
असफलता नै मेरो सफलता,श्याम मुस्कान जि सि "अन्जान'
आफूले बाँचेको जीवनलाई पछाडि हेर्दा देख्दछु पचास वर्षका लामा असफल वर्षका रेलका डिब्बाहरु । मलाई लाग्छ म असफलताको पुँज हुँ । असफलता नै मेरो प्राप्ति हो । असफलता मै म रमाउँछु असफलतामै म हाँस्छु असफलतामै म नाच्छु असफलता मै जीवनलाई सफल ठान्छु । असफलता नै मेरो सफलता । प्राप्ति । पुरस्कार ।
असफल मानिस रुन्छन । डाँको छोड्छन् । लडिबुडि पनि गर्छन् । सुँकसुँकाउँछन् । हिक्हिकाउँछन् । तर म असफलताको पोखरीमा मजाले पौडिरहेको हुन्छु । कति आनन्द छ यो असफलतामा जसको इश्र्या गर्ने कोही हुँदैनन् । असफल हुनेको पछि लागेर खुट्टा तान्ने कोही भेटिदैनन् र असफलतालाई पछार्न कोही अघि सर्दैन । असफल हुनुको मजा यसैमा त छ । सफल हुनेहरुको खुट्टा तान्ने मर्काउने भाँचिदिने खाल्डो खन्ने बाढी अघि लगाइदिनेहरु तँछाड मँछाड गरिरहेका हुन्छन् । म असफल भएकाले ढुक्क थिएँ ।
त्यो त मेरो भ्रम रहेछ । मेरो असफलताको पनि इश्र्या्र गर्ने महामानव पनि भेटें मैले । यो मेरो सफलता हो कि असफलता खुटटयाउन सकिरहेको छैन । दुई वर्ष अघि म एउटा संस्थाको अपाङ्ग च्याप्टरको अध्यक्ष पदमा थिएँ । पहिलो पल्ट अध्यक्ष भैखाएको उन्मादमा मैले भाषण ठोकिदिँए भानुजयन्तीको अवसर पारेर आगामी २ वर्षमा हामी भानुभक्तको शालिक स्थापना गरिदिन्छौं । मेरो त्यो भाषणले ताली पनि पायो । म गदगद भएँ । हामी सबै मिलेर भानुभक्तको सालिक स्थापना गर्न सकिएला भन्ने सोचेको थिएँ । भानुभक्त मेरो बाजे बराजु थिएनन् । मामा सुसरा थिएनन् । ससुरालीतिरबाट पनि नाता पर्दैनथ्यो । उनी त नेपाली भाषाका आदिकवि थिए । सबै नेपालीका नेपाली आदिकवि थिए । उनको सालिक ठडिए सबैको शिर ठाडो हुन्थ्यो । उनको सालिक ठडिए सबैको स्वाभिमान उँचो हुन्थ्यो । मेरो नेतृत्वमा भए पनि भानुभक्तसँगै मेरो शालिक राख्ने प्रस्ताव थिएन भानुभक्तकै शालिक राख्ने प्रस्ताव थियो । तर म सफल हुँला भनेर थरथर कामेर घ्याम्पोमा लुक्न जालान् भन्ने मैले सोचेको थिईन न त घ्याम्पोबाट निस्केर कसैले लौ भानुभक्तको सालिक ठडयाउँछु भन्थिस् गरिस् खुव भनेर भन्लान भन्ने थियो। हो भानुभक्तको सालिक ठडयाउनु पर्छ भनेर अगुवा हुन खोज्ने म थिएँ । म हुँ । तर नेपाली सबैका भानुभक्तको सालिक नठडिँदा म त असफल भएं भएँ खुच्चिङ गर्ने सबै पनि असफल भएका हुन् । भानुभक्तको सालिक बनाउँ भन्नु भन्दा अघि पनि असफल नै हुँ र असफलतामै रमाइ रहेछु । तर मलाई असफल भइस् भनेर आफैं असफल हुनेहरु पनि रमाइरहेका छन त मान्छेहरु एउटा पदको टीकोले जीवन सार्थक भएको ठान्छन् । आफैंले बनाएको बालुवाको दरवारको मालिक भएको गर्व पालेर गौरवशाली भएको ठान्छन । आफूले आफैंलाई महान ठानेर भईंमा खुट्टा टेक्दैनन् । महान प्रतिभासँग बोल्न पाएं भनेर उनीहरुकै समकक्षी भएको कुरुप महत्वाकाँक्षा पाल्छन् । अरुले नगने पनि गन्तीमा आफैं प्रथम मान्दछन् । त्यो सफल असफलता देखेर म मरीमरी हाँस्छु । किनभने असफलता सफल भएको भ्रमले उनीहरु भ्यागुतो झैं फुल्छन । तर आफू त असफलता लाई नै सफलता मानेर रमाउने बानी परेकोले न त असफलताले तिक्तता ल्याउँछ न त तथाकथित सफलताले नै उन्मादका लहरहरु ल्याउँछन् ।
