Saturday, January 22, 2011

लघु कथा - "गरीबी घृणा होईन एउटा पाठशाला हो बुझ्नेलाई" - श्याम मुस्कान जि सि


लघु कथा - "गरीबी घृणा होईन एउटा पाठशाला हो बुझ्नेलाई" - श्याम मुस्कान जि सि
दशैको चहलपहल चारैतिर बडेको छ। तर नहुनेको घरमा बिहानबेलुकी छाकटारनपनि मुश्किल छ । एतीकैमा एउटा अबोध शिशुको मायालु आवाज आमा मलाई भोकलाग्यो!भर्खर बोली फूटेको दुधे बालक गोमाको छोराको भोकको पिँडा आमाको काखमा लुटपुटिदै एकाएक पोखिन्छन। अनी गोमा आफ्नो छोराको टाउँको मुसार्दै भन्छे पख्न तेरा बुवा आउँदै होलान चामललिएर बाटोमा। गोमा आफ्नो भर्खर बोली फूटेको छोरालाई भन्छे। गोमाको श्रीमान मनोहरी चामल किनेरल्याउँछु भनेर पसलतिर लागेको २ घण्टा भयो अझै पत्तोअत्तो थिएन। भातकोलागि बसाएको तातोपानी आगो निभेर त्यहानै जीमलेर गयो।हरे शिव दु:खीको जिन्दगी ।

जन्मलिनु एउटा अभिसाप'नै रहेछ। लामालामा सुस्केरा काँडदै गोमा छोरालाई काखमा च्यापेर आफ्नो छाती चूसाएर भएपनी चूप बनाउँछे। बिचरा दुधे बालक भोकले आलसतालास भएको शरीर थाकेर निधाउँछ। अनी गोमा आफ्नो निदाएको छोरालाई काखबाट झारेर भूईमा एउटा थाङ्ना ओछाएर सुताउँछे। र श्रीमानको खोजिमा के सङ्घार काटेकी हुन्छे। नजिकै घरको छिमेकी आत्तिर कराउँदै उहितिर आउँदैथ्यो। भाउँजू-भाउँजू मनोहरी दाईलाई सडक काटदैगर्दा एउटा बसले ठक्कर दिएछ।दाई'त बाटोमा लडिरहनुभएको छ। गोमाको हात खुट्टा लगलग काम्दै दगुरेर जान्छे। त्यहा पुग्दा धेरै मान्छेले आफ्नो श्रीमानलाई घेरिरहेको पाउँछे। चिच्चाउँछे कराउँछे तर अब मनोहरी यो संसारमा थिएन। कोसँग फिर्ता माग्नु गोमाले यो संसार छोडेरगएको उस्को श्रीमान। अब कहिले नआउँनेगरी गयो। मनोहरी गोमालाई छोराको सबै सपना पूरा गर है भनेर। गोमा पनि सकिनसकी हुन्छ भन्ने बाँचागर्दै श्रीमानलाई बिदागर्छे। त्यस्पछी गोमा छोरालाई बोकेर मान्छेको घर-घर काम पाईन्छ हजूर भन्दै सोध्दै हिड्छे। जहाँ पुग्थी उस्को कल्कलाउँदो जवानी नै सबैको आँखी बन्थ्यो।र कामको साटो उस्ले सबैको मुखको तितो मुटु छेडने बँचन शिवाए केही पाउँदिनथी ।
गोमालाई त्यो सबैको तितो शब्दले अझै बाँच्ने साहास दिलाउँथ्यो। गोमा पढेलेखेकी नभएपनी सानामा बुडापाकाले भनेको कुरा यदाकदा अझै उस्को मस्तिष्कमा ज्युदै थिएँ। हामीले जस्तै सुकै दु:खमापनि हरेश खानुहुँदैन भन्ने कुराको गोमालाई हेक्काथ्यो। यसरी डुलेको धेरै दिनसम्मपनी गोमाले काम नपाएपछी एउटा निधो गर्छे र खोलाको छेउँमा गएर एउटा बोराको पाल टाँगेर बस्ने बिचार गर्छे।जहाँ अरु उजस्तै दुखी धेरै थिएँ। ऊ पनि आज त्यहा थपिएर अरु सरह गीट्टी कुट्ने काम थालछे। आखिर जसरी भएपनी बाँच्नुथ्यो उस्ले-उस्को छोराकोलागी चुटिएको मनलाई सिलाएर। ऊ आमा भएको कारणले होला!उस्लाई-उस्को छोरो जवान भएको हेर्ने रहरथ्यो। चाहे गोमाले जुन किसिमको सङ्कट्को सामाना किन गर्नु नपरोस!यसरी नै आज १८ बसन्त पारगरिछे गोमाले खोलाको कीनाररुघेर आज उस्को छोराले आमाको दु:खको मिठो उपहार उस्को हातामा ल्याएर दिएको छ। गोमाको छोराले अब बिना शूक्ल पढ्ने शुभअब्सर प्राप्तगरेर पढ्ने मौका पाएको छ। गोमाको लागि यो भन्दा खुशीको क्षण के हुनसक्छ। आज गोमा धेरै खुशी छे उस्ले जिवनभरी सहेका सारा दु:खको फल पाएकी छे। गोमालाई आज यस्तो लागीरहेको छ, ऊ भन्दा जीवनमा खुशी र सुखी मान्छे कोही छैन यो संसारमा. हो पनि जस्ले महसुस गर्न सक्छ उहिनै खुशी र सुखी हुनसक्छ। धनले मान्छे कदापी खुशी हुनसक्दैन लोभिभने पक्कै हुनसक्छ। होला धनले केही ईच्छा र आकांक्षाहरु पूरा गर्छ। तर मनको पूर्णता कदाबी पूरा गर्नसक्दैन।गोमा यीनै सपनामा डुबिरहेकी हुन्छे। उस्को पछाडिबाट आवाज आउँछ। आमा? अनी झस्किदै भन्छे ए बाबु त आईस, अनी छोरा भन्छ आएँ आमा, अनी गोमा भोकले थाकेर आईसहोला?जाभित्र खाजा छ खा। अनी छोरा भन्छ यहाँ आउँनुस त आमा मैले तपाईंलाई के ल्याएको छु।

