
गजलकै शैलिमा है त......?
आजैदेखि २४ बर्ष पार गरेँ किन ढाटुम् हजूर।।
यहि पावन अबशरमा,शुभकामना साटुम् हजूर ।।
भेट्नु,छुट्नु जीबन रित,मिलेरै बाँच्न सिक्नुपर्छ
पिडा,जलनमा मित्रजन् कहिले न फाटुम् हजूर ।।
बिगतमा भएका गल्ति सच्याँइ भाबी जीबन
परस्पर सहयॊगी बन्दै समय काटुम् हजूर ।।
हातैमा दिन नसकेनि बर्थडे केक टाँसे मैले
स्विकारी सबैले चॊर औँलाले चाटुम् हजूर ।।
कुकर्महरू हैन श्यामकै सत्मार्ग अँगाल्न भनि
असलमार्ग नै रॊजी प्रेमकै डॊरी बाटुम् हजूर।।
गजलसंगै एउटा हृदय बिदारक कबिता फुरेकाले समाबेश नगरीरहनै सकिन,स्विकार्नुस ल ।
कबिता - दुःखी छु म...(श्याम मुस्कान ।
मेहनत गर्दागर्दै नि, पाएँ अश्रुधारा उपहार
धैर्यताकॊ बाँध फुटे, सबैले गर्दा तिरस्कार ।।
दिनरात कलह र कटाक्ष, पैदा हुन्छ मनमा
भॊक निन्द्रा केहि छैन, उमंग छैन तनमा
परीवार,दुधेबच्चा छाडी, यहाँ एक्लै हुनुपर्दा
निरश लाग्छ जीबन, भक्कानीयर रूनुपर्दा ।।
प्रबासीन बाध्य भएँ ,धन कमाउन भन्दै
शुखकै मृगतृष्णामा ,बस्याछु दिन गन्दै ।।
सबैभन्दा अत्यावाश्यक, धन भयॊ यहाँ
दुःखकै सागरमा पौडीरहेँ, शुख गयॊ कहाँ ??
सत्मार्ग खॊज्दैछु, सुन्यतामा एक्लै हराइ
पैशानै मेरा मित्रभए ,आफन्त सबै पराइ ।।
मेरा जीबन भएकाछन् , खडेरीकै खॊला
कहाँगइ ब्याथा पॊखुँ ,कस्ले बुझ्छ हॊला ।।
चाडपर्ब दशैतिहार, रमाइलै हुन्न मलाइ
मर्छुक्यारे अब, बेदनाकै अग्नीले जलाइ ।।
किन किन जीबन, मलाइ साह्रै भार भॊ
माया बिना एक्लै, बाँच्नु के सार भॊ
गजल (रिसाउदाँ माया)
रिसाउँदा माया मेरी,फुल छर्न मनलाग्छ मलाइ
ति मुहारमा फेरी, खुशी भर्न मनलाग्छ मलाइ ।।
गल्ती भए माफ गर, नबगाउ अनमॊल अश्रुधारा
जे भएनि तिम्रै छेउछाउमा, पर्न मनलाग्छ मलाइ।।
कहिँकतै छुटेउँ भने ,जीबन हुन्छ शीसिर ऋतु
हरीयाली ल्याउने बर्षाझैँ, झर्न मनलाग्छ मलाइ।।
नरिसाँउदा सुन्दरी थेउ,रिसाउदाँ बिछट्टै झन्।।
सम्झौताका मिठा कुरा ,गर्न मनलाग्छ मलाइ ।।
खप्न नसक्दा रिसलाइ,श्यामबर्ण मुहार हुँदा
मिलिजुली सधैँभरी ,बाच्नमर्न मनलाग्छ मलाइ ।।
उर्लिन्छ छालहरू आहा ,समुन्द्र पारी हजूर
रून्छमन प्रबाशमा,बस्नुछ मन मारी हजूर ।।
तड्रपीन्छु उन्कै यादमा,चिरीन्छ यॊ छाती
मायालु छन् उता,आफु नौडाँडा वारी हजूर ।।
कहिले फर्किउँला खै, तेहि गाँउ बेशीमा
तेहाँ पनि उस्तैथे,यहाँ दुखकै घारी हजूर ।।
धन कमाइ परदेशमा ,सबैलाइ हसाँउभन्दा
ऋण तिर्याछैन अझै,बन्धकीछ घरबारी हजूर ।।
दिनमा मात्र हैन,खट्याछु श्यामपट्ट रातमा
भॊकैनाङ्गै दुःख गर्दा,गले मेरा नौनारी हजूर ।।
सुन्दर नेपाल,गाँउ र भिरहरूलाइ जयनेपाल
युद्दमै रम्ने सबै फौजी बीरहरूलाइ जयनेपाल ।।
नेतालाइ पुगीसरी जनता मात्रै भॊकभॊकै हुदाँ
धनिका कुकुरलाइ दिइने खीरलाइ जयनेपाल ।।
आक्रॊशीत सधैँ बालक बुढा तन्नेरी नेपालमा
आमाले दर्शाएकी माया र पीरलाइ जयनेपाल ।।
क्षत्रीय,जातीय र साम्रदायीक भावना जगाइकन
फुट ल्याउने नेताका स्वार्थी तीरलाइ जयनेपाल ।।
अनपढ,सिधा नेपालीहरू नेताकै भरॊसामा पर्दा
जनतालै रॊपीयका भाला र झीरलाइ जयनेपाल ।।
सत्ता परीबर्तनमा अग्रणी जनतामाथी कुशासन गर्दा
लाजले नझुक्ने गन्धे नेताका सिरलाइ जयनेपाल ।।
श्याम कुमार क्षत्री मुस्कान फोप्ली ६बल्ली खोला प्युठान नेपाल
No comments:
Post a Comment