Saturday, August 21, 2010

कविता - "यस्तैछ जिन्दगि।


o.1)कविता - "यस्तैछ जिन्दगि। श्याम कुमार जि सी(मुस्कन)
गन्तब्य बिहिन यात्रामा दौडने जिन्दगि
समयको गति सँगै बगी रहेछ |
एउटा काल्पनिक सायरी भो यो जिन्दगि
कल्पना मै कहाँ कहाँ हराई रहेछ |
मिर्त्युलाई काखी च्यापेर हिडेको यो जिन्दगी
आशाको भुमरीमा लुछातानी गरि रहेछ |
खान र लाउन मै सन्तोस नमान्ने यो जिन्दगी
विलाशी महल पो ताकी रहेछ |
कहिलै सान्त बस्न नसक्ने यो जिन्दगी
अरुलाई पछाडी लगाउन भौतारी रहेछ |
मस्तिस्क भरि चाहनाको भारी बोकेको यो जिन्दगी
आवश्क्ताको खाडल कहिलै नभरिदो रहेछ |
पैसाका लागि मानवता बिर्सने यो जिन्दगी
खोइ किन हो किन खुब दुख गरि रहेछ |
नाट्य मन्चको नाटक पत्र जस्तो यो जिन्दगी
हरेक दिन फरक फरक नाटक खेली रहेछ |
आफ्नै स्वार्थको पछी घुम्ने यो जिन्दगी
डाँडा माथिको घाम झैँ भएको छ |
तर पनि लोभका दियाहरु जलाई रहेछ |
आर्काको अगी आफुलाई झल्काई रहेछ |
आफ्नो हितका अलवा नहेर्ने यो जिन्दगी
सम्पतिका पछी बेसुरा भौतारी रहेछ |.
.........
........
जल
जहिले नि तिमीलाई भेट्न मन लाग्छ
भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ

एकै छिन नदेखे मा मनै पोल्न थाल्छ
आँखै भारि तिमीलाई देख्न मन लाग्छ

संगै हुँदा कुरा कानी गरि बस्थ्यौ हामी
साथ छुट्दा खेरि पत्र लेख्न मन लाग्छ

अंगालो मै बाँधि राख्छु सयौ जूनी भरि
छुट्नु पर्दा तिम्रै बाटो छेक्न मन लाग्छ

जहिले नि तिमीलाई भेट्न मन लाग्छ
भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ..
श्याम मुस्कान जि सी
फोप्ली ६बल्ली खोला प्युठान नेपाल
...........
.........
गीत - "असार साउनको भेल। श्याम मुस्कान जि सी
असार साउनको भेलसङगै हली बनी गाउघरमानै जम्न मन लाग्यो ।
भदौ असोजको धान र कोदोका झुलेका बाला सँग रम्न मन लाग्यो ।
किन? हेर्नमन लाग्यो मलाई धौलागिरी, अन्नपूर्ण, निलगिरी र हासेको ।
कोइलिको मधुरो आवाजमा डाफे मुनाल कस्तुरी मग्नमुघ्नभै नाचेको ।

हेर्न मन लाग्यो मलाई चाप,गुरास र सुनखरी धकमक्क फुलेको ।
अनी दसैं तिहारको रमाझम सँगइ धानको बाला लहलह झुलेको ।
हेर्न मन लाग्यो मलाई उनी सजियकी गुन्युचोली फरियामा ।।
फर्की आउछु मुग्लानबाट बरु जिबन बिताउला है सानु भरियामा
सम्झिदै बसेका छौ । उहि कलकल बग्ने झरना छागा छहरा ।।
बर्षा यामको पानीले हरियाली भयहोला पारीभिर पाखा पहरा ।।
गाई भैंसी चराआउँदै घुम्न मनलाग्यो त्यो हरियाली डाडापाखामा।
मनको बेदना सुनाइ हिडथेउ हामी बासुरिको सुरिलो भाकामा ।।

हाम्रो गाउघरमा पानी दिनेपनी कोही भयननरे सानी बिमार पर्दा ।।
देखेर पनि नदेखेझै गरेअरे तल्लाघरे सानोबाबु बार्तलिबाट झर्दा ।।
अब म सक्दिन होला मुग्लानको खाडीमा मुटु जलायर बस्नलाई ।।
कहिले सम्म वाध्य हुन पर्छ हामी नेपाली मुग्लानपारी पस्नलाई ।
असार साउनअको भेलसङगै हली बनी गाउघरमानै जम्न मन लाग्यो ।
भदौ असोजको धान र कोदोका झुलेका बाला सँग रम्न मन लाग्यो....
...............
...
गजल

जिन्दगीका सारा खुशी त्याग्दै आएको छु
तिम्ले माया गर्छौ भन्ने सुइको पाएको छु

थाहा छैन भाउ खोज्छौ किन जानी जानी
अधर्मि झै नबनभो मैले कसम खाएको छु

अरु लाई पिडा दीई आफु सुख नरोज भो
संसार नै बिर्सिएर निस्चल प्रिती लाएको छु

झट्ट सोच्छु कतै गल्ती गरेछु कि भनी
विश्वाश धेरै गर्दा मैले ठक्कर् खाएकोछु

जिन्दगीका सारा खुशी त्याग्दै आएको छु
तिम्ले माया गर्छौ भन्ने सुइको पाएको छु
....................
...............
कबिता