अनी गोमा उठेर जान्छे। अनी छोराले आमाको लागी ल्याएको उपहार झोलाबाट निकालेर देखाउँछ। र सोध्छ मन पर्‍यो आमा यो जुत्ता तपाईंलाई?लगाएर हेर्नुस त? ठीक हुन्छकी हुँदैन? अनी गोमा आँखाभरी आँसु भरेर रुन्छे। अनी छोरा आमाको आँसु पूछदै भन्छ। आमा किन रुनुभएको? अब म छुनी तपाईंको साहारा नरुनुस। अनी गोमा तेरो बुवाको याद आयो किनकी सधैं जनबन गरेरै प्रार्ण गयो। एउटा जुत्ताको तलुवा खिएर भूईमा खुट्टा घिर्सिदासम्म फेर्न पाएनन ,आज यो नयाँ जुत्ता देखेर याद आयो। आज यो बेला सम्म बचेँका भए कत्ती खुशी हुन्थे होला तेरा बुवा। अनी छोरा आमाको काखमा लुट्पुटिदै भन्छ। हेर्नुस आमा बितेका कुरा सम्झेर दुखी हुनुहुँदैन भूलिदिनुस तीसब कुरा है आमा?अनी गोमा भन्छे अतित कहिले पनि हामीले भूलेर-भूल्न सक्दैनौ छोरा त अब धेरै ठूलो भैसकिस म खुशी छु,म आँफूलाई संसारकी सबै भन्दा भाग्यमानी आमा सम्झन्छु। गोमा र उसको छोराका यीनै गन्थनसँगै छोराले भन्छ आमा म पढ्न शहर जाँदा कुनै घरमा कोठालिएर तपाईंलाई राखेर जान्छु अब तपाईं यहाँ बस्नु पर्दैन। अनी गोमा भन्छे बाबु त पढेर शहरबाट नफर्कुन्जेल म यहाँनै बस्छु! यीही दु:खबाट त हामीले जिवनको अर्थ बुझ्ने मौका पायौ। हामीलाई सबैले लताएको बेला यस्ले हामीलाई आफ्नो आँगनमा साहारा दिएकोथ्यो। आझ कसरी छोडेर जानु बाबु यती चाँडै यही खोलासँग हाम्रो गहिरो प्रिती छ. बाबु त जब आफ्नो पढाईसकेर आउँनेछस अनी जाउँला भन्दै आफ्नो छोरालाई सम्झाउँछे गोमा। अनी छोरा भन्छ, हुन्छ आमा हजुर जे भन्नु हुन्छ। अनी त्यस्पछी झस्किदै ए खाजा खान त भूसुक्कै भूलेछु आमा। अनी छोरा उठेर भित्रतिर लाग्छ। गोमा फेरी उही खोलाको छेउँमा ढुङ्गा बटुलेर हाताको औजारले ठोक्छे! त्यो ठोकाईसँगै एकतमासको मिठो धुनगुञ्जिंदैछ खोलानै सङ्गितमय बनेर!
श्याम मुस्कान जि सि प्युठान नेपाल हाल मलेशिया

असफलता नै मेरो सफलता,श्याम मुस्कान जि सि "अन्जान'


असफलता नै मेरो सफलता,श्याम मुस्कान जि सि "अन्जान'
आफूले बाँचेको जीवनलाई पछाडि हेर्दा देख्दछु पचास वर्षका लामा असफल वर्षका रेलका डिब्बाहरु । मलाई लाग्छ म असफलताको पुँज हुँ । असफलता नै मेरो प्राप्ति हो । असफलता मै म रमाउँछु असफलतामै म हाँस्छु असफलतामै म नाच्छु असफलता मै जीवनलाई सफल ठान्छु । असफलता नै मेरो सफलता । प्राप्ति । पुरस्कार ।


असफल मानिस रुन्छन । डाँको छोड्छन् । लडिबुडि पनि गर्छन् । सुँकसुँकाउँछन् । हिक्हिकाउँछन् । तर म असफलताको पोखरीमा मजाले पौडिरहेको हुन्छु । कति आनन्द छ यो असफलतामा जसको इश्र्या गर्ने कोही हुँदैनन् । असफल हुनेको पछि लागेर खुट्टा तान्ने कोही भेटिदैनन् र असफलतालाई पछार्न कोही अघि सर्दैन । असफल हुनुको मजा यसैमा त छ । सफल हुनेहरुको खुट्टा तान्ने मर्काउने भाँचिदिने खाल्डो खन्ने बाढी अघि लगाइदिनेहरु तँछाड मँछाड गरिरहेका हुन्छन् । म असफल भएकाले ढुक्क थिएँ ।


