Wednesday, August 18, 2010

आफन्तको खोजी (कथा)श्याम मुस्कान क्षत्री


आफन्तको खोजी (कथा)
श्याम कुमार जि सि (मुस्कान)
निरासाले भरिएको लामो सास तान्दै जमिनबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहान माथि खन्यायो । आँखाबाट आँसुका धारा बगाउँदै तिम्रो आत्माले परमेश्वरको बास पाओस् जीवित हुँदा केही गर्न सकिन भन्दै निकैबेर मोहितले घुँक्का छोड्यो । आफ्नी मरेकी आमालाई सम्झेर त रोयो नै त्यो भन्दा बढी उसलाई वरिपरीको वातावरणले अझ धेरै भावुक तुल्याएको थियो । त्यो ठाँउ र पखेरा
सबै उस्तै उस्तै थिए । जंगल अलिक पातलिएछ दश पन्ध्र जति मसिना झूप्रा घरहरु थपिएछन् । वारीपारी खेत पाखा पखेरा उस्तै उस्तै नै हुन् जस्तो । ऊ बेलाका खेतहरुमा कतै अदूवाको खेती कतै अकवरे खूसा्रनी कतै अमि्रसो र धूसको घाँस लगाएछन् । जेठको महिना जताततै पालुवा र मूना पलाएका हरिया पाखा र खेतमा लहलह परेका मकैका बोटहरु पारीपारी पाखामा बर्षाको समयमा गएका पहिराका सेता धसा्रहरुले मोहित को मनलाई कता कता उडाएर लग्यो । आफु बसेको नजीकैको पातीको बोटमा मसिना ढुङ्गाले हान्दै ऊ अतिततिर हरायो । उनीहरुको एउटा सानो भिरालो परेको पाखो बारी थियो । बारीको बीचतिर सानो झूप्रो घर घरको तलतिरको छेउमा एउटा सुँगुरको खोर थियो । अगाडि पट्टी दाउरा राख्ने सानो कटेरो थियो । घर वरिपरी मसिना सिस्नाका झ्याङहरु, पिडालू, सिमल, तरुलका बोट र एउटा काभ्राको रुख थियो ।
जिवन गुजारा गर्न सधै बनिबूतो गर्नु पथ्र्यो । परिवारमा उसका आमा बाबु ऊ र उसका दुई जना बहिनीहरु थिए । घरमा शान्ति भए त सिस्नोको खोले र पानी खाएर पनि आनन्द नै हुन्थ्यो तर गरिबी र अभावले घरमा प्राय सधै बाबु र आमाको झगडा परिरहन्थ्यो । आमा कहिले झुण्डिएर मर्छु भन्थिन् कहिले भिरबाट हाम फाल्छु भन्थिन् । हामीलाई कहिल्यै चाडवाड आएन । सानो मैलो घर सरसफाई थिएन । परिवार प्राय अर्ध नग्न हुन्थ्यो । जुत्ता र चप्पल कसैले देखिएन । नुहाउने धुवाउने कुरा पिन मकर सक्रान्ति नै आउनु पथ्र्यो । अभाव र गरिबीको बर्बर त्रासले हामी बडो भयभित थियौ । बाबुले आमा पिटेको बखत मेरा साना बहिनीहरु मसँगै टासिएर रुन्थे म पनि उनीहरुसँगै रुन्थे । सधैजसो बेलुका साँझ पर्ने बेलातिर यस्तो घटना हुन्थ्यो हाम्रो घरमा । हाम्रो धार्मिक परम्परा अनुसार त्यो एउटा अलच्छिन थियो आउने दिनहरुको लागि अशुभ लक्षण थियो ।
म अलि अलि मात्र सम्झन्छु मेरा बहिनीहरु त सम्झन्नन् होला । आमा बिस्तारै विरामी परिन् । गाँउमा धामी झुक्री पूजारी त गरियो त्यसले भएन भदौ महिनाको अन्तिमतिरको एक साँझ मूसलधारे पानी परेको बेला आमाले अन्तिम सास फेरिन् । हामी त सधंै पनि रोइरहन्थ्यौ त्यस दिन पनि रोइयो नै। आमा मरे पछि बाबु धेरै दिन सम्म रोए धेरै शोक गरे । गाँउलेहरु जम्मा भएर नजिकैको चिहान
घारीमा आमालाई पुरे । हाम्रा हात समाएर अलि अलि माटो आमाको चिहान माथि हाल्न लगाए । हाम्रो घरको बत्ति निभ्यो । हामी टुहुरा टुहुरी भयौं भन्ने प्रष्ट संकेत भयो । मेरा कलिला दिनहरुमा मैले के नै गरिन र गाँउका प्राय सबैका घरका भाँडा माझें गोबर भकारा गरें