नेपाली साहित्यको चारकोसे झाडीमा ३५ वर्ष देखि विचरण गर्दा रंकदेखि राजासम्म कनिष्ठदेखि वरिष्ठसम्म साधारणदेखि महानसम्म बेपदका देखि ओहदावालसम्मका सँग सँगत बस उठ हाँसखेल सम्पर्क सम्वाद गर्दा गर्दा त्यसको मद र मात त कपुर झैं हावामा उडिसकेछ । त्यो वतासमा उडेको कपुर समातेर मैले बाँच्नु पर्ने चिन्नु पर्ने चिनाउनु पर्ने परिचयको सिलसिला बनाउनु पर्ने न कहिले आवश्यकता पर्यो न कहिल्यै पर्ने देख्दछु । आजसम्म नपरे पछि अब कहिल्यै नपर्ला नै । पुड्को मान्छेले दुनियाँ पुड्को देख्छ । त्यो उसको देख्ने दृष्टि उसैले परिवर्तन गरेमात्र परिवर्तन हुनसक्छ अरु कसैले परिवर्तन गर्न खोजेर हुँदैन । बौद्धिक दरिद्रहरु सबैलाई दरिद्र देख्दछन् र आफूजस्तै भिखारी होलान् भन्ने भन्ठान्छन् । कुनै साइनबोर्डमा नाम टाँसेर म पनि नामवाला हुँ भन्ने भ्रम पाल्नेहरु शिलालेखमा नाम लेखिसकेकाहरुलाई पनि आफूभन्दा कमसल र कमजोर ठान्ने महानताबाट च्यूत हुन चाहँदैनन् र भनिदिन्छन् साइनबोर्डमा नाम लेखाएर महान हुन खोज्यो । जव कि यथार्थ त्यो भन्दा अत्यन्त विपरित र कल्पनातीत हुन सक्दछ ।
बेलाबेलामा मलाई मेरो परिवारका सदस्यहरु भन्छन् साहित्य भनेर खूव मरिमेट्छन् ठूला ठूला पुरस्कार तिमीभन्दा कनिष्ठले पाइसके । तँ असफल भइस् । म हाँस्दछु । मैले पुरस्कारको लागि लेखेकै होईन लेखेको कारणले पुरस्कार पाइन्छ भने पाउनु पर्छ भन्छु पर्दैन भन्दिन । मेरो सरोकार पुरस्कृत भएर सफल हुनु होइन । मेरो अभिष्ट लेखन हो । लेखन नै मेरो सफलता हो । तर लेखेर मात्र निस्तो हुनुलाई असफल मान्दछन् भने म असफल हुँ मेरो दुख त्योसँग गाँसिन्न । म भानुभक्तको सालिक ठडियोस् भन्छु । हातमा हात मिलाएर भानुभक्तको सालिक ठड्याउँ । यो गैर नेपाली भाषी मुलुकमा शिर ठाडै पारौं भन्दा मलाई असफल बनाउन असहयोगका हात बढाउनेहरु भानुभक्तको सालिक खुव ठड्याइस तँ असफल भइस् भन्छन् भने म खुशी नभए पनि दुःखी भएर आँसु झार्दिन रुँदिन लडिबुडि गर्दिन । किनभने त्यो असफलता मेरो मात्र होइन । त्यो असफलताको भाग मेरो मात्र होइन । भानुभक्त मेरो मात्र होइन । नेपाली भाषा मेरो मात्र होइन । रामायण मेरो मात्र होइन । सिङ्गो राष्ट्र नेपाल मेरो मात्र होइन । नेपाली जातीको सिङगो परिचान मेरो मात्र होइन ।
म त केवल निमित्त मात्र हुँ । म निमित्त मात्र भएर असफलताको असारे पानीले निथु्रक्क छु । असफलताको पसिनाले लफ्रक्क छु । असफलताको संगीतले मेरो कान झङ्कृत भइरहेछ । म असफलताको पुाज हुँ । म असफलताकॊ अनुगुँज हुँ । म असफलतामै रमाउँछु हाँस्छु ओतप्रोत हुन्छु । मलाई असफल भनेर तिमी सफल हुन्नौ मित्र । तिम्रो उर्जा मेरो असफलताको गीत गाएर खेर नफाल । अस्तु । किमधिकमम् । जय होस ।
।।। श्याम मुस्कान जि सि प्युठान नेपाल हाल मलेशिया
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874