त्यो त मेरो भ्रम रहेछ । मेरो असफलताको पनि इश्र्या्र गर्ने महामानव पनि भेटें मैले । यो मेरो सफलता हो कि असफलता खुटटयाउन सकिरहेको छैन । दुई वर्ष अघि म एउटा संस्थाको अपाङ्ग च्याप्टरको अध्यक्ष पदमा थिएँ । पहिलो पल्ट अध्यक्ष भैखाएको उन्मादमा मैले भाषण ठोकिदिँए भानुजयन्तीको अवसर पारेर आगामी २ वर्षमा हामी भानुभक्तको शालिक स्थापना गरिदिन्छौं । मेरो त्यो भाषणले ताली पनि पायो । म गदगद भएँ । हामी सबै मिलेर भानुभक्तको सालिक स्थापना गर्न सकिएला भन्ने सोचेको थिएँ । भानुभक्त मेरो बाजे बराजु थिएनन् । मामा सुसरा थिएनन् । ससुरालीतिरबाट पनि नाता पर्दैनथ्यो । उनी त नेपाली भाषाका आदिकवि थिए । सबै नेपालीका नेपाली आदिकवि थिए । उनको सालिक ठडिए सबैको शिर ठाडो हुन्थ्यो । उनको सालिक ठडिए सबैको स्वाभिमान उँचो हुन्थ्यो । मेरो नेतृत्वमा भए पनि भानुभक्तसँगै मेरो शालिक राख्ने प्रस्ताव थिएन भानुभक्तकै शालिक राख्ने प्रस्ताव थियो । तर म सफल हुँला भनेर थरथर कामेर घ्याम्पोमा लुक्न जालान् भन्ने मैले सोचेको थिईन न त घ्याम्पोबाट निस्केर कसैले लौ भानुभक्तको सालिक ठडयाउँछु भन्थिस् गरिस् खुव भनेर भन्लान भन्ने थियो। हो भानुभक्तको सालिक ठडयाउनु पर्छ भनेर अगुवा हुन खोज्ने म थिएँ । म हुँ । तर नेपाली सबैका भानुभक्तको सालिक नठडिँदा म त असफल भएं भएँ खुच्चिङ गर्ने सबै पनि असफल भएका हुन् । भानुभक्तको सालिक बनाउँ भन्नु भन्दा अघि पनि असफल नै हुँ र असफलतामै रमाइ रहेछु । तर मलाई असफल भइस् भनेर आफैं असफल हुनेहरु पनि रमाइरहेका छन त मान्छेहरु एउटा पदको टीकोले जीवन सार्थक भएको ठान्छन् । आफैंले बनाएको बालुवाको दरवारको मालिक भएको गर्व पालेर गौरवशाली भएको ठान्छन । आफूले आफैंलाई महान ठानेर भईंमा खुट्टा टेक्दैनन् । महान प्रतिभासँग बोल्न पाएं भनेर उनीहरुकै समकक्षी भएको कुरुप महत्वाकाँक्षा पाल्छन् । अरुले नगने पनि गन्तीमा आफैं प्रथम मान्दछन् । त्यो सफल असफलता देखेर म मरीमरी हाँस्छु । किनभने असफलता सफल भएको भ्रमले उनीहरु भ्यागुतो झैं फुल्छन । तर आफू त असफलता लाई नै सफलता मानेर रमाउने बानी परेकोले न त असफलताले तिक्तता ल्याउँछ न त तथाकथित सफलताले नै उन्मादका लहरहरु ल्याउँछन् ।


नेपाली साहित्यको चारकोसे झाडीमा ३५ वर्ष देखि विचरण गर्दा रंकदेखि राजासम्म कनिष्ठदेखि वरिष्ठसम्म साधारणदेखि महानसम्म बेपदका देखि ओहदावालसम्मका सँग सँगत बस उठ हाँसखेल सम्पर्क सम्वाद गर्दा गर्दा त्यसको मद र मात त कपुर झैं हावामा उडिसकेछ । त्यो वतासमा उडेको कपुर समातेर मैले बाँच्नु पर्ने चिन्नु पर्ने चिनाउनु पर्ने परिचयको सिलसिला बनाउनु पर्ने न कहिले आवश्यकता पर्यो न कहिल्यै पर्ने देख्दछु । आजसम्म नपरे पछि अब कहिल्यै नपर्ला नै । पुड्को मान्छेले दुनियाँ पुड्को देख्छ । त्यो उसको देख्ने दृष्टि उसैले परिवर्तन गरेमात्र परिवर्तन हुनसक्छ अरु कसैले परिवर्तन गर्न खोजेर हुँदैन । बौद्धिक दरिद्रहरु सबैलाई दरिद्र देख्दछन् र आफूजस्तै भिखारी होलान् भन्ने भन्ठान्छन् । कुनै साइनबोर्डमा नाम टाँसेर म पनि नामवाला हुँ भन्ने भ्रम पाल्नेहरु शिलालेखमा नाम लेखिसकेकाहरुलाई पनि आफूभन्दा कमसल र कमजोर ठान्ने महानताबाट च्यूत हुन चाहँदैनन् र भनिदिन्छन् साइनबोर्डमा नाम लेखाएर महान हुन खोज्यो । जव कि यथार्थ त्यो भन्दा अत्यन्त विपरित र कल्पनातीत हुन सक्दछ ।

बेलाबेलामा मलाई मेरो परिवारका सदस्यहरु भन्छन् साहित्य भनेर खूव मरिमेट्छन् ठूला ठूला पुरस्कार तिमीभन्दा कनिष्ठले पाइसके । तँ असफल भइस् । म हाँस्दछु । मैले पुरस्कारको लागि लेखेकै होईन लेखेको कारणले पुरस्कार पाइन्छ भने पाउनु पर्छ भन्छु पर्दैन भन्दिन । मेरो सरोकार पुरस्कृत भएर सफल हुनु होइन । मेरो अभिष्ट लेखन हो । लेखन नै मेरो सफलता हो । तर लेखेर मात्र निस्तो हुनुलाई असफल मान्दछन् भने म असफल हुँ मेरो दुख त्योसँग गाँसिन्न । म भानुभक्तको सालिक ठडियोस् भन्छु । हातमा हात मिलाएर भानुभक्तको सालिक ठड्याउँ । यो गैर नेपाली भाषी मुलुकमा शिर ठाडै पारौं भन्दा मलाई असफल बनाउन असहयोगका हात बढाउनेहरु भानुभक्तको सालिक खुव ठड्याइस तँ असफल भइस् भन्छन् भने म खुशी नभए पनि दुःखी भएर आँसु झार्दिन रुँदिन लडिबुडि गर्दिन । किनभने त्यो असफलता मेरो मात्र होइन । त्यो असफलताको भाग मेरो मात्र होइन । भानुभक्त मेरो मात्र होइन । नेपाली भाषा मेरो मात्र होइन । रामायण मेरो मात्र होइन । सिङ्गो राष्ट्र नेपाल मेरो मात्र होइन । नेपाली जातीको सिङगो परिचान मेरो मात्र होइन ।


म त केवल निमित्त मात्र हुँ । म निमित्त मात्र भएर असफलताको असारे पानीले निथु्रक्क छु । असफलताको पसिनाले लफ्रक्क छु । असफलताको संगीतले मेरो कान झङ्कृत भइरहेछ । म असफलताको पुाज हुँ । म असफलताकॊ अनुगुँज हुँ । म असफलतामै रमाउँछु हाँस्छु ओतप्रोत हुन्छु । मलाई असफल भनेर तिमी सफल हुन्नौ मित्र । तिम्रो उर्जा मेरो असफलताको गीत गाएर खेर नफाल । अस्तु । किमधिकमम् । जय होस ।
।।। श्याम मुस्कान जि सि प्युठान नेपाल हाल मलेशिया

लेख -स्वर्गदोवारिमा एक पल तिमी सँग,,


स्वर्गदोवारी मा एक पल तिमी सँग,,,,श्याम मुस्कान जि सि

कहिले यो जिन्दगीलाई पल पलमा शश्लेषण गर्न मन लाग्छ । त कहिले त्यहि पल पल जोडेर जिन्दगीको बिश्लेषण गर्न मन लाग्छ । महत्वहिन एक पलको कति महत्व हुदो रहेको मान्छेको जिन्दगीमा त्यहि एक पलले मलाई जिन्दगीको निर्णय गर्न बाध्य बनायो । सरु ! त्यसैले आज म तिमी सगँको एक पल लेख्ने प्रयास गदैछु । सरु जुन पलले मलाई सगै बाँच्ने र सगै मर्ने सम्मको निर्णय लिन पर् यो । यसको मतलव तिम्रो बेईज्वत गरी तिमीलाई हलुका बनाउने मनसायले अबश्य पनि होईन । यो त एउटा बहाना मात्र हो खास गरि मायाँलाई पुनः ताजा गर्नु हो । अनि फेरी हाम्रो मायाँलाई अलिकति गोडमेल गर्नु हो । हाम्रो मायाँलाई मलजल गरे जस्तो होसभन्ने सोचले मात्र हो सरु आज म स्वर्गदोवारिको बारेमा लेख्न चाहान्छु । कतिले आफ्नो मनभित्र सगाल्दा हुन तर म आज सझनाको अमृत छर्केर हाम्रो मायाँलाई ब्यूताउन चाहान्छु ।
मैले तिम्रो फुस्रदलाई बिचार गर्दै सोधेको थिए तिम्रो फुस्रद मिल्छ भने अलिकति समय निकाल्न सक्छौ सरु मेरो लागी त्यति बेला तिमीले भनेकी थियौ निकाल्छु नि तपाईको लागी जति पनि समय निकाल्छु बरु तपाईलाई के को लागी हो फुस्रद भए म सग कतै घुम्न जाने हो तिमीले जाने ईच्छा देखाएकी थियौ तर मैले भनेको ठाउमा नै जाने भने मात्र म घुम्न जान्छु भनेकी थियौ । अनि मैले तिम्रो प्रस्तावलाई स्वीकार गरेको गरे । तिमीले गोदावरी जाने चाहाना ब्यक्त गरेकी थियौ । सरु त्यो मेरो लगी पहिलो भ्रमण थियो । त्यसैले होला मन उत्सुकताले फुरुक्कै भएको थियो । अघिल्लो दिनको सल्लाहा अनुसार नै म तिमीले भनेको ठाँउ सातदोबाटो एका बिहानै ७ बजे नै पुगेको थिएँ । एकै छिन पछि तिमी पनि आई पुग्यौ र हामीले गोदावारी को यात्रा सुरु गर् यौ । त्यति बेलाको कुरा सम्म गर्दा पनि मन भरी खुसीका तरङ्गहरु छछल्कीन थाल्छन्…………स्वर्गदोवारी पहाडको फेदीमा फैलीएको निक्कै ठुलो फाट र हरियो चौरमा स्वातन्त्रले प्रेम भावहरु जताततै ब्यक्त भई रहेको देखिन्थ्यो । यसो हेर्दा बन पाखाहरुले पनि त्यहा आउने प्रेमी प्रेमीकालाई स्वागत गरि रहेको जस्तो आभाष हुन्छ । प्रेमी प्रमीको भाव बोलीरहेका जस्तो लाग्छ । जता हेरे पनि एक एक जोडी प्रेमी प्रेमीकाहरु बसेर गफ गरी रहेका देखिन्छ । आफ्नो मायाँमा सबै सबै दिन तत्पर रहेका ति अन्धा प्रेमी प्रेमीकाहरु कसैलाई देख्दैनथे । देख्थे त केवल आफ्नो मायाँलुलाई मात्र । उनिहरु स्वातन्त्रमा लिन देखिन्थे आफ्नै मायाँमा बिलीन देखिन्थे । हुन पनि मायाँले खोज्ने एउटा मिठो एकान्त यो भन्दा उपयुत्त ठाउ कहाँ होला र यसैको भरपुर फाईदा उठाउन सबै सबै आतुर र अग्रसर देखिन्थे । अनि एक पटक आँखाले लाग्यो नी माईला यो ठाँउ तपाईलाई मैले भने यो त प्रेमी प्रेमीका को लागी धरतीको स्वर्ग रहेछ तिमीले सोध्यौ – कस्तो लाग्यो नी श्याम यो ठाँउ तपाईलाई मैले भने यो त प्रेमी प्रेमीका को लागी धरतीको स्वर्ग रहेछ सरु जहाँ तिमीले मलाई ल्यायौ सरु साँच्चि नै मलाई त मन पर् यो । मेरो हृदयले खोजिरहेको स्वर्गमा नै ल्याएछौ तिमीलाई धेरै धेरै धन्यावाद भनेका थिए । तिमीले त्यती बेला भनेकी थियौ श्याम म पनि हिजो अस्ती मात्र बुवा आमासँग आएको त्यती बेला मलाई मन परॆको ठाँउ तपाई सग आज आउन फेरी जुर् यो । तिमी पनि त्यतिकै खुसि थियौ । स्वतन्त्रको हरियो फाटमा त्यो पहारीलो घाम लागेका ठाउको हामी पनि बस्यौ । म तिमी संग लैला-मजुन को करा गर्न चाहान्थे । रोमीयो-जुलियटको कथा सुनाउन चाहान्थे । तर तिमी भने आफु र आफ्नो कुरा मात्र गर्न चाहान्थ्यौ । तिमीले आफ्नो कुरालाई यसरी मिठो सैलीमा सुरु गरेकी थियौ अँ श्याम एक दिन मान्छे सबै मरिन्छ रे हो हामीले जे पनि देखि रहेको छौ त्यो सबै एक दिन बिलाएर जान्छ रे हो अनि भन्छन जहाँ मायाँ त्यहाँ नै घृणाजहाँ विश्वास त्यहा नै शंका यिनिहरु त एउटा सिक्का को दुईटा पाटा हुन रे हो श्याम तिम्रो कुरालाई मैले सहमती जनाएको थिएँ । त्यहि मौका छोपेर तिमीले फेरि अर्को कुरा पनि सोधेकी थियौ श्याम हाम्रो यति गहिरो मायाँ हुदा हुदै हाम्रो मायाँ भबिश्यमा असफल भयो भने तपाई के गर्नु हुन्छ यो प्रश्न ले मलाई र स्तब्ध बनाएको थियो । अनि निक्कै साहास बटुलेर भनेको थिएँ । सरु म यो त कल्पना गर्न पनि सक्तिन । र मेरो तर्फबाट यस्तो हुन पनि सक्दैन । यदि तिम्रो चाहाना र ईच्छा नै त्यस्तै भयो भने म तिमीलाई तिम्रो सफल भविश्यको लागी धेरै धेरै शुभ कामना दिनेछु । तिम्रो मन परेको मान्छेलाई म आफ्नो प्रेमिका दान गर्ने छु । त्यति बेला तिमीले मलाई फेरी शंका गरेकी थियौ श्याम मलाई तपाई हृदय देखि नै मायाँ गर्नु हुदैन हो यदि मायाँ गर्नु हुन्छ भने कसरी आफ्नो प्रेमिकालाई नै दान गर्ने उद्धारता देखाउन सक्नु हुन्छ फेरी मायाँ कसैलाई दान दिने बस्तु हो र त्यति बेला मैले भनेको थिए – सरु तिमीले कुन कसम खानु पर्छ भन्छौ म त्यहि कसम खाएर भन्न सक्छु । म तिमीलाई हृदयको अन्तिम गहिराई बाट धेरै मायाँ गर्छु । मायाँ लिनको लागी मात्र गरीदैनमायाँ समर्पण पनि हो । सरु तिमीले जुन मायाँलाई शंका गरीरहेकी छौत्यो मायाँलाई नै म सबै भन्दा धेरै विश्वास गर्छु । अनि तिमीलाई मायाँ गर्न थाले देखि सारा सारा समपर्ण गरी रहेको छु । मायाँमा आफ्नो आत्मालाई जलाएर पनि मायाँलुको आत्मालाई खुसि बनाउन तयार हुन्छन् । तिम्रो खुसिमा सरु म जे अपनाउनु परे पनि जे छाड्नु परे पनि तयार छु । अलिकती भुसपोखरीमा छरेर माछालाई जालमा पारे जस्तै म मायाँको बल्सी थापेर तिमीलाई कहिल्यै धोका दिने छैन । यसैमा ढुक्क हुन मैले आग्रह गरेको थिए । अनि तिमीले भनेकी थियौ श्याम मैले त तपाईलाई सोधेका मात्र पो त त्यसो हुनै सक्दैनर नहोस पनि । तपाईको मायाँतपाईको बिश्वास कहिल्यै खेरो जादैन श्याम भन्दै मलाई विश्वास दिलाउदै गर्दा तिम्रो आखाँ भरी आशु टलपलाई रहेको थियो। एकै छिनको मौनाता पछि तिमीले प्रसङ्गलाई बदल्दै सोधेकी थियौ श्याम श्रीमान श्रीमति भनेको के हो मैले तिम्रो प्रश्नको छोटे उत्तर दिएको थिए एक रथको दुई पांग्रा मेरो यो निजी भनाई भने अवश्य पनि थिएन । यसमा तिमीले असहमती जनाएकी थियौ । तिमीले भनेकी थियौ म त भन्छु श्रीमान श्रीमती भनेको एउटा शरिरको दुईटा खुट्टा हुन एउटा रथको कुनै एउटा पांग्रा बिग्रीएमा अर्को नयाँ पांग्रा ल्याएर दुरुस्त बनाउन सकिन्छ तर एउटा शरिरको कुनै एउटा खट्टा बिग्रीएमा सग्लो खुट्टा जोडेर पहिले जस्तो दुरुस्त बनाउन सकिदैन । त्यसरी नै श्रीमान श्रीमतिको पवित्र नातालाई यसरी ब्याख्या गर्न चाहान्छु भनेकी थियौ । हामीले जुन उदाहरण मान्दै आएका थियौ त्यो भन्दा अलग्ग र विशिष्ट परिभाषा लाई हाम्रो दिग्गज अग्रजहरुलाई नै सोध्न चाहान्छु । तिम्रो भनाईलाई मुल्यङ्कन गर्ने मेरो हैसियत रहेन । सरु त्यति बेला मैले तिमी संग बैचारीक हारको महसुस गरे । तर यो कुरा तिमील्ई मैले भनीन । सदा म मात्र बोल्थे तर त्यस दिन तिमीलाई धेरै बोल्न मन लागेको थिएछ । तिमीले फेरी अर्को प्रश्न गर् यौ श्याम विबाहा गरे पछि तपाई मलाई कहाँ राख्नु हुन्छ मैले यसको उत्तरमा भनेको थिए म तिमीलाई त्यहाँ राख्ने छु जहाँ मैले अहिले सम्म कसैलाई राखेको छैन त्यो ठाउ हो मेरो छाति भित्र । होईन के लाट घर पो त शत्रुको अघाडी एउटा सानो भए पनि घर ठड्याएर देखाउनु पर्छ है श्याम अनि त्यहि नै बस्नु पर्छ ल………… मैले पनि तिम्रो कुराईलाई सहमति जनाएको थिए । त्यति बेला तिमी धेरै खुसि भएकी थियौ ।
सरु गफ गदै गर्दा मैले तिम्रो सलक्क परेका औलाहरु निक्कै लामो लामो आकर्षक नङहरुको फोटो खिचेको थिए । तिमीले मेरो छोटो छोटो कपाललाई प्रशंसा गर्दै भनेकी थियौ म त छोरा मान्छेको लामो कपाल मन पर्दैन र म छोरा मान्छेको सबभन्दा पहिला टाउको नै हेर्छु । तपाई छोरी मान्छेको सबभन्दा कहाँ हेर्नु हुन्छ भन्दै प्रश्न गरेकी थियौ मैले उत्तरमा भनेको थिएँ म छातिमा हेर्छु । तिमीलाई लाज लागेछ र अहिले गोदाई खानु है भन्दै रातो रातो भएकी थियौ । हामी यस्तै मिठो कुरा कानीपछि गर्दा गर्दै पत्तै भएन बेलुकाको ५ बजेछ हामी घर तिर फर् र्यौ । आज तिमी कहाँ अनि म कहाँ र पनि त्यहि स्वर्गदोवारिको एक पलको प्रत्तिज्ञाले हामीलाई यति नजिक यति आत्मीयता र विश्वास दिलायो यति गहिरो मायाँ र यति समर्पित प्रेम सृजना गराई दियो । सरु सबभन्दा बिश्वास त किन पनि लाग्छ भने नी हिजो मात्र नेटमा देखाएकी थियौ मैले त्यही स्वर्गदोवारी बाट ल्याएर दिएको एउटा माला पनि आज सम्म मायाँ गर्दै सुरक्षित राखेकी रहेछौ । सरु एउटा धागोको टुक्रालाई पनि तिमीले मलाई जस्तै मायाँ गरी आज सम्म राखेकी रहेछौ खुसि छु . सरु मलाई पनि त्यसरी नै मायाँ गरि राख सरु आज म पनि प्रतिज्ञा गर्न चाहाछु सरु तिम्रो मायाँ कहिल्यै खेरो जादैन । तिमी र मेरो बिचमा मायाँ देखि अर्को कुनै कुरा आउने हुदैन है । सरु तिमी जहाँ छौ खुसि भएर बस अलिकति धैर्य गरी बस मेरो अटुट आस्थाले तिमी सम्म आई पुग्ने छु । एक दिन त्यो पनि छिट्टै……… उही तिम्रो प्रेमी श्याम मुस्कान जि सि हाल मलेशिया

