
गजल
गफ गर्दै तिम्रै सामु बस्न मन लाग्छ
तिम्रो मनको तरेलिमा पस्न मन लाग्छ
किन किन साह्रै राम्री देख्छु म तिमीलाई
जानी जानी माया जालमा फस्न मन लाग्छ
हेरी हेरी तिमीलाई पागल हुन्छ मेरो मन
बेहोसिमै अङगालो मा कस्न मन लाग्छ
तिम्रो हरेक चिजसँग नजिक हुन नसकिदा
तिम्रो जिउमा बर्षात बनी खस्न मन लाग्छ
बहिरी हैन भित्री मनले चाहन्छु म तिमीलाई
गुलाव सारी तिम्रो यौवन डस्न मन लाग्छ
...
..
देश रोइ रहयो ।।
हावाको गीत हावाको जित ।
पागल मनको ताना ।
दाफे चरी गाउछु भन्छे ।
मिलनको गाना ।
मजुरको नाचै राम्रो ।
कोहिलिको बोली ।
देशमा चाहिने शान्ती थियो ।
चली रहयो गोली ।
निरासाको पोको बाधी ।
अझै कती बस्ने ।
कहिले सम्मा मुलुक्लाई ।
बन्धनमा कस्ने ।
अनियको बन्धी भई ।
देश रोइ रहयो ।
बिस्तार् बादी भरतले ।
सिमा छोइ रहयो ।
शाहीद्का सपनाहरु ।
भए अल्पत्र
फेरी पनि हैकम बाद्को
राज एक छत्र ।
लोकतन्त्र गणतन्त्र
नेता लाई नै आयो ।
बर्षादेखी नेपालमा
अन्धकार छायो ।
.....
रचना ;श्याम कुमार जि सि "मुस्कान "
हाल "मलेसिया
...
गजल "घरको छानो "
घरको छानो चुने छ रे, टाल्न सक्या छैन
भोकै छिन रे आमा, चुला बाल्न सक्या छैन |
चौबन्दी चोली फाटीएर, दस ठाम टाल्या छ रे
बर्षै बिती सक्यो एउटा साडी, हाल्न सक्या छैन |
पैसा कमाउने सपना बोक्दा बोक्दै आज म
बुढा आमा बाबा अझै मैले पाल्न सक्या छैन |
आशु झार्दै मेरी आमा दश दु:ख गर्दै
आज सम्म दु:ख छोडी सुख ढाल्न सक्या छैन |
कति हृदय जल्दो हो, मनमा आगो बल्दा
चोट परेको मुटुमा, मलम हाल्न सक्या छैन |
खाई नखाई मेरी आमा, गाऊ बेशी गर्दै
आमा सम्झी दुई पैसा, फाल्न सक्या छैन |
....
..
गजल - "मात्रै के थिए"
बिगत्का पाना पल्ट्याएको मात्रै के थिए ।
अबिरल आसुँको बर्षा झर्न थालयो आज भोली ।।
एकै झल्को देखेको मात्रै के थिए आफ्ठारिलाई ।
अफ्ठारिकै कर्के हेराइ मन पर्न थाल्यो आज भोली ।।
जब देखी देखी त्यही अफ्ठारिलाई मैले ।
मेरो कुबुद्दिमा बुद्दी भर्न थाल्यो आज भोली ।।
अफ्ठारिले साथ दिन्न भनिन र पो ।
त्यसै-त्यसै मन मर्न थाल्यो आज भोली ।।
.....
...
गजल
कल्पना पनि नगरेको सपना आज फेरी देखन परेको मलाई ।
अनाएसै बैगुनिको बाटो बार लगाइ छेक्न परेको मलाई ।।
थाहा हुँदा-हुँदै उन्ले पहिले प्रेम पत्र नहेरी च्याती फालिन ।
आज फेरी अर्को पत्र लेख्न परेको मलाई ।।
बाटोमा भेट्दा हाइ पिर्य भनी बोलाँउदा नबोली-नबोली मर्किदै हिंडेकी हुन ।
आज फेरी म आभागीलाई त्यही बैगुनिको आगनी टेक्न परेको
.....
...कबिता - "एकान्तमा झोक्राउँदा.
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो,
यी कानमा गुंजि बस्ने मायालुको झर्काइ मीठो ।
निस्तो माया कहाँ हुन्छ र झगडा त मिसिन्छ नै,
रिसाएर देखाउने तिम्रो पीठ फर्काइ मीठो ।
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो.....
म छिप्पेको भनी तिम्ले जती सुकै ठाने पनि,
बालक झैं चली बस्दा तिम्रो हल्का हप्काइ मीठो ।
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो.....
कता कता कस्तो भा' छ किन होला एस्तो भा' छ,
टुलु टुलु हेर्याभन्दा तिम्रो आँखा सन्काइ मीठो ।
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो.....
नखरा त तिम्रो पनि कम्ती भन्ने कहाँ छ र ?
त्येसैले त ठट्टा युक्त तिम्रो साथको बसाइ मीठो।
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो.....
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो,
यी कानमा गुंजि बस्ने मायालुको झर्काइ मीठो
राचना :श्याम कुमार क्षत्री (मुस्कान)
...
गजल
एक्लै रूँदै प्रबासमा बाँच्नै मन छैन ।।
स्वार्थी माया हृदयमा साँच्नै मन छैन ।।
पर्खी बस्दा जवानीले भर छाडी सक्यॊ
अझै पर्खी औँलाहरू भाँच्नै मन छैन।।
दुइदिने जीन्दगीमा नाँचु गाँउ भन्दा
मन जल्छ बिरहले नाँच्नै मन छैन ।।
धेरै आए सामीप्यमा स्वार्थी मित्र मात्रै
कस्कॊ नाता चॊखॊभनि जाँच्नै मन छैन।।
रचनाः श्याम कुमार क्षत्री (मुस्कान)
हाल :नेपाल पत्रकार महासँग साखा संपर्क
मलेशिया सदस्य ।।
....
कबिता। प्युठान हो मेरो गाउ ।।
चार हजार भो जनसंख्या, पहाडि यो ठाउँ
खोला नाला हरियाली, प्युठान हो मेरो गाउ ।
रोल्पा र अर्खाखाची को सिमाना मा पर्ने
प्युठानको फादै बाट झिम्ररुक झर्ने
बल्ले खोला र लुङ खोला ले उत्पादनमा पुरयाउने बल
सिरानमा डाडा पाखा हरियाली, फाट परयो तल
अन्नपात, फलफुल सब्जी, आफ्नै गाउमा हुने
वर्षा यामको हरियाली राम्रो, सबको मन छुने |
हाटबजार गाउमै छ, उच्च मा. बि. पनि
मोटरबाटो पुगेको छ, गाऊ घर मै खनी
बिजुलीको उज्यालो भो, घर गोठ सब
प्रहरी र स्वास्थ्य चौकी, गाउमै छन् अब |
शिक्षा , स्वास्थ्य चेतनाको, गाऊ भरि लहर
प्रौढ शिक्षा पढ्नु पर्ने, सबमा चल्यो रहर
सबै वर्ग जाती साथमै, मिलि बस्ने बानी
सानो ठूलो भन्ने सबै, मासौ अब हामी |
धरै गर्न बाकी नै छ, यो गाउको लागि
जोश जागर राखौ साथमा, नजानु है भागी
भारी बोकि हिड्ने ठाउमा, मोटर बाटो अब
कृषी बिकाश तर्फ लागौ, बन्छ यो ठाउँ तब |
श्याम कुमार जि सि मुस्कान
,,,,,,
.......गजल - "मिलिजुली बाँच्नु पर्छ "
हामी सबै जाति हरु मिली जुली बाँच्नु पर्छ
लडाउने ति नेता को ढाड अब भाँच्नु पर्छ
जन्म्यौ यहि हुर्कि्यौ यहि माया यहि देश को छ
स्वतन्त्र नेपाल को ईतिहास साँच्नु पर्छ
को पहाडी को मधेसि सबै हामी नेपाली हौँ
डाँफे चरी जस्तै गरि हामी पनि नाँच्नु पर्छ
मेची देखि काली सम्म हिमाल र तराई को
एक खुशी बनाएर एकै साथ हाँस्नु पर्छ
म सुध्रे देश सुध्रिन्छ म बिग्रे देश बिग्रिन्छ
बिगार्ने त्यो मन लाई हामी आफै जाँच्नु पर्छ
................
......... कबिता
तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु
तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु
कोइलिको जस्तो सुमधुर तिम्रो भाकालाई
भुल्न सक्तिन सानु
यो मेरो कान भित्र सधै तिम्रै सुमधुर
गीतहरु गुन्जिंछ सानु
स्वदेश बाट भाए पनि के छ खबर
भनि बोलाई दिनु सानु
तिमी बिनाको यो जिबन अन्धकार लाग्छ सानु
छाती भित्र तिम्रो मायालाई झिकी लैजाउ सानु
छोड़ी जाने निस्ठुरीको यति धेरै सम्झना आउछ किन ? सानु
श्याम कुमार जि सि मुस्कान
.........
गज़ल
हार्नु रैछ बादलको, घुम्टो भित्र पारीगयौं |
चार्नु रैछ फूल बारी , मनोमानि चारीगयौं ||
छल्कदैथें आत्मा भित्र, तिम्रै प्रितका सितबिन्दु
टार्नु रैछ बाँचा गर्दै, पर्ख भन्दै टारीगयौं |
स्वार्थ बड्यो आँखा गड्यो, मह भा'को चाका तिर
झार्नु रैछ बर्खे झरी, आँखा बाट झारीगयौं |
कल्पनाको तरेलीमा, भाबबिम्ब तैरदै थें
मार्नु रैछ इच्छा मेरा, निमोठेर मारीगयौं |
देखावटी पिरतीको, बिस्कुन लायौ मेरै सामु
नार्नु रैछ अन्तै माया, बास्ना पायौ नारीगयौ |
.......
श्याम कुमार क्षत्री "मुस्कान"
हाल "मलेसिया
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874