Saturday, August 21, 2010

गजल आमा बुवा सपनीमा आउनु है हेर्छु म ..


गजल - "जस्तो भानी पेट भरी खाउ है हेर्छु म। श्याम मुस्कान जि सि
आमा बुवा सपनीमा आउनु है हेर्छु म
जस्तो भानी पेट भरी खानु है हेर्छु म ॥

भाई बहिनी मिली जुली पढ लेख है
अंधकार चिर्दै अघि जानु है हेर्छु म ॥

देश बिक्री गर्नेलाइ खोरमा खाँदेर
एक एक गरी घोक्रे ठ्याक लाउनु है हेर्छु म ॥


मेरो ईच्छा एउटा मात्रै महान बनाउने
संकल्प हो मुटु भित्र छाउ है हेर्छु म ॥

म बिदेशमा भए पनि तपाईं हरुको आशिर्वाद
देशको लागि मिठो गित गाउँनु है हेर्छु म

आमा बुवा सपनीमा आउनु है हेर्छु म
जस्तो भानी पेट भरी खानु है हेर्छु म ॥
..........
....
गजल - "आँखाले नदेखे नी।। श्याम मुस्कान क्षत्री (अन्जान)
आँखाले नदेखे'नी मुटु माझ बास भयो।।
जव माया गर्न थालें जिन्दगी खास भयो।

आफ्ना आफन्त टाढा थिए कसौं टाढै रहें,
मात्रै तिमी र तिम्रो मिठो माया पास भयो।।

जहाँ म जाउँ जता जाउँ हुन्छौ! तिमी त्यहाँ,
नभूली सम्झिरहें सम्झनाको रास भयो।।

लाग्छ यस्तो तिमीलाई मात्रै सम्झन सकूँ,
म तिम्रै निम्ति पागल सब सर्वनाश भयो।।
...
...
कबिता - "पहाडमा पहिरो जाँदा तराई पनी डुब्छ।।
कोही देख्दीन आफ्नो भन्ने कस्लाई भनुँ पराई
एकै दिनका तीन प्रहर हुन हिमाल,पहाड,तराई

सुस्ताको छेउ काँडा बिझ्दा हिमालीलाई दुख्छ
पहाडमा पहिरो जाँदा तराई पनी डुब्छ

हिमाल पहाड तराई हाम्रा मौलिकताका खानी
डाँफे, मुनाल,झरनाले सजाएका रानी

आँफ्नै घरमा आगो लगाई शत्रुलाई पो हँसायौकी?
कतै चाँदी टिप्छु भन्दा हिरा नै पो खसायौकी

पहाडेले टोपी झिक मधेसीले धोती

सबै मिली गरौं बरु ढुङ्गे युगकै खेती
..
...
गजल - "गंगा जस्तै चोखो माया।। श्याम मुस्कान
गंगा जस्तै चोखो माया तिमी सँग लाउछु भन्थ्यौ
अर्को साल मंसिर मा डोली लिई आउछु भन्थ्यौ

झूठ भए बाचा सबै फगत भए कसम नि
जता जता जान्छौ तिमी त्यतै तिर धाउछु भन्थ्यौ

थाहा छैन तिमीलाई नै माया कस्तो हुन्छ भन्ने
तिम्रो त्यो मुहार भरि खुशी बनि छाउछु भन्थ्यौ

दुनिया ले जे भने नि बचन हो यो भनि कन
तिमी नै हो मेरो भन्दै यही गीत गाउछु भन्थ्यौ

धेरै आशा देखाई दियौ सिधा मान्छे पाए पछि
संसार को सबै सुख तिमी भित्र पाउछु भन्थ्यौ

..कविता - "के गर्दै छन मेरी आमा।। श्याम मुस्कान
के गर्दै छन मेरी आमा
गाऊ घर आगनिमा
टोलाउदै बस्छिन होला
साझ अनी बिहानिमा।

पाईला मेरो देखिन होला
म खेलेको मझेरी मा
रुन पनि थालिन होला
झस्कियर अधेरी मा।

सम्झि आसु खस्यो होला
उनले च्याप्ने सीरानि मा
भन्दी होलिन यस्तै लेख्यो
भाबीले यो निधार मा।
सब का सन्तान ओरी परी
आफ्ना कठै मुग्लान पारी
साह्रै दुखी हुन्छिन होला
पानी भर्दा पधेरिमा।
श्याम मुस्कान क्षत्री अन्जान
फोप्ली ६बल्ली खोला प्युठान नेपाल हाल :मलेसिया ।
..
..
कविता - "छल"
ओठमा कुटिल मुस्कान फिजाएर
बनावटी हासो देखाई
भ्रमको खेती तिमी न गर
त्यहा त केवल बिषालु बाली उब्जिन्छ