Monday, August 30, 2010

गजल - "जुनी जूनी बाँची राख


गजल
गफ गर्दै तिम्रै सामु बस्न मन लाग्छ
तिम्रो मनको तरेलिमा पस्न मन लाग्छ


किन किन साह्रै राम्री देख्छु म तिमीलाई
जानी जानी माया जालमा फस्न मन लाग्छ


हेरी हेरी तिमीलाई पागल हुन्छ मेरो मन
बेहोसिमै अङगालो मा कस्न मन लाग्छ


तिम्रो हरेक चिजसँग नजिक हुन नसकिदा
तिम्रो जिउमा बर्षात बनी खस्न मन लाग्छ
बहिरी हैन भित्री मनले चाहन्छु म तिमीलाई
गुलाव सारी तिम्रो यौवन डस्न मन लाग्छ
...
..
देश रोइ रहयो ।।
हावाको गीत हावाको जित ।
पागल मनको ताना ।
दाफे चरी गाउछु भन्छे ।
मिलनको गाना ।
मजुरको नाचै राम्रो ।
कोहिलिको बोली ।
देशमा चाहिने शान्ती थियो ।
चली रहयो गोली ।
निरासाको पोको बाधी ।
अझै कती बस्ने ।
कहिले सम्मा मुलुक्लाई ।
बन्धनमा कस्ने ।
अनियको बन्धी भई ।
देश रोइ रहयो ।
बिस्तार् बादी भरतले ।
सिमा छोइ रहयो ।
शाहीद्का सपनाहरु ।
भए अल्पत्र
फेरी पनि हैकम बाद्को
राज एक छत्र ।
लोकतन्त्र गणतन्त्र
नेता लाई नै आयो ।
बर्षादेखी नेपालमा
अन्धकार छायो ।
.....
रचना ;श्याम कुमार जि सि "मुस्कान "
हाल "मलेसिया
...
गजल "घरको छानो "
घरको छानो चुने छ रे, टाल्न सक्या छैन
भोकै छिन रे आमा, चुला बाल्न सक्या छैन |
चौबन्दी चोली फाटीएर, दस ठाम टाल्या छ रे
बर्षै बिती सक्यो एउटा साडी, हाल्न सक्या छैन |
पैसा कमाउने सपना बोक्दा बोक्दै आज म
बुढा आमा बाबा अझै मैले पाल्न सक्या छैन |
आशु झार्दै मेरी आमा दश दु:ख गर्दै
आज सम्म दु:ख छोडी सुख ढाल्न सक्या छैन |
कति हृदय जल्दो हो, मनमा आगो बल्दा
चोट परेको मुटुमा, मलम हाल्न सक्या छैन |
खाई नखाई मेरी आमा, गाऊ बेशी गर्दै
आमा सम्झी दुई पैसा, फाल्न सक्या छैन |
....
..
गजल - "मात्रै के थिए"
बिगत्का पाना पल्ट्याएको मात्रै के थिए ।
अबिरल आसुँको बर्षा झर्न थालयो आज भोली ।।


एकै झल्को देखेको मात्रै के थिए आफ्ठारिलाई ।
अफ्ठारिकै कर्के हेराइ मन पर्न थाल्यो आज भोली ।।


जब देखी देखी त्यही अफ्ठारिलाई मैले ।
मेरो कुबुद्दिमा बुद्दी भर्न थाल्यो आज भोली ।।




अफ्ठारिले साथ दिन्न भनिन र पो ।

त्यसै-त्यसै मन मर्न थाल्यो आज भोली ।।
.....
...
गजल
कल्पना पनि नगरेको सपना आज फेरी देखन परेको मलाई ।
अनाएसै बैगुनिको बाटो बार लगाइ छेक्न परेको मलाई ।।


थाहा हुँदा-हुँदै उन्ले पहिले प्रेम पत्र नहेरी च्याती फालिन ।
आज फेरी अर्को पत्र लेख्न परेको मलाई ।।


बाटोमा भेट्दा हाइ पिर्य भनी बोलाँउदा नबोली-नबोली मर्किदै हिंडेकी हुन ।
आज फेरी म आभागीलाई त्यही बैगुनिको आगनी टेक्न परेको
.....
...कबिता - "एकान्तमा झोक्राउँदा.
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो,
यी कानमा गुंजि बस्ने मायालुको झर्काइ मीठो ।

निस्तो माया कहाँ हुन्छ र झगडा त मिसिन्छ नै,
रिसाएर देखाउने तिम्रो पीठ फर्काइ मीठो ।

एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो.....
म छिप्पेको भनी तिम्ले जती सुकै ठाने पनि,

बालक झैं चली बस्दा तिम्रो हल्का हप्काइ मीठो ।
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो.....

कता कता कस्तो भा' छ किन होला एस्तो भा' छ,
टुलु टुलु हेर्‍याभन्दा तिम्रो आँखा सन्काइ मीठो ।

एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो.....
नखरा त तिम्रो पनि कम्ती भन्ने कहाँ छ र ?

त्येसैले त ठट्टा युक्त तिम्रो साथको बसाइ मीठो।
एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो.....