लुगा कपडा धोएँ र धेरै धरै गाली अपमान र कुटाई खाँए । भोका दिनहरु गन्ने हो भने बर्षौ होइन यूग पनि हुन्छ होला । म गाँउका दाजुहरुसँग पहाडबाट हप्तौं लगाएर मधेशतिर गएर नूनका भारी ल्याएर गाँउका साहूहरुलाई बेच्थें । दुई चार पटक ओहोर दोहोर गरे पछि अब त केही होला की भन्ने लाग्न थालेको थियो । भत्केर अवषेश मात्र रहेको घरको गाह्रोतिर आँखा डुलाउँदै आफु हिड्ने बेलामा आफ्ना बहिनीहरुले हामीलाई कपडा ल्याई देऊ है दाइ भनेको बाबुले चाँडै गएर राम्ररी आएस् भनेको कुरा सम्झदै मोहित एक पटक फेरी ठूलो आवाजमा रोयो । गरिबीको पिडा र मातृबात्सल्यको अभावले खग्रास भएको दलबिर फेरी गाँउ फर्किएन उतैतिर बिलायो ।मेर ढल्कदै गरेको जीर्ण शरीर भएको आफ्नो बाबु र कलिला माया लाग्दा बहिनीहरुलाई सम्झदै उनीहरु माथि ठूलो अन्याय गरेकोले अपुशोस जतायो । उसले मनमनै सोच्यो साच्चै मेरा बाबु र बहिनीहरु कहु गए होलान् अब त बहिनीहरुको विहेवारी भयो होला बाबु बाँचेका भए मलाई देखेर कति रुँदा हुन् सायद अब त मलाई चिन्दैनन् होला । एउटा कुरा त पक्का पक्की छ । हाम्रो घरको अवशेष हेर्दा उनीहरु यँहा छैनन् । आमा यहिं सडिन् म कहु पुगे बाबु र बहिनीहरु कता लागे हरे ! विधाताको खेल पनि यस्तो हुन्छ र भन्दै आमाको चिहानतिर हेर्दै दलविर फेरी टलपलायो ।आफ्ना आफन्तको नालीबेली इतिहास त तिनै अर्याल बाजेले मात्र बताउन सक्छन् भन्दै मोहित धनपति अर्याल बाजेका घरतिर लाग्यो । गाँउको पुरानो शैलीको घर बाहिर सिकुवामा पुरानो खाट माथि मैलो मैलो परेको राडी ओच्छाएर बसेका अर्याल बाजे धेरै बूढा भएछन् । दाँतहरु सबै झरेछन् आँखा भित्र भासिएर अनुहार चाउरिएछ । दिन गन्दै अस्ताउन लागेको घाम भएछन् अर्याल बाजे पनि ।
अर्याल बाजेले मोहित लाई देखेपछि बाबुलाई त अघि देखेको थिएन कु जाने के थरा थर हो भन्दै सोधे बाजे म चित्रको छोरो मोहित हो हाम्रा बाबुलाई गाँउमा चित्र भनेर बोलाउँथ चिन्नु भएन रे भन्दै मोहित ले जवाफ दियो । कु चिन्नु र बाबु तँ त भागेको धेरै बर्षा भयो लाठे पो भइछ त । यतिका बर्षा कता हराइस् बाबु भन्दै अर्याल बाजेले फेरी सोधे । बाजे म त उतै मधेशतिर नै पो हराँए त भन्दै मोहित ले छोटो जवाफ दियो । तेरा सन्तानहेरु पनि कु कु पुगे । मोहित ले स्तब्ध हुँदै सोध्यो कता कता गए र बाजे तेरो बाबु यही मर्यो बहिनीहेरु झोडातिरै पोइला गए भन्थे । परारका साल कान्छी बहिनी दुईबर्खको छोरो लिएर आइथी । मेरै घरमा सात दिन सम्म बसेर गई । तिनीहेरु पिन कु जाउन र जाने ठाँउ छैन । आफ्नै घर जस्तो गरेर आइथी । घर त झोडातिर कता पो भन्थी मोहित को मनले ठाँउ छोड्यो बाजे म पछि आउँछु भन्दै ऊ फेरी आफन्तको खोजी तिरै लाग्य। ......................................
.................
.................
.............
कथा कार :श्याम कुमार जि सि (मुस्कान)
फोप्ली ६बल्ली खोला प्युठान नेपाल
हाल :मलेसिया
फोन :०१४३३१२२९३
ईमेल : muskanchhetri52@yahoo.com
&:pyuthansewa_samaj2009@yahoo.com
....shyam_huma2009@yahoo.com

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete