Wednesday, June 30, 2010

गजल हरु श्याम मुस्कान जि सि प्युठान


गजल,9 april,2010

अनायासै प्रेमकॊ गाँठॊ फुट्न लाग्यॊ फेरी ।।
तिमीसंग चॊखॊ नाता छुट्न लाग्यॊ फेरी।।

आत्तीन्छ मन हरपल बिछॊड हुने पीरले
तिम्रै प्रेमी बन्ने सपना टुट्न लाग्यॊ फेरी ।।

अचानक हाम्रॊ प्रेममा पापी नजर पर्नाले
बेदनाकॊ सीयॊले मुटु खुट्न लाग्यॊ फेरी ।।

मनकॊ बारीमा प्रेमकॊ फुल फक्रीन नपाउँदै
असमझदारीकॊ असीनाले चुट्न लाग्यॊ फेरी।।

सुख,दुःखमा साथ दिने बाचा,कसम भुलेर
मायाले श्यामकॊ इज्जत लुट्न लाग्यॊ फेरी।।
गजल ( तिहार)
मखमली फुलकॊ माला थालैभरी सेल हॊस
तिहारमा दाजुभाइ ,दिदीबहिनिकॊ मेल हॊस ।।
ढकमक्क सयपत्रि, आहा रॊटेपीङमा सरर
दुःखकॊ खडेरी अनि ,शुखकै बर्षाभेल हॊस ।।
सबैका घरमा लक्ष्मी, झीलीमीली धनधान्य
दिर्घायु चिरायु हुन्, खुसीकै ठेलम्ठेल हॊस ।।
सप्तरंगी टीकासाथै ,कट्टुस ऒख्खर देख्नलाइ
बस,प्लेनकै टीकट, नभए घरजान रेल हॊस ।।
जुवातास, कौडा अनि, मदिरापानमा झगडा
श्यामपट्ट रातमा ,देउसी भैलीकै खेल हॊस ।।


गजल – शुहागरात

नयाँ बरबधु कुर्छन तेहाँ, रात कहिले पर्लाभनि
कौतुहल भइ गमीरहन्छन्,शुरू कस्ले गर्लाभनि ।।
लजालु स्वभाब केटीमा,तम्सीन्छ उहि पुरूषनै
उघार्न खॊज्छ घुम्ती,डराउँछ अरूबस्त्र सर्लाभनि ।।
नयन जुधे आपसमा ,मन्दमुस्कान साटफेरपनि
दुबैजना शंकित छन् ,कस्ले अंगालॊमा भर्लाभनि ।।
मुटु धड्कीन्छ तेजले, परस्पर हातहरूकै स्पर्षमा
प्रतिक्षामा छन् दुबैजना, खुशी कस्ले छर्लाभनि ।।
बर्षे मीठा चुम्बनहरू आहा, छरीन थाले कपडाहरू
आत्तिइन् नयाँबधु, श्यामपट्रटरात कहिले टर्लाभनि
गजलहरू
श्याम (गजल)



मायलुकै प्रतिक्षामा लाखबत्ती बालीरहेँ
च्यातिदाँ मन कैयौँपल्ट प्रेमपुर्बक टालीरहेँ ।।

नयन थाकेँ अब कुर्दा कुर्दै खेरी
कॊहि आउने आशमा स्वयंलाइ गालीरहेँ ।।

समाजले कुरा काट्छन् उमेर ढल्दैजाँदा
खॊजेँ असलमित्र म एक्लै खालीरहेँ ।।

मूलद्वारमा सधैभरी फुल घडा भरीपूर्ण
सबैलाइ बरमाला आफु रित्तै थालीरहेँ ।।

धैर्यताका बाँध फुट्दा माया रेछ तृष्णासरी
श्यामबर्ण अनुहारमै सधैँ हाम फालीरहेँ ।।

गजल (श्याम)

जत्ती साथी फेरेपनि माया जस्तातस्तै
हृदयमा केबल तिम्रै कायाँ जस्तातस्तै ।।

फेरी भेट हुने आशमा उमेर ढल्किगयॊ
जीउडाल कपाल फुले छायाँ जस्तातस्तै ।।


साथीभाइले नानाभाँति कुरा काट्थाले
रंङग्याए कपाल तर चायाँ जस्तातस्तै ।।

धरधरी रून्छ मन पॊल्छ छातीपनि
दाहिने स्वार्थी मीत्र बायाँ जस्तातस्तै ।।


बर्षौपछि भेटेँ बल्ल प्यारी उनिलाइ
श्यामबर्ण रूप तिम्रा पायाँ जस्ताजस्तै ।।
गजल (श्याम)

फुलझैँ कॊमल तिमी सच्चा प्रेमी चुनेर हेर
ढल्केर जान्छ यॊबन मायाकॊ जाल तुनेर हेर ।।


कॊमल मृगनयनी आहा स्वर्गकी परी जस्तै
प्रेममा पागल भएँ यॊ धड्कन सुनेर हेर ।।

जात बर्ण र धन तृणसरी प्रेममा
साँचॊ प्रेमलाइ फुर्सदमा गुनेर हेर ।।

आँउदैछु म भेट्न तिम्रैलागी स्वदेशमा
मायाकॊ चिनॊ चारकुने रूमाल बुनेर हेर ।।

चरम शुख आहा सर्बस्व सुम्पीदिउँला
श्यामकै न्यानॊ अंगालॊमा थुनेर हेर ।।

No comments:

Post a Comment