एकान्तमा झोक्राउँदा मात्र तिम्रो पर्खाइ मीठो,
यी कानमा गुंजि बस्ने मायालुको झर्काइ मीठो

राचना :श्याम कुमार क्षत्री (मुस्कान)
...
गजल




एक्लै रूँदै प्रबासमा बाँच्नै मन छैन ।।

स्वार्थी माया हृदयमा साँच्नै मन छैन ।।



पर्खी बस्दा जवानीले भर छाडी सक्यॊ

अझै पर्खी औँलाहरू भाँच्नै मन छैन।।



दुइदिने जीन्दगीमा नाँचु गाँउ भन्दा

मन जल्छ बिरहले नाँच्नै मन छैन ।।



धेरै आए सामीप्यमा स्वार्थी मित्र मात्रै

कस्कॊ नाता चॊखॊभनि जाँच्नै मन छैन।।



रचनाः श्याम कुमार क्षत्री (मुस्कान)
हाल :नेपाल पत्रकार महासँग साखा संपर्क
मलेशिया सदस्य ।।
....
कबिता। प्युठान हो मेरो गाउ ।।
चार हजार भो जनसंख्या, पहाडि यो ठाउँ
खोला नाला हरियाली, प्युठान हो मेरो गाउ ।
रोल्पा र अर्खाखाची को सिमाना मा पर्ने

प्युठानको फादै बाट झिम्ररुक झर्ने
बल्ले खोला र लुङ खोला ले उत्पादनमा पुरयाउने बल
सिरानमा डाडा पाखा हरियाली, फाट परयो तल
अन्नपात, फलफुल सब्जी, आफ्नै गाउमा हुने
वर्षा यामको हरियाली राम्रो, सबको मन छुने |
हाटबजार गाउमै छ, उच्च मा. बि. पनि
मोटरबाटो पुगेको छ, गाऊ घर मै खनी
बिजुलीको उज्यालो भो, घर गोठ सब
प्रहरी र स्वास्थ्य चौकी, गाउमै छन् अब |
शिक्षा , स्वास्थ्य चेतनाको, गाऊ भरि लहर
प्रौढ शिक्षा पढ्नु पर्ने, सबमा चल्यो रहर
सबै वर्ग जाती साथमै, मिलि बस्ने बानी
सानो ठूलो भन्ने सबै, मासौ अब हामी |
धरै गर्न बाकी नै छ, यो गाउको लागि
जोश जागर राखौ साथमा, नजानु है भागी
भारी बोकि हिड्ने ठाउमा, मोटर बाटो अब
कृषी बिकाश तर्फ लागौ, बन्छ यो ठाउँ तब |
श्याम कुमार जि सि मुस्कान
,,,,,,
.......गजल - "मिलिजुली बाँच्नु पर्छ "

हामी सबै जाति हरु मिली जुली बाँच्नु पर्छ
लडाउने ति नेता को ढाड अब भाँच्नु पर्छ

जन्म्यौ यहि हुर्कि्यौ यहि माया यहि देश को छ
स्वतन्त्र नेपाल को ईतिहास साँच्नु पर्छ

को पहाडी को मधेसि सबै हामी नेपाली हौँ
डाँफे चरी जस्तै गरि हामी पनि नाँच्नु पर्छ

मेची देखि काली सम्म हिमाल र तराई को
एक खुशी बनाएर एकै साथ हाँस्नु पर्छ

म सुध्रे देश सुध्रिन्छ म बिग्रे देश बिग्रिन्छ
बिगार्ने त्यो मन लाई हामी आफै जाँच्नु पर्छ
................
......... कबिता
तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु

तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु
कोइलिको जस्तो सुमधुर तिम्रो भाकालाई

भुल्न सक्तिन सानु
यो मेरो कान भित्र सधै तिम्रै सुमधुर

गीतहरु गुन्जिंछ सानु
स्वदेश बाट भाए पनि के छ खबर

भनि बोलाई दिनु सानु
तिमी बिनाको यो जिबन अन्धकार लाग्छ सानु

छाती भित्र तिम्रो मायालाई झिकी लैजाउ सानु
छोड़ी जाने निस्ठुरीको यति धेरै सम्झना आउछ किन ? सानु

श्याम कुमार जि सि मुस्कान
.........
गज़ल
हार्नु रैछ बादलको, घुम्टो भित्र पारीगयौं |
चार्नु रैछ फूल बारी , मनोमानि चारीगयौं ||

छल्कदैथें आत्मा भित्र, तिम्रै प्रितका सितबिन्दु
टार्नु रैछ बाँचा गर्दै, पर्ख भन्दै टारीगयौं |

स्वार्थ बड्यो आँखा गड्यो, मह भा'को चाका तिर
झार्नु रैछ बर्खे झरी, आँखा बाट झारीगयौं |

कल्पनाको तरेलीमा, भाबबिम्ब तैरदै थें
मार्नु रैछ इच्छा मेरा, निमोठेर मारीगयौं |

देखावटी पिरतीको, बिस्कुन लायौ मेरै सामु
नार्नु रैछ अन्तै माया, बास्ना पायौ नारीगयौ |
.......
श्याम कुमार क्षत्री "मुस्कान"
हाल "मलेसिया

Sunday, August 22, 2010

गजल..मायलुकै प्रतिक्षामा लाखबत्ती बालीरहेँ


गजल



मायलुकै प्रतिक्षामा लाखबत्ती बालीरहेँ
च्यातिदाँ मन धैर्यपुर्