स्मरणका पाना - "एउटा मान्छेको मायाले कति फरक् पार्दछ जिन्दगिमा" - श्याम कुमार जि सि मुस्कान
“एउटा मान्छेको मायाले कति फरक् पार्दछ जिन्दगिमा”
बन्द कोठामा पछेउरिले मुख छोपेर डाको छोडेर रुन्थे । खुल्ला आकाश मुनी हिड्दा मन रोइरहन्थ्यो आसु कसैलाई देखाइन, देखाउन पनि मन लागेन । जती सम्झ्यो उती मन पोली रहन्थ्यो । अझै पनि मन भक्कानिने गर्छ श्रीपेच र राजदन्ड हस्तान्त्रण गरेको सम्झिदा । राम्रो सोभासको, अनुशासित र लगन्सिल छोराको बरदान पाइनछु । मेरो यो हालत हुनुमा यो छोराको पनि हात छ तत्कालिन समयमा असोज १८ र माघ १९ को कदम नचालेको भए पनि मेरो यो हालत हुने थिएन । सबैले १८ र १९ को कदम किन चालेको भनेर अझै पनि झापारी रह्न्छन । कसैले नसुन्ने ठाउमा गएर डाको छोडेर रुदाहाम जस्तो हुन्छ अझै पनि । उती बेला किन मेरो बुद्धिमा घाम नछिरेको होला भनेर पछुतो लाग्छ ।
१८ र १९ गतेको दिन नै किन रोजेको त भन्ने पनि होलान । मलाई के सम्झना छ भने । कलेजमा एउटी राणा खान्दानकी छोरीसँग प्रेम परेको दिन थियो १८ गते । उनैले मलाई ब्यापार ब्यवसायमा लाग्न प्रेरणा दिएकी थीइन । राजाखान्दान्को छोरो भएपनी अझै धनी बन्नको लागि ब्यापार नै गर्नु पर्ने उन्को सल्लह थियो । नभन्दै देसै चलाऊन पाउने मौका मिल्यो । १९ गते त उनैसँग बिहे नहुने निर्णए भय पछी बिछोडको पिडा बेहोर्नु परेको दिन थियो । परिवारले उनिसित बिहे गर्नु हुन्न भन्नु नै एुटा हात छ म नागार्जुन जान पर्नुको कारणमा । उनीसँग बिहे गर्न पाएको भए दरबारको लोभ लाग्नै पाउथेन । प्रेमिका र ब्यापारमा मस्त हुन्थे जस्तो लाग्छ । बिछोडको पिडा हुनै पाउथेन । "एउटा मान्छेको मायाले कति फरक् पार्दछ जिन्दगिमा - एउटा साथिको साथले कति फरक् पर्दछ जिउनुमा" भाउजु मरेर गए पनि ,उनिले लेखेको यो गीत मेरै लागि हो कि जस्तो लाग्छ । मेरो जिन्दगीमा पनि यस्तै यस्तै बिछट्टै फरक परेको थियो उन्को प्रेमले ।
केही समय पछी दैबले मेरा अभिभाबक नै उनै (दाइभाउजु) लगाएतका परिवारै सखाब पारीदियो । त्यो सखाब पार्ने दैब पनि तै होस्, हाम्रो अधिकार सखाब पार्ने पनि तै होस् भन्दै मेरो उठिबासै लागाए । दैब आँफैहरुहुन । मेरा दाई बिरेन्द्रसँग भने मिलेर बसे । जब मेरो सुनौलो मौका आएको थियो । हैजाले लानेहारु ३ -४ बर्षमै मलाई मेरो बैंकको खातापाता पनि मिलाउनै नदिएर भगाए । दाइको सेश पछी त दाइको सम्पत्ति सम्हल्न पाउछु भन्ने आसा थियो त्यो पाउने अधिकार पनि पुरै दिएनन हैजाहरुले, कस्तो रिस उठ्दो कुरो।
राजाको राजा नै रहन पाएको भएत किन चाहिन्थ्यो र त्यो ? तर दरबार छोड्न पर्छ भन्ने ढुक्क भए पछी केही हात लगाउला जस्तो नलागेको होइन । के गर्नु सो चे जस्तो हुन्न जिबन्,देखे जस्तो हुन्न जिबन ,जस्तो भोग्यो उस्तै हुन्छ जिबन, भनेर गाएको गीत पुर्बानुमान जस्तो लाग्छ ।
सान्त रहन सिक्न माहत्मा गान्धिका बुकहरु पनि पढे । ग्रासुट्लेबलसँग भिज्न सक्ने कार्लमार्क्स का दर्शन पनि पढे । फेरी उनै हैजाहरु सित दोहोरी खेल्न पर्छ कि भनेर युद्द चिन्तन को लागि हिट्लरका किताब पनि नपढेको होइन । के गर्नु मेरो शासन कालमा अमेरिकि राट्रपती बाराक ओबामले जिते जस्तो १४ लाख डलरको “नोबेल सान्ती पुरस्कार” जित्ने रहर नभाको पनि होइन ।
किस्मत राइछ नागार्जुन बस्ने ,जोगिले झै खरानी घस्ने । बुढेस कालमाआमा लाई सुख दिन र सुख सित पाल्न पनि सकिन कठै बिचरा मेरो कर्म राजनीतिमा उताड्चडाब भए, हेराफेरी भए ,जबर्जस्ती बध भयो । सबै बुकमा उतार्छु भनेर लागे अंह सकिन । लेख्न भनेर लाग्यो मन उडेर उही नारायणहिटिमै पुग्छ । दुई सय भन्दा बढी समय कसैलाई भित्र जान नदिएर राखेको ठाउँमा माग्ने मगन्ते,भिखारी ,गरिब गुरुवा,भरिया,राजनितिक हैजाहरु सबै जान्छन भनेको सुन्दा चसक्क दु:खछ छाती ।
