Friday, June 25, 2010

त्यो रातको अँधेरिमा


त्यो रातको अँधेरिमा

दियालो झैँ बलेको थिएँ , त्यो रातको अँधेरिमा |
आत्मा भित्रै जलेको थिएँ, त्यो रातको अँधेरिमा ||

के-के गरे के-के गर्यौ बैँसालु त्यो मात लाग्दा |
निकै सारै गलेको थिएँ, त्यो रातको अँधेरिमा ||

तिमी पनि जिस्किएथ्यौ रहर पुरा हुँदा सम्म |
म पनि त चलेको थिएँ, त्यो रातको अँधेरिमा ||

तप्प-तप्प तप्के पछी मायालु ति शीत बिन्दू |
बर्को वोडी छलेको थिएँ, त्यो रातको अँधेरिमा ||

आज किन टाढा भयौ बिर्सिएर "कोपिला" लाई ?
त्यहिँ काखमा धलेको थिएँ, त्यो रातको अँधेरिमा
श्याम कुमार जि;सी मुस्कान
प्युठान नेपाल हाल :मलेसिया

No comments:

Post a Comment