Friday, August 20, 2010

कबिता - " प्युठान ले भन्छ रे " -श्याम मुस्कान क्षत्री (अन्जान)


कबिता - " प्युठान ले भन्छ रे " -श्याम मुस्कान क्षत्री (अन्जान)
प्युठान ले भन्छ रे रोल्पा तिमी हाँसन
रोल्पा ले भन्छ रे मलाई हेरि राखन
प्युठान र रोल्पा माया जाल मा फसे छ
धेरै बर्ष भई सक्यो पर्खिएर बसे छ
चिसो चिसो बतास मल्ला रानी को सुसेली
सार्है राम्रो ठाउँ पनि उस्तै राम्रा प्युठानी
धेरै जाति छन् यहाँ मित्रता छ बलियो
मेची महाकाली सम्म हाम्रो नाता फैलियो
बोले मात्रै हुन्छ हामी ईतिहास ले चिनाउछ
जन्मिए मात्रै हुन्छ हामी प्युठानले नै हिडाउछ
त्यसै ले त गर्ब लाग्छ मेरो जन्मभूमी मा
प्युठान मा नै जन्मिन पाऊँ फेरी अर्को जूनी मा
बिर्सिए को छैन कहिले जन्मिए हुर्के म त्यहाँ
आज म त प्रदेश मा मेरा साथी छन कहाँ
टुटे को पनि छैन साईनो छुटेछैन मित्रता
कति साथी सफल भए कति भए बेपत्ता
ईमेल :muskanchhetri52@yahoo.com
फोन : ००६०१४३३१२२९३
pyuthansewa_samaj2009@yahoo.com
........
कविता - "फेरी तिमीलाई भेट्छु। श्याम मुस्कान क्षत्री (अन्जान )...

बोली दिन्छु मनको कुरा, तिमी सुनि दिनु
घुम्टो खोली आई बस, तिमी बुझी दिनु
कतै मेरो गल्ती भए, माफी दिनु है
रातमा लाग्ने चन्द्र जस्तै, खुशी हुनु है |
बा–आमाको कर कापले, बिबसतामा फसे
छाती भित्र बेदना भैं, कति छटपटाए
डाडा माथी कती कुरे, कहिँ भेटिन नि
भागी आउथे लिन तिम्लाई, घरै देखिन नि |
नरुनु नि मेरी माया, धोकेबाज हो भनी
इर्ष्या लिई छातीभित्र, धेरै कुरा बुनी
अमर त्यो चोखो माया, जीवन भरी पुज्छु
मरी गए आत्मासग, फेरी तिम्लाई भेट्छु |
........
.........
कबिता - "साहित्य यात्रीहरु"श्याम मुस्कान क्षत्री (अन्जान) हाम्रो आवाज साप्ताहिक परिवार मलेशिया
साहित्य यात्राको श्री 'गणेश' गर्दैछु
'बिकास' ले शिखर चुमोस साथी
गद्य र पद्य, छन्दमा भन्दैछु
करुण रस छाओस सबै माथी।

'साहित्य को ज्ञात भयो, गजलको बहरले
चुमे यिनीलाई मुटुमा कोटी कोटी सयौ र हजारले ।


माया त गर्छन् सबैले, 'दोषी'लाई, समुद्र तरेछिन
जीवन उनीको अधुरो हो की गुनासो गरेछिन ।

'खिलाफी' बोल्छ क्रान्तीको कुरा, खुकु छिन्ताङ रुदैछ
साहित्य यात्राको, मिर्मिरे पाइला बिहानी हुदैछ ।

साहित्यबोटको एउटा हागो न्युयोर्क तरेछ
पोख्त त हामी कहाँ छौ र.. कोशिश गरेछ ।

साहित्य यात्रा कम छोटो छ र..?, किनारा नाइल छ
म प्रति 'आस्था' नराख 'प्रिया'! 'जगत' नै 'घायल' छ ।

जति चुम्यो चुम्न गाह्रो "अतृप्त्" बिर रस
'राम' कसम 'मिद्रु' बज्रने छाती नभेटने साहित्य रस ।

को ठुलो भन्नु को सानो भन्नु दुई लाइन छुदैमा
'काले' लाई कसले हेर्छ र दुनियाँ 'श्याम' बर्ण हुदैमा
श्याम मुस्कान क्षत्री (अन्जान) हाम्रो आवाज साप्ताहिक परिवार मलेशिया
..
....कविता -आउन बस जुनिभरि मेरो दिल भित्र।
.

कविता -आउन बस जुनिभरि मेरो दिल भित्र।

आँखाहरु ओछ्याइरहे तिमी हिंड्ने बाटो भरि
दर्शन तर पाइएन मायालुको कसै गरी
गाउ, बेशि, लेक डुले तिमीलाई नै खोज्दै
डाडा पाखा एकान्तमा छौ कि भन्ने सोच्दै।


हावा बनि डुल्यौ भनि बादल बनि पच्छ्याइ रहे
सागरमा लुक्यौ भनि पानि बनि पुगिरहे
फूल बनि फुल्यौ भनि भमरा बनि खोजिरहे
कहा हौलि माया भन्दै एकान्तमा सोचिरहे।

पाइन तर कतै पनि खोजिरहे चारैतिर
आउन बस ए मायालु अब मेरो आखैनिर
हृदयमा सजाइराख्छु पृया तिम्रो चित्र
आउन बस जुनिभरि मेरो दिल भित्र।
.
रचना कार :श्याम मुस्कान क्षत्री (अन्जान)
हाम्रो आवाज साप्ताहिक परिवार मलेशिया
ईमेल:muskanchhetri52@yahoo.com
..
..
कबिता - "आँफैलाई गाल्दै छु म"
फेरी आज तिम्रो यादमा आँफैलाई गाल्दै छु म
एक्लै कल्पिरहे यहाँ रहरहरु पाल्दै छु म ।


तिमी बाहेक अन्त मन पट्क्कै नजाने भो
छिट्टै भेट्न पाउ भनी लाख बत्ती बाल्दै छु म ।


आर्थिक भार्ले च्याप्दै गयो कमाउने बाटो नहुँदा
जे जसो भए पनि पुन घर फर्कन पाइला चाल्दै छु म ।


रुनु परे मनै रोहिदिन्छु तिम्रो भने खुशीनै चाँहीरहे

बियोग्ले मन फाट्दा समए मिल्दा टाल्दै छु म ।
टन्नै धन कमाइ आजिबन खुशी ल्याउछु भन्दै

यो मरुभुमिको गर्मिमा मरिहत्त्य हाल्दै छु म ।
..

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete