा र चेहराले प्रष्टै बताईरहेका थिए । ईण्डीयन जोडीको केटो चाहि अलि झुत्रे झाम्रे तर हात र झोलाभरी कितावका ठेलीहरु बोकेका थिए भने केटी चाहि त्यती खोट लाई हाल्नु पर्ने खालकी थिईनन् मोरी । बिस्तारै १२ बज्यो ढोका बन्द ग-यो । म चाहि आरामले छिरें पछिका २ नेपाली मित्रहरु ढोकाले च्याप्पीदै छिरे । धन्य छ प्रभु भन्दै ढुक्क भएँ । बिस्तारै मेरो पालो आयो । १६० बुझाएर बाँकी कागजातहरु इमीग्रेशनमा बुझाउने सुर कस्दै थिएँ तैपनि सोधी हालौं कन्ट्रयाक्ट पेपर आफैले लाने होकी यही बाट लगिन्छ भनेर काउण्टरमा रहेकी एक बृदा महिला कर्मचारीलाई सोधं । भारी मनले ति महिलाले उस्से पुछो भन्दै छेवैको अर्धबैंसेलाई देखायो । कल मिलेगा कन्ट्र्रयाक्ट पेपर तुम खुद लाना पडेगा । कल पाँच बजे आना भनी जवाफ दियो थ्याङक्यू भन्दै बिदा भएँ । मैले त सोचेको थिए कन्ट्रयाक्ट पेपर एकै छिनमा छाप लगाई दिन्छ बिना दस्तुर अनि जसरी चरीले चुच्चो भरी चारो च्यापेर आÏनो बच्चालाई खुवाउन गुँडतिर दौडिन्छू त्यसैगरी म पनि त्यो कागजातको पोको बोकेर ईमिगे्रशन दौडांला भन्ठानेको थिएँ । तर कन्ट्रयाक्ट पेपर त भोलिपल्ट मात्रै िदंदा रहेछ । बिना पैसा कसैले काम गरिदिन्छ यति महंगो शहरमा म पनि कस्तो बुद्वु ।
अब म लागें एबर्डिन तिर जहाँ कन्सट्र्रक्सन वर्कस रजिस्टे्रसन अफिस छ । वानचाईको सदन ल्पेग्राउण्डको अगाडी ४ बी नम्बरको मिनीवस लाग्छ भाडा ७ डलर । जुलाई ५ तारिख मैले सिटा कार्ड दर्ता गराएको थिएँ १०० डलर तिरेर । त्यहा १ महिला रहिछिन् । नाम मिस लाम । कार्ड लिन ह¨कङ्गको स्थायी परिचय पत्र नहुनेले पासपोर्ट अनिवार्य बोक्नु पर्ने रहेछ तर मैले त्यो पनि बिसर्िएछु त्यो बिना पनि मेरो काम फत्ते गरिदिईन तिन्ले । अनि २० तारिख पछि कार्ड लिन आउनु भनि २-३ पटक भ्वाइस मेल पनि तिनैले छाडेकी थिइन् । म पौने २ बजे तिर पगेछु । अफिस बन्द थियो । म माथिल्लो तलामा रहेको ट्वाइलेट छिरें । त्यहाँ गरिने धन्दा सके पछि एक नजर माथिल्लो तलामा के मात्र फालेको थिएँ क्यानटिन देखें । हुम्काई सेक्फान भन्दै सोधेको त त्यो चिानाले आई गिभ यू राईस चिकृन एण्ड भेजीटेबल ओके भन्यो । हाउ मछी भनि सोधें सिक्स्टी भन्यो । म झस्किएं । जाबो १ छाक भातलाई ६० डलर । ६० डलरले त मेरो गुँडका अर्धानी र सानी बचेरी छोरीलाई समेत १ छाक चारो पुग्थ्यो । म स्पष्ट हुनलाई चाईनिजमा सोधें लोक सपू ६० म्या होईन सप लोकू १६ भन्यो ओके ओके भन्दै टेबलमा बसें । उनले सिक्स्टिन भनेको रहेछ । यीनीहरुको उच्चारण सिक्स्टी र सिक्स्टीन उस्तै उस्तै सुनिन्छ । मलाई पुलक्क हेर्दै ल्पेटमा भात राम्रै सँग लगायो सायद निकै खान्छ भन्ने ठान्यो होला । भोकलाई खिर भने झैं मासु भात अनि साग दिनको २ बजे तिर बस् के चाहियो त्यो भन्दा । चम्चा लिएर बसेको ५-१० मिनेटमा २-४ वटा सागको डाँख्ला भन्दा अरु केहिको नामोनिसाना रहेन । आजकल मलाई भैरव जागेको छ । त्यसैले २ जना सम्मको भात काउतिम गर्न सक्न कसैलाई गुहारीरहनु पर्दैन । म्याट्रीक पास गरेर काठमाण्डौ तिर क्याम्पसमा खेल्दै हिड्दा ४८-४९ साल तिर म सानोठिमी क्यामपस भक्तपुरको छात्रवासमा बस्थें । हामी जम्मा ९० जना बस्थ्यौ त्यहाँ । त्यतीका जनामा धेरै भात खानेहरुमा म टप फाईभ भित्र आरामले पर्दथें । सायद त्यसैको करामत जागेकोले घ्याम्पे भुडी तिर पो प्रमोसन हुन खोज्दै छ त
shyam muskan chhetri..
अरु त सबै ठिकै हो तर अन्तिम्मा जुन कबित लेख्नु भयको छ त्यो चै साह्रै मन पर्यो,वास्तविक पनि लग्यो,यस्तै-यस्तै रचन हरु लाई अगाडि बडाउन्दै लैजानु होल भबिस्य राम्रो bishnuthapa67@gmail.com
ReplyDeleteआवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874