Saturday, July 10, 2010

श्याम मुस्कान का गजल कबिता हरु >।।

"जिन्दगी को गोरेटोमा"


जिन्दगी को गोरेटो मा मैले तिम्रो हात रोजेँ
सुख दु:ख जिउन लाई स्त्री भन्ने जात रोजेँ

कहाँ पोखु बह हरु कहाँ पोखु बेदना नै
त्यही मन भुलाउन तिम्रो मिठो बात रोजेँ

डाकि डाकि बोलाउन डर लाग्छ पराई को
ईशारा ले बोलाउन पिपल को पात रोजेँ

दिन बित्छ जसोतसो गार्हो हुन्छ राति एक्लै
सार्हो गार्हो हटाउन रंगिन यो रात रोजेँ

जिन्दगी को गोरेटो मा मैले तिम्रो हात रोजेँ
सुख दु:ख जिउन लाई स्त्री भन्ने जात रोजेँ
2....

ओइलियको फूल

चुहियो हजुर खरको छानो भित्रै आयो पानी
भोकै भयनि आफ्नै घरमा ओत लागेको बानी

सानि रुन्छे मध्यरातमा घाँटी तानितानी
ठुलि भन्छे लौन आमा हामि कहाँ जानी?

मेरो हालत के बताउँ खै! आमा भन्छिन पानी
देख्न पाइनन ओभानो खै यि आँखाका नानी

कहिले सम्म हो र बिदेस कसका लागि होला?
तपाइँ आय पुग्छ मलाई खालि भा नि झोला

धन पैसाको आसै मर्यो न त सुनका तोला
यती कठोर भाग्य भाको म नै एउटा होला

आँधा जीवन पिरै पिरमा बाँकि भाको भिरमा
ओइलियको फूल टिपी के लागाउं र शिरमा
3....
म नेपाल प्रति गर्ब गर्छु"
सय तल्ल अग्लो यहाँ को टावर भन्दा
मेरो नेपालको ९ तल्ल धारहरै राम्रो,
समतल मरु भुमि यहाँको जमिन भन्दा
मेरो देशको भिर पहारै राम्रो !
ठुला ठुला समुन्द्रका छाल भन्दा
मेरो देश को छाहरै राम्रो ,
बनाउटी रम झम यहाँ को सुगंदा भन्दा
मेरो देशको प्राकृतिक सुन्दर बाहारै राम्रो !!
चिल्ला कालो सिस्सा वल्ला यहाँ को गाडी भन्दा
मेरो देशको टिन पांग्रे ट्यम्पुई राम्रो
कृतिम चिसो बनौनी यहाको फ्रिज भन्दा
मेरो देशको चिसो पानि राख्ने
माटोको ग्यामपोई राम्रो....
4.......
गज़ल - तिमी !

कसमजति पिलाएर, अन्तै साइनो जोड्ने तिमी !
साथदिने बाचागरि, दोबाटोमै छोड्ने तिमी !!

जिवनका सुख दुख, बराबरी बाडौ भन्दा
खुसीहरू काखीच्यापी, मन्को नाता तोड्ने तिमी

हिजो भन्थ्यौ क्याक्टसमा, फुल मैले फुलाउछु
दौलत देख्दा आँखा भरि, अर्कै फुल गोड्ने तिमी

गोधुलिले लालीछर्दा , सिउँदो तिम्रो भर्छु भन्थेँ
आधारात नहुँदानै, अन्तै आँखा मोड्ने तिमी

आँसु पिई बाँचेकैछु, नसोध भो के छ भनि
किन चासो रख्छ्यौ फेरी, पराइ घुम्टो ओड्ने तिमी
5......
कविता




मानिस कोही विलक्षण अति प्रतिभाशाली
मानिसको संख्या कति ? छैन कतै खाली
छन् कोही मानिस यहां अरबौं रूपैंयाका धनी
कोही जुठेल्नाका विचरा सिता टिपेर खानी

कोही छन् गरीव मांग्ने यहां चोर्ने ढांट्ने मार्ने
छैन ईलाज त्यसको दुनियामा राष्ट्रले के गर्ने
मानिस भए शिकारी अत्याचारी मनपरी
हटेन बदमाशी दुनियाबाट हट्दैन कसैगरी

धनी र गरीवको फासला खाडल ठूलो वेसरी
जोड्छन् सम्पत्ति कति कोही छैनन् अजम्बरी
बन्न सिक सज्जन हो पढेर वाह्र खरी
राम्रो काम गरेर नाम राख जिन्दगीभरी
6.......
गजल
मान्छे के भन्नु मपाइत्बले सिमा नागे पछी
सग्घर्स देखी डराउदै कुलेलाम भागे पछी

मजबुत अडिक सधैं को नै हुन सक्छ र यहाँ
जो कोही लड्छ बाटोमा झुक्काइ खुट्टा टागे पछी

आफ्नै हिम्मत पौरखले जिउन सिक तिमी
जुठो चिज मात्रै मिल्छ दिन रातै मागे पछी

आफ्नो मान मर्यादा सधैं सधैं जोगाइ राख
धुन गाह्रो पर्छ इज्वतमा दाग लागे पछी

मध्य रातमा सुतेको बेला गला रेटे हुन्छ
नत्र तिमीलाई खतरा खिलाफी जागे पछी
।।श्याम कुमार क्षत्री मुस्कान
फोप्ली ६बल्ली खोला प्युठान
हाल मलेशिया फोन ००६०१४३३१२२९३
ईमेल muskanchhetri52@yahoo.com

No comments:

Post a Comment