Monday, June 21, 2010

लेख (सपनलाई अन्तिम पत्र..shyam

--- On Fri, 5/14/10, Muskan Chhetri wrote:


From: Muskan Chhetri
Subject: Fw: लेख (सपनलाई अन्तिम पत्र...






सपनालाई अन्तिम पत्र लेख .। हाम्रो प्रेमकथा एउटा जासुसी उपन्यासको कथा जस्तै भयो भन्दै तिमी आदर्शको झुण्ड बोकेर हिंडेकी छौ |हो शहि भन्यौ तिमीले,आखिर मेरो जिन्दगीको

रङमन्चमा मायाको दम्दार अभिनय गरेर सफल अभिनेत्री बन्यौ, बधाईछ् तिमी र तिमीलाई साथ दिने अब्बल शाहयात्रा अनी अघोसित अर्धाङ मिलन भन्ने हरु लाई | जसले अरुको जिबनलाई बिछोडमा धकेलेर आफ्नो जिबन्मा मिलन ल्याउनमा सौभाग्य ठान्छ | उसै को आडमा रहेर सुन्दर सस्कर्तिको रित क्रमभङ गर्यौ | दुई कटुव सगुन र चार रुपया पैसाको सास्किर्तिक महत्वोलाई कोया खोलामा नै बगायौजिन्दगीको हरपल तिमीलाई भुल्न सक्दिन | लाग्छ तिमी मेरो जिन्दगिको कहिले निको नहुने घाऊ हौ जस्को कुनै उपचार छैन | साथ दिन्छु माया गर्छु भनेर नाटक गर्दै बिबाहको समेत निदो गर्ने तिमी नै थियौ | यता हाम्रो विवाहअको धुम्धाम तयारी हुँदै थियो उता आब्बल खेलाडिले हाम्रो कलिलो मायाको घाती निमोठी रहेको थियो | तिमी पनि त्यसैमा साथ दीइ रहेकी थियौ अनि अरुको मिठो आस्वसनको खोलामा बग्दै थियौ | हुन त आभुसण को पोको पाएपछी कलिलो माया कुल्चन कुन ठुलो कुरा भयो र ! मइले कयौ पल्ट मायाको भिख मागे तिमी सँग तर मेरो केही चलेन | चालोस पनि के तिमी भित्र त मरुभुमी जस्तो मन र पथरको मुटु रहेछ, मरुभुमिमा मुल फुटाउनु र ढुगामा फुल फुलाउन खोज्नु मिथ्या भुल थियो मेरो | त्यसैले हिजो आज दुखी छु |अबसरबादी हुनुको पनि कुनै सिमा रहेनछ तिमी सँग तिमी र म बिचको सन्बन्ध माया प्रेममा मात्रै थिएन त्यो त येउटा अघोसित दाम्पत्य जिबन थियो | तर के गर्नु तिमी सधैं आगो भएर नौनी सँग खेल्न चाहदी रहिछ्यौ, माया अँकुराउदाको पलदेखिनै अन्तरङ सम्बन्ध बाट हामी एक अर्कामा समर्पित हुँदै आएको कुरा तिमी र म भित्र मात्रै सिमित थिएन | यो सत्य हामी उभिएको समाजलाई पनि ज्ञात छ | हुँनत यस माम्लामा तिमी आधुनिक मान्छे स्वोभाबिक मादीहौली तर मइले तिमी सँगको हरेक कुरा लाई आकर्सणको रुपमा लिएको थिएन |यदी यसरी लिदो हुँ त तिमीबाट लिन बाँकी केहि पनि रहने थिएन | विवाहत एउटा औपचारिक्ता मात्रै रहने थियो | तर के गर्नु सत्य थाहा भएन , सत्य थाहा हुदो हो त कदापी तिमी सँग माया गास्ने थीइन अनी मेरो अबोध मायाको निर्मम हत्या पनि हुने थिएन | मइले मित्रताबाट पनि नराम्रो धोका पाए | के गर्नु आफ्नो भाग काटेर खुवएको साथीले मेरो जिबनको हत्य गर्दै आफ्नो पुरुसार्थ देखायो | तिमिले पनि उसैलाई साथ दियौ त्यो नै मेरो जिबनको अती जहरिलो र तितो सत्यहो | आज थाहा भयो विश्वाश गर्नु तर हद भन्दा बेसी नगर्नु भन्थ्ये ठीक रहेछ यदी सबै मानिस यसरी नै स्वर्थी हुने हो भने अब श्रीमान श्रीमतीले संगै रात नबिताए हुन्छ र आमाले बच्चालाई ढुक्कले दुध न चुसाये हुन्छ | मलाई लाग्छ तिमीहरु बिचको यो सम्बन्ध दुई दिनको मात्रै हो | यो आकर्सण हो | बैसको उताउलो छाल मात्र हो | उशले तिमीलाई कुनै पनि बेला "मरेको लासलाई जुम्राले छाडे झै" छाडी दिने छ | यो महिले उही मित्रबाट ज्ञान पाएको हुँ | उनै साथीलाई भन्न मन छ जस्को ढाडमा टेकी माथि गयौ र उसैलाई सिरमा बन्चरो हानेउ, बधाई छ तिमीलाई | आखिर मित्रताका नाममा कलँक न साबित भयौ | तिमीले मेरो खुशी खोसेर संसार जित्यौ, तिमी सुखी रहनु |

तिमी जुन कुरामा आधुनिक भएर समाजलाई चुनौती दिदै छ्यौ तर हामी उभिएको समाजले एसलाई मान्दैन, यो चुनौती आहिलेलाई थाती राखे हुन्छ | एकलो गिद्दले सुर्य छेक्न सक्तैन | हुन त म नै सोरैआना शही भिन्दिन | मेरो गल्ती भन्नुनै मित्र माथि को विश्वाश हो | अनी तिमीलाई माया गर्नु हो | तिमिले येउटा जवन सँग एउटै सिरानी हाल्दा होस् , रात बिरात सग सगै गाउ चाहर्दा होस्, एउटा अबोध बालखले देखी बोलेको नजाएज सम्बन्धको तितो कुरा किन नहोस, या त सार्वजनिक ठाउमा दुईले अङालो मर्दाको द्रिस्य होस् , उठ बस गर्ने ठाउँमा प्रदुसण नै किन नहोस् या भनौ सारा समाजले अघोसित सम्बन्धलो उपहास गर्दा नै किन नहोस् यसलाई मित्रता र मायाको उपज मानेर चासो नदीइ म मौन बसे किन कि मलाई मेरो मित्र र मेरो मायामा विश्वाश थियो यही मेरो भुल थियो | तर ख्याल गर्नु वास्तविक जिबन कुनै उपन्यास को काहानी होइन | कुनै पनि उताउला श्रीमान श्रीमितिले पनि तिमीहरु जस्तो जाही त्यही पसुले झै गाई जात्रा गर्न लाज मान्छन | आफुले माया गरेको मानेमा तिमीलाई रखवारी गर्नु मेरो कर्तब्य सम्झन्थ्ये | त्यही रखवारी गर्दा म दोसी ठहरिये | बधाई छ तिमीहरुलाई खुसि रहनु | तर येउटा कुरा भन्छु , तिमीहरुको अघोसोत मायाले भाई टिका र अरु चेली माइती को आदर्श र अस्तित्व माथि प्रश्न चिन्न नलागोस | हुन त दुधले नुहाये पनि चरित्रको दाग मेटिदैन | आफ्ना गल्ती छोपी राख्नु सबै पर्दाफास नहोस् | पेसा ले तिमी समाज सेबी हौ तर अफ्सोच भोलिका युबतिलाई पनि यस्तै बाटो देखायौ भने समाजले उल्टो आसिर्बचन दिने छ र तिमी काहिकी रहने छैनौ | आब फेरी कसैलाई भगेरे मायाजालको चंगुलमा फसाएर म जस्तै बैरागी पनि नबनाउनु | सक्छ्यौ भने त्यो सुन्दर खोल भित्रको कुरुप चरित्र बाहिर नआउँदै शही राहमा आउ, नारी हुनुलाई दूरुपयोग नगर ताकी तिमी जस्ताको व्यबहारले संसार हल्लाउन उठेका जुझारु नरिहरुको भाबनामा ठेस नलागोस | "नारी हुनु भनेको सुन्दरताको खोल ओडेर स्वर्थी मायाको जालमा सतित्वोको दाउ थाप्नु होइन" | बर्तमानको तिमीले दिएको तितो

तितको नाताले यती भने | फेरी माया भन्ने कुर प्रशाद जस्तो बाड्दै हिंड्ने कुरा पनि होइन | हो तिमी अहिले नयाँ संसारमा रमाएकी छ्यौ तर मलाई तिमीले दिएको चोटले नरामरी बिसाइ रहेछ | तर पनि बाँच्न बिबस छु के गर्नु जानी जानी ज्यान फल्न पनि नसकिदो रहेछ त ! आफ्नै भाग्यलाई दोस लगाउदै मन बुझाई रहेछु |









लेख्दै जानेहो भने हम्रो काहानीले येउटा उपन्यास नै बन्छ | सबै कुराहरु मनमानै छन | बाटो फरक भये पनि सम्झनाले छाया जस्तै पछ्याइरहेछ | जिबनपथबाट बिचलित नबनु ,तिमी मबाट नभागे हुन्छ यो गोलो धरातलमा भेट त कती हुन्छ कती, तिमीपर्ती मेरो कुनै पुर्बाग्रह छैन | तिमी मेरो पहिलो मायाहौ | आरु के लेखौ र ।। श्याम कुमार जि सी मुस्कान फोप्ली ६बल्ली खोला प्युठान हाल मलेशिया फोन ०१४३३१२२९३ e maile muskanchhetri52@yahoo.com

No comments:

Post a Comment