ए हावा !नबगीदेउ तिमी त्यसरी बेगले
टिलपिल आशु मेरो आखाबाट खस्छ
र, म रोएको भन्छन मान्छेहरुले ।

ए झरी ! नपरी देउ तिमी त्यसरी जोडले
परेलीमाथी थोपा जम्छन,
नयन झिम्क्याइसगै झर्छन
र ,म रोएको भन्छन् मान्छेहरुले ।

ए साझ ! नपरी देउ रात छिटो गतीमा
सुन्दर सपना देखछु अधेरीमा
मेरो वास्तविकता सपना जस्तो होईन
र, म रोएको देख्छन बिपनामा मान्छेहरुले ।

ए !काडा नतेर्सी देउ मेरा बाटाहरुमा
पछौरीसगै सिंगो वस्त्र अल्झियो भने
कोमल मनमा च्वाश बिज्छ
र, मलाई सर्वाङै देख्छन दोशी आँखाहरुले।

ए चन्द्र! नउदाइ देउ टुक्राहरुले
तिम्रो टुक्रे उदाइमा म जति पूर्ण भएपनि मलाई हेरे भने,
धुजा धुजा हिर्दय र आत्माहरु मात्र देखने मान्छेहरु
धर्तीका पाटाहरुमा छरीएकाछन
र, मलाई सधैं टुक्रिएको देख्छन् मान्छेहरुले ।

ए हावा !नछाइदेउ त्यसरी बेगले
उज्यालो वातावरण धमिलिन्छ
अध्यारो मौसममा मुस्कान छरे पनि
खुशी मुहार कसैले देख्दैन
र, मलाई बेखुसी देख्छ्न मान्छेहरुले ।
ए खोला ! नबगी देउ त्यसरी छालले
निस्चल मन मस्तीशकबाट
स्थीर तन मेरो ह्रिदयबाट
छ-छल्किन्छ बाटै भरी
र,मलाई बेहोशी देख्छन मान्छेहरुले ।.
.............
....
गीत
गीत
पसिना जहाँ बगाएँ पनि रगत नेपाल मै बगाउँछु
नेपाली हुँ म नेपाल कै हितमा आफूलाई लगाउँछु

तिमीले त धेरै कामना गर्‍यौ मैले थोरै प्रगती गरे
स्वीकारेर तिम्रा कामनाहरुलाई म सात समुन्द्र तरे

तर बिर्सेकी छुँइन आफ्नो जन्मभूमी र आफन्तलाई
मुटु चर्कन्छ सम्झिन्छु जब म खेलेको आँगनलाई

कुकर्मभूली सुकर्मको धुन नेपाली भूमीमै गुञ्जाउँछु
जति बटुल्न सक्छु म ज्ञानलाई सुमार्ग मै लगाउँछु

वीर थिएँ मेरा पुर्खा म तिनै वीरपर्खाकी सन्तान हुँ
घटेको छैंन अदम्मे शक्ति किनकी म वीर नेपाली हुँ

पसिना जहाँ बगाएँ पनि रगत नेपाल मै बगाउँछु
नेपाललाई मेरो खाँचो परें म आफ्नै शिर चढाउँछु
श्याम मुस्कान जि सी अन्जान
फोप्ली ६बल्ली खोला प्युठान नेपाल
हाल मलेशिया ..
........
............
कविता

हे आमा म त आए परदेसी ठाउँमा फर्कन्छु छिट्टै भनेर ।
दिन रात रुदै बसी होलिन आमा मेरै दिन गनेर ।।
नहेर्नु हे आमा थोर्गा को डाँडामा आयो को छोरा भनी ।
म आउन पाउदिन यो दसै तिहार नबस्नु दिन गनी ।।

आमा ले भन्नुहुन्थ्यो पुगेर ठाउँमा चिट्ठी लेख्नु है घर ।
आउँदैनौ बाबु जबसम्म फर्केर रुदै बस्नी हो अब ।।
छन तिम्रा साथीहरु जम्मा भएर गर्छन् रमाइलो कती ।
किन हो नआउनी हे बाबु तिमीले घरै भुलेको हो कि ।।

आउछन रमाइला चाड पर्ब हरु हुन्छ नराम्रो मन ।
लाग्दैन रमाइलो तिमी नहुँदा सम्झेर रात दिन ।।
सुक्यो ज्यान मेरो रोयर रातदिन चेहरा बदली गयो।
चिन्ता लिदा लिदै बिदेश मै यहाँ आधा जिबन गै गयो
.....
...
गीत"
मलाई जस्तो पिर व्यथा
अरु कसलाई होला,
बग्छ आँशु आँखाबाट
जस्तै कालीखोला ...
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2

जब साँझ ढल्ने गर्छ
काली रातलाई
आँशु पुच्छ्न फुर्सद छैन
मेरो ई हातलाई..
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2

आज भन्दा भोलि खुशी
हुनी आशमा,
परिणत भयो मेरो जिबन
जिउंदै लासमा ..
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !!)
.........
............
कविता

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि
पसिनाको धाराले नहर निकाल्न
झुपडीको अध्यारोमा दीप सल्काउन
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।

पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ
आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न
फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग
हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ
लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।

परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।.....
.......
....
कविता - "चारकोसे झाडीको निर्जन पथमा हराउँछु)
चारकोसे झाडीको निर्जन पथमा हराउँछु

हिमाल झरना अनि छहराहरुमा रमाउँछु ।

सौन्दर्यताको बारेमा सोचमग्न हुन्छु

प्रकृतिको बारेमा केही लेख्ने प्रयास गर्छु ।

तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ॥

त्यसपछि खुइय्य गर्दै सुस्केरा हाल्छु

अनि पहाड पर्वतहरुको शयर गर्छु ।
नदीनालाहरुको छाल देख्छु अनि

त्यै छालको चालसँगै बग्ने प्रयास गर्छु ।

तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ॥

यो दिलले एकान्तपन चाहेको आभास पाउँछु

ताल तलैया र देउराली भाज्याङ्गको एकल यात्रा गर्छु तालको चिसो हावा अनि

वरपीपलको छहारीको आश्रय लिन्छु

कापी र कलमको सँयोग गराउँन खोज्छु ।

तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ।अग्रज सर्जकहरुको इतिहासका पानाहरु पल्टाउँछु ।
अधिकांशले तिनै चीजको बारेमा लेखेका छन्

आफ्नो भावनाको कलमले प्रकृतिको बयान गरेका छन् ।

आफ्ना अमूल्य कृतिले दुनिया चकित पारेका छन् ।

तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ।

एकछिन घोत्लिन्छु थकित अनुहार लिएर

आदीकवि महाकवि आशुकवि र युगकविको नजर लिएर सोचमग्न हुन्छु चारपाइको शैय्यामा बसेर

यो कस्तो बिडम्बना !

एकाएक मेरो सामु सिि¢चरणको आगमन हुन्छ ।

परिचयको साथमा उहाँ युगकवि भएको जानकारी हुन्छ ।

एकैक्षण साहित्यिक भलाकुसारी गरी मसँग विदा भए

साहित्य सिर्जना गर्न अभिप्रेरित गर्दै टाढा गए ।
अचानक

चिडियाहरुको कलरव यी कर्णहरुमा चिर्विराउँछ
झल्याँस्स हुन्छु

नयनको चादररुपी परेली बिस्तारै खुल्छन् ।

अनि एकान्त कोठामा नजर सल्बलाउँछन् ।

मेरो हातको कलमले मसँगै जमीनमा विश्राम लिएछकापीको पानामा स्याही सबै चुहेर लत्पतिएछ ।

अनि पो बल्ल थाहा भो !

मेरो कविता लेख्ने अभीप्सा पिन

अनायास तन्द्रामै लीन भएछ ।

आधुनिक युगकवि बन्ने अभीप्सा मेरो

खै ! अब त साइत जुर्दैन क्यार !

हो ! अब कहिल्यै साइत जुर्दैन ।
तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ।

फेरि पनि यो खोटो दिमागमा कविताको इच्छा मर्दैन ।

आधुनिक युगकवि बन्ने अभीप्सा मेरो

हो ! यो इच्छा कहिल्यै नि मर्दैन ।

यो इच्छा कहिल्यै मर्दैन ॥
......
.............
गजल

यो छातीलाई सधैं मुड्की हान्दै बाँचेको छु
तिम्रो लागि अन्तिम प्राण धान्दै बाँचेको छु

तिम्रो यादको भल-बाढी मनमा मिसिएर
यो जीवनमा रगत-आँशु छान्दै बाँचेको छु

खिल पल्टेका काँडाहरु झिकीदिने नभएर
यो मुटुलाई तिखो भाला हान्दै बाँचेको छु

काटे-मारे जे गरे'नि भावबिहीन भएर म
आज आफ्नो जिउँदो लाश तान्दै बाँचेको छु

दु:खसँग डराएर भागिरहेका हाँसो-खुशी
एक दिन त पाउँछु भन्ने ठान्दै बाँचेको छु
.......
........
उमेर गयो"

उमेर ढल्केयो बैसा गयो
आउन थाल्यो दारी,
सपनाकी राजकुमारी
सधै पारि पारि !
आउछन सबै देखाउछन
बाचा कसम झुट्टा
सानै छ लाग्थ्यो उमेर
भैसकेछ बुढा !!
न त के नै गर्न सके
न त बिहे नै गरे
दिन गएछ बल्ल थाहा भो
पर्नु पिरमा परे
रचनाकर : श्याम मुस्कान क्षत्री (अन्जान)
फोप्ली ६बल्ले खोला प्युठान नेपाल
फोन :००९७७९८४७८९५३९३
इमैल :muskanchhetrai52@yahoo.com

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete