
कबिता । श्याम मुस्कान क्षत्री
"पाप लाग्ला है"
धनका दुखी भए पनि मनका सुखी हौं
जति दु:ख भए पनि चन्द्रमूखी छौं
मान्छे टाढा भए पनि मन टाढा छैन
खुशीले गएको परदेश हामी हुंदै होइन
सगरमाथा हाम्रो हिमाल सर्बोच्च शिखर
माया मारी गएको हामीले कहांछौं र ?
ह्रिदय हाम्रो टांसिएको देशको मटोमा
हिंड्नु छ है नेपालीहरू एउटै बाटोमा
बिर्सिजांदा तिमीलाई पाप लाग्ला है
तड्पिएर बस्नुपर्ला विरानो भै
जन्म घर तिम्रो हाम्रो मात्रीभूमी नेपाल
पछुताई बस्नुपर्ला कन्याउंदै कपाल
............
............
गजल
गंगा जस्तै चोखो माया तिमी सँग लाउछु भन्थ्यौ
अर्को साल मंसिर मा डोली लिई आउछु भन्थ्यौ
झूठ भए बाचा सबै फगत भए कसम नि
जता जता जान्छौ तिमी त्यतै तिर धाउछु भन्थ्यौ
थाहा छैन तिमीलाई नै माया कस्तो हुन्छ भन्ने
तिम्रो त्यो मुहार भरि खुशी बनि छाउछु भन्थ्यौ
दुनिया ले जे भने नि बचन हो यो भनि कन
तिमी नै हो मेरो भन्दै यही गीत गाउछु भन्थ्यौ
धेरै आशा देखाई दियौ सिधा मान्छे पाए पछि
संसार को सबै सुख तिमी भित्र पाउछु भन्थ्यौ
........
................
गजल ( तिहार)
मखमली फुलकॊ माला थालैभरी सेल हॊस
तिहारमा दाजुभाइ ,दिदीबहिनिकॊ मेल हॊस ।।
ढकमक्क सयपत्रि, आहा रॊटेपीङमा सरर
दुःखकॊ खडेरी अनि ,शुखकै बर्षाभेल हॊस ।।
सबैका घरमा लक्ष्मी, झीलीमीली धनधान्य
दिर्घायु चिरायु हुन्, खुसीकै ठेलम्ठेल हॊस ।।
सप्तरंगी टीकासाथै ,कट्टुस ऒख्खर देख्नलाइ
बस,प्लेनकै टीकट, नभए घरजान रेल हॊस ।।
जुवातास, कौडा अनि, मदिरापानमा झगडा
श्यामपट्ट रातमा ,देउसी भैलीकै खेल हॊस ।।
गजल - शुहागरात
लेखकःश्याम मुस्कान(हाम्रो आवाज सपतहिक परिवार मलेशिया
नयाँ बरबधु कुर्छन तेहाँ, रात कहिले पर्लाभनि
कौतुहल भइ गमीरहन्छन्,शुरू कस्ले गर्लाभनि ।।
लजालु स्वभाब केटीमा,तम्सीन्छ उहि पुरूषनै
उघार्न खॊज्छ घुम्ती,डराउँछ अरूबस्त्र सर्लाभनि ।।
नयन जुधे आपसमा ,मन्दमुस्कान साटफेरपनि
दुबैजना शंकित छन् ,कस्ले अंगालॊमा भर्लाभनि ।।
मुटु धड्कीन्छ तेजले, परस्पर हातहरूकै स्पर्षमा
प्रतिक्षामा छन् दुबैजना, खुशी कस्ले छर्लाभनि ।।
बर्षे मीठा चुम्बनहरू आहा, छरीन थाले कपडाहरू
आत्तिइन् नयाँबधु, श्यामपट्रटरात कहिले टर्लाभनि ।।
.......
.........
गजल
कत्ति मज्जा आहा काखमा कॊहि बस्दाखेरी
खुशीसंगै काउकुती अंगालॊमा कस्दाखेरी ।।
मख्खपर्दै एकअर्काका तारीफ गर्दैजाँदा
सल्बलायका हातहरू शरीरभित्र पस्दाखेरी ।।
धुकधुकी बढ्दॊरेछ समिप्यमा बस्दैजाँदा
चरमशुख तेहाँ रतीक्रीडाजलमा खस्दाखेरी ।।
असिम खुशीसंगै चिच्याहट र छट्पटी पनि
मीठा दुःख हुदाँरहेछन् अंगप्रत्यगं धस्दाखेरी ।।
जबानीका प्यासी रहर सुम्पीदिदाँ आपसमा
श्यामबर्ण रातॊ भएछ दिनरात घस्दाखेरी
........
........
मेरो मनकी रानी
कहाँ होलिन कस्ती होलिन मेरो मनकी रानी,
मेरो मनमा हैकम चलाउँने मेरो मनकी माली।
कस्तो होला रुप रंग,कस्तो होला संसार् उनको,
गोरी,कालि कस्ती होलिन मेरो मनकी रानी।
कल्पनामै खोज्छु उनीलाई,सपनासँगै रमाउछु,
मन भित्र तिम्रै आकृति कोरी बस्छु मेरी सानी।
फुर्फुर् गर्दै नाच्दैँ छौ कि फुलको डाली डाली,
मेरो लागी दैबले नै जुराईदिएकी नानी।।
,,,,
,,.
गजल
आज पनि तिम्रै बयान गर्न मन लाग्यो मलाई
तिम्रै मनको बगैँचामा सर्न मन लाग्यो मलाई ॥
मेरो लागि तिमी भित्र ताज महल राख्या छौरे
त्यसैले त मनको बजार भर्न मन लाग्यो मलाई ॥
धेरै नदि नाला हरु एक्ला एक्लै पार गरेँ
मायाँ को यो सागर सगै तर्न मन लाग्यो मलाई ॥
साथ बिना मेरो पनि ज्यूँने अर्थ रह दैन
बरु छिट्टै त्यही काखमा मर्न मन लाग्यो मलाई ॥
म फूलेर निर्मोहीलाई बाशना दिनु भन्दा बरु
सुबाश छर्न नपाउँदै झर्न मन लाग्यो मलाई ॥
आज पनि तिम्रै बयान गर्न मन लाग्यो मलाई
तिम्रै मनको बगैँचामा सर्न मन लाग्यो मलाई ॥
लेखक : श्याम मुस्कान क्षत्री हाम्रो आवाज साप्ताहिक परिवार मलेशिया
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874