सुगन्धित अनी कोमल फूलको आडमा
बिझाउने काडा लुकाई
मायाको उपहार तिमी न देउ
त्यहा त केवल अकल्पनीय पीडा हुन्छ

साचो प्रेमको मिठो सपना सजाएर
सुखद मिलनको आश देखाई
वीपना तिमी न लुटिदेउ
त्यहा त केवल तितो अतित जन्मिन्छ
मन भित्र छल कपट पालेर
प्रेमको झुटो नाटक गरी
मायाको बिष तिमी न पिलाउ
त्यहा त केवल विश्वासघात फैलिन्छ

गजल ...
तिमी कहाँ आईपुग्न मायाको डोरी समाउदै छु

सम्झनाले सताउदैछ पर्देश छोडि आउँदै छु

हररात सपनीमा तिमीलाई देख्दै छु

क्षितिज पारीबाट चिट्ठी तिमीलाई लेख्दै छु

हाम्रोमाया प्रीतको गीत लैबरीमा गाउदै छु

संहाली राखहै पछेउरी चाँडै म आउँदै छु

जिन्दगीको जंघार तर्न गाह्रो पर्दो रैछ

बिछोड्को पीडा सहदा छाँतिभित्र पोल्दो रैछ

नियतिको खेल सम्झि जिन्दगी संहाल्दै छु

गाउँघरको माया बोकि फर्कि म आउदै छु
..
(गजल) श्याम मुस्कान क्षत्री अन्जान
बाढी आउंदा जिन्दगीमा,ठुलै भेल तर्नु पर्छ
हिँड्दै जाँदा कहिलेकँहि आँधीभित्र पर्नु पर्छ ।

जित मात्र कहाँ हुन्छ,खेल खेल्दा सधैं भरी
अन्जानमा चिप्लिइदा,केही तल झर्नु पर्छ ।

झुक्किएर ठेस लाग्छ,समतल बाटो हिँडे पनि
नँसोचेको कर्म पनि कहिलेकँहि गर्नु पर्छ ।

जिन्दगीका पलहरु,गाँसी गाँसी बनाएको
ओत लाग्ने सानो धुरी,हाँसी हाँसी सर्नु पर्छ।
..
कबिता - "काहाँ तिम्रो संसार...
कहाँ तिम्रो संसार कहाँ मेरो संसार
जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र

तिमी माथि आकाशमा उडी हिड्‍ने चरी
मेरो जीवन वतासमा पात उडे सरी
तिम्रो जीवन फूलवारीमा फूल फूले सरी
म त सधै वगरमा ढूंगा लडे सरी

तिमी सधै उज्यालोमा खुशी रोज्दै हिड्‍ने
मेरो जीवन अध्यारोमा बाटो खोज्दैै हिड्‍ने
तिमी मनको चाहनामा जून रोजी हिड्‍छौ
म त सधै पीरै पीरमा ब्यथा वोकी हिड्‍छु
..
गजल - "हुन्छ भने दिन्छु............
।।श्याम मुस्कान
.हुन्छ भने दिन्छु माग मेरो अंग अंग तिमी
बिन्ती गर्छु नछर है जवानीको रंग तिमी ॥

हिम्मत संग हातेमालो दुश्मन संग नाझुक्नु है
झुटो मायाँ लाउने संग नहुनुहै दंग तिमी ॥

मिठो बोली जो कोहीले बोल्छन् स्वार्थ लुट्नलाई
ठाढै बरु प्रतिकारमा शाहास बोकी जंग तिमी ॥

समयमा बिचार पुर्याइ शतर्क भइनौ भने
तनाबको गोली लागी हुन्छयौ अंग भंग तिमी ॥

गीत - "आमा तिम्रो आँखाभरी
आमा तिम्रो आँखाभरी आँसु छल्क्यो होला
चाडपर्ब आँगनमा ,छाती चरक्यो होला ।

जन्माइथेयौ चार जना ,चार दिशा लागे
आफ्नु कोही नहुँदा त्यहा शत्रुहरु जागे ,
हेर्दै हौली हत्केलाले घाम छेक्दै बाटो
कुर्दै हौली चौतारीमा नाम कोर्दै माटो ।

छिमेकीले रोटे पिङ मच्ची मच्ची खेल्दा
सयपत्री र मखमली आँगनभरी फुल्दा
पुछयौ होला मजेत्रोले गहभरिको आँसु
भयो होला मन तिम्रो 'कसरी पो बाँचु '।।
..
गजल - " यसपालीको दसैमा आउन पाइन आमा
श्याम मुस्कान क्षत्री
यसपालीको दसैमा आउन पाइन आमा
रातो टिका जमरा लाउन पाइन आमा

कति थिए दू:ख सुख साटासाट गर्न बाकि
संगी सग मालसिरी गाउन पाइन आमा

सामन्तको जालो भित्र गुहार माग्दै छटपटीदा
एक थोपा पानी पनि ख्वाउन पाइन आमा

एकै छाक पारे देस म त काल कोठरिमा
कैदी भाछु मुख फोरी बाउन पाइन आमा
..
गजल - " एक मुठी स्वास चलेकै छ
घर न घाटको हुदा पनि एक मुठी स्वास चलेकै छ

अन्योलमा पारेर मलाइ नियतीले संधै छलेकै छ।


कति दिऊ खशीको आहुति कति सहँु दिनहुँ बबार्दी

स्वतन्त्र भै बाँच्न नपाउदा बियोगले मुटु जलेकै छ


ऐ माटोमा चलखेल् गर्दा मेरै अस्तित्वमा धावा बोल्दा

सकुनीले पासा थापीदिदा मेरो स्वाभीमान ढलेकै छ।


छिया छिया पारी सपनाहरु कुन्ठित पारेर अधिकार

शान्तीको त्यही बोधी बृक्षमा असान्तीको फल फलेकै छ।


आशाको जग बसाउ भन्दां निरासा मुनै मौलाइ दियो

अध्यारो भित्र बन्दी भै दिदा पल पल भाग्य गलेकै छ।
..
गजल - " अञ्जानैमा
माया दियर घात गरेउ बेकारमा रोज्यौ किन

रित्ती सकेको आँशु अझै निखार्न खोज्छौ किन

हाल्दै थिए मलम पट्टी पुरानै चोटहरुमा

चहर्याएको घाउमा नुन छिर्कन खोज्छौ किन

अाजानैमा चोट लाग्यो सारा मुटु भरी भरी

त्यही चोट दिने भाला तिखार्न खोज्छौ किन

बनाउदै थिएँ एक्लै जीउने मनका आधारहरु

चोखो माया दिन्छु भन्दै बिगार्न खोज्छौ किन
,,
गजल - " तिम्रो यादमा मैले
तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु
रचनाकार :श्याम मुस्कान क्षत्री अन्जान
फोप्ली ६बल्ली खोला दोभान बजार पुल्चोक प्युठान नेपाल
फोन :००९७७९८४७८९५३९३ ९८४५०४४५५०
हाल : मलेशिया फोन ००६०१४३३१२२९३
ईमेल:muskanchhetri52@yahoo.com
pyuthansewa_samaj2009@yahoo.com
shyam_huma2009@yahoo.com
www.muskankoaafnaisansar.blogspot.com

5 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete
  2. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: comfortfrankloanfirm@gmail.com






    तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै माया,

    Comfortfrankloanfirm@gmail.com



    L
    Mrs: comfort

    ReplyDelete
  3. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: ceciliagodfreyloanfirm@gmail.com


    तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै माया,

    Ceciliagodfreyloanfirm

    L
    Mrs: Cecilia

    ReplyDelete
  4. यदि तपाईंलाई आफ्नो आर्थिक आवश्यकताहरु लाई हल गर्न को लागि तत्काल ऋण को आवश्यकता हो, हामी $ 3,000.00 देखि $ 80,000,000 सम्म को ऋण को पेशकश गर्दछ। अधिकतम, हामी विश्वसनीय, कुशल, तेज र गतिशील हो, 100% गारंटी ऋण संग यो फिब (यूरो, म र मजा र डायरेक्ट्स।) यदि तपाईं हामीलाई फिर्ता लिने रुचि राख्नु हुन्छ भने सबै ऋणको ब्याज दर (3%) हो। इमेल
    lapolendersfirm@gmail.com

    ReplyDelete
  5. यदि तपाईंलाई आफ्नो आर्थिक आवश्यकताहरु लाई हल गर्न को लागि तत्काल ऋण को आवश्यकता हो, हामी $ 3,000.00 देखि $ 80,000,000 सम्म को ऋण को पेशकश गर्दछ। अधिकतम, हामी विश्वसनीय, कुशल, तेज र गतिशील हो, 100% गारंटी ऋण संग यो फिब (यूरो, म र मजा र डायरेक्ट्स।) यदि तपाईं हामीलाई फिर्ता लिने रुचि राख्नु हुन्छ भने सबै ऋणको ब्याज दर (3%) हो। इमेल
    lapolendersfirm@gmail.com

    ReplyDelete