लियोनार्दोदा भिन्चीले जस्तो चित्र बनाउन जान्ने भा भए मोनालिसाको भन्दा राम्री महिलाको फोटो बनाएर उही फोटो हेरेर दिन काट्ने गर्थे । एउटा दुइटा गजल र गीत लेख्दैमा साहित्यकार हुँ भन्न नि भएन । राजनीतिबाट बिश्राम लिएको बेलामा ठुला ठुला किताब लेखौला भन्ने सपना बुनेको थिए । पुरा गर्न सकेको भए सेक्सपियर जि र देबकोटा जि को दाजोमा पुग्ने टेवा पुग्थ्यो । के गर्नु सपना सपना नै हुन्छ भनु भने राजा हुने सपना थियो पुरा भयो । सपनामा पुग्न त के गाह्रो हुदो राइछ र् टिक्न हुदो राइछ गाह्रो त ।
आफु राजा हुन पाउछु भनेर मैले अन गिन्ती योग्दान गरे मेरै पालामा राजा हुन त के युगै भरी नारायणहिटी छिर्न नपाउने भए भनेर मसित बोली बाराबार छ छोराको । मेरो रिसले बुहारीसँग पनि राम्रो सम्बन्ध छैन उस्क न छोराको जिन्दगी देखेर म खुशी छु, न मेरो जिन्दगीबाट म आँफै खुशी छु, न नेपाली जनताको दैनिकी र भबिस्य देखेर चित्त बुझाउने बाटो छ । मलाई कतैबाट पनि सन्तोष छैन । मत बरु मेरै बेहोराले बिग्रिए छोरो आफ्नै बेहोराले बिग्रियो । तर नेपाली जनता त निर्दोस छन । शान्ति चाहन्छन । शान्ति मिल्छ भनेर जस्ले बोलायो उस्कै आन्दोलन, आम्सभामा गुर्को लाएर जान्छन तेसैको फाईदा उठाउने मध्धे म पनि एउटा हुँ । मेरो पलामा पनि म देस भ्रमणमा भाको बेला हज्जारौ नरनारी उतारेको हुँ सडकमा । नागरिक सडकमा उतार्दैमा माग पुरा हुने भए मैले जती कस्ले उतार्यो र ? जनआन्दोलन २ नामक आन्दोलन हेर्न आउने मेरा पक्षका नागरिक पनि मिसिएछन । मैले सब उठेर आएछ्न भनेर झुक्किए । कमल थापालाई पनि त्यहा देखेर हो मैले दरबार छोडेको । नत्र मैले मेरा बल्बान प्रयोगमा ल्याउन सक्थे । म नामर्द पनि होइन राजा हुन सक्ने मान्छे ।
यस्तै हुन्छ भन्ने जानेर हो के म नेपाल छोडेर जान्न भनेको । तिमीले सधैं कहिले सिङापुर जाउ कहिले ईन्डिया जाउ ,कहिले स्विजर्ल्यान्ड जाउ भनी राख्थेउ । ठिकै भो नि नगएको । तिमीले पनि आफ्नो तोउल घटायौ । हेरत मलाई केके आरोप लगार नारायणहिटी दरबार बाट लखेटे मोराहरु मलाई लखेट्न पो सबै जाना एक झोप्पा भए जस्तो गरेका । आखिर कुर्सिको लागि त माहादेबको पनि तीन नेत्र हुँदा रहेछन । हिन्दू राष्ट्रको राजा भएर बस्न कम्ती मस्ती हुन्थ्यो त । तिमीले भुलेउ आफुले आदेस गरे पछी तारा पनि झारी दिन्थे कर्मचारीले ।
अहिलेको गणतान्त्रिक मुलुकका कर्मचारीले जस्तो कार्यालयमै चाडकन खान पर्ने स्थिती हाम्रा पालामा त थिएन । बरु उनिहरुले पुर्याएको योग्दान अनुसारको बढुवा हुन्थे न कर्मचारीको असुरक्षा महसुस भो न मन्त्रीहरुको । जनता बरु कहिले काही यत्रतत्र छरिएर बसेकाले ग्यारेन्टीका साथ भन्न सक्दिन । तर दरबार भित्र बस्ने त १००% नै सुरक्षित थिए । हाम्रा पलामा दरबारको गेटमा कहिले धर्ना भएन । कहिले बिरोध भएन । देशमा जस्तो भए पनि मेरा भरौटेहरुले सबै राम्रो छ सरकार भन्थे । देशको यस्तो हालत बनाउन त किन यि हैजाहरुलाई जिम्मा दिन पर्थ्यो र ? मेरै केटाले पनि त चलाऊथ्यो नि । मेरो सेश पछी सबै जनता भुटुटुटुट्ट भुट्ला भनेर पो गणतन्त्र को नारा बोकेका हैजालाई देशको जिम्मा लाएको । झन बिगारने भए थुक्क, च्च्च्च्च्च्च्च्च ।
भनेर चुक्चुकाउदै पत्नीसँग आत्मा आलोचना गर्दै छन होला पूर्व शासक । एस्तै हालत हुन बाट बाचौ र बचाउ । नराम्रो समाचारको सिर्शक् पात्र हुन् र बन्न न खोजौ, पारीणाम नकारात्मक हुन सक्छ ।श्याम कुमार जि सि मुस्कान फोप्ली ६बल्ली खोला प्युठान नेपाल हाल मलेशिया फोन नो ००६०१४३३१२२९३ मेल नो muskanchhetri52@yahoo.com
No comments:
Post a Comment