Wednesday, August 18, 2010

सावित्रा (कथा)।। श्याम मुस्कान क्षत्री


सावित्रा (कथा)।। श्याम मुस्कान क्षत्री
रिजाल रेष्टुरेन्टको सानो गल्ली पार गरेर पछाडि हुदै राप्ती मेडिकलको बाटो बाट सडकको जेब्रा क्रसिंगमा हरियो बत्तिको पर्खाइमा बसेका मानिसहरुको भिडमा सावित्राले एकएक गर्दै सबैको अनुहार हेरिन । आफूले चिनेका कोही देखिनन । धेरै मानिसहरुका विचमा पनि एक्लो हुनुपर्दाको नमिठो अनुभव भयो उनलाई । हरियो बत्ति बल्यो, मानिसको भिडसंगै तछाडमछाड गर्दै सावित्राले बाटो काटिन र सडकको किनारै किनार हिडीन् । दिनभरिको कामले उनको शरिर दुखेर ज्वरो आउला जस्तो भएको थियो । खुट्टाका औलाहरु रातो भएर भतभत् पोलिरहेका थिए । छेउकै सडकको पेटीमा भएको सानो ढिस्कोमा थुचुक्क बसेर जुत्ता खोलिन । औलाहरुमा ठेउला उठेका थिए । पोलीरहेका खुट्टाका औलाहरु मुसार्दै ब्यागबाट मोवाइल निकालेर हेरिन् । रातको एक बजिसकेको थियो । मानिसहरुको भिडले त्यहा दिन र रातमा केही फरक थिएन । आफ्नै गन्तब्यमा पुग्ने हतारमा हिडेका मानिसहरुलाई टोलाएर हेरिरहिन । सावित्राले कुनैदिन आफुपनि यिनीहरुजस्तै स्वतन्त्र भएर हिडने दिन आउला कि भन्ने कल्पना गरिन् । कुनै समय म पनि आफ्नो परिवारको साथमा यस्तै रमाइलो संग दिन विताइरहेकी हुनेछु । त्यतिबेला मैले आज दिनरात, भोक, निन्द्राको केही वास्ता नगरी गरेका दुःखहरु विर्सने छु । समयको परिबन्धमा परेर परिवारको आँखामा निर्दयी, प्यारा श्रीमानको दिलमा निष्ठुरी र मुटुका टुक्रा बच्चाहरुको मनमा हृदयशुन्य आमा बन्न बाध्य हुनुपरेका क्षणहरु र एक्लो जिवनमा भोग्नु परेका पिडाहरु पारिवारको साथ पाएपछि सबै हराउने छन् । मैले पुन पहिलेका बर्षहरुमा जस्तै शाहसी बुहारी, प्यारी श्रीमती र आमा बनेर पारिवारिक माया पाउने छु ।यस्तै यस्तै रमाईला क्षणहरुको कल्पना गरिन । एकछिन बसेका हुनाले उनका खुट्टाहरु झनै दुखेका थिए । दुई,तीन ठाँउमा बस्दैबस्दै धेरै दुःख संग कोठामा पुगीन । दुखेको शरिरलाइ ओछ्यानमा पल्टदै ब्यालेन्स मिलाउन कोशिस गरिन । रात आफ्नै गतिमा बगिरहेको थियो । यहा यतिधेरै दुःख गर्नुपर्ने भन्ने बारेमा सावित्रालाई पहिले थाहा थिएन । काम नगरे कन्ट्याक नपाइने, कन्ट्याक नपाए पेपर बनाउन नसकिने र पेपर नबनेपछि आफ्नो सपना पुरा हुन सक्ने थिएन । यहाँ पेपर बनाउदा हुनुपर्ने डकुमेन्ट र गर्नुपर्ने प्रोसेसका कुराहरुले सावित्राको केही समय अगाडी परिवारसंग रमाइलो गरि दिन विताउने कल्पना अलि फिका हुदै आयो । उनले बच्चाहरुको भविष्यको कल्पना संगै आफुले गर्नुपर्ने पारिवारिक कर्तव्यको लागी अग्नीपथमा हिडनु परेपनि शाहस र धैर्यसंग काम गर्नुपर्छ भन्ने सम्झदै दुखेको शरिर र थाकेको दिमाग सहित निदाउन प्रयास गरिन । साथमा रहेको मोवाइलमा रामकृष्ण ढकालको स्वरमा "मलाई यो जीन्दगीले कहाँ पुर्यायो" गीत गुन्जीरहेको थियो ।समाप्त।।।। श्याम मुस्कान क्षत्री हाम्रो आवाज साप्ताहिक परिवार क्कुला लम्पुर मलेशिया फोन ००६०१४३३१२२९३ ईमेल:muskanchhetri52@yahoo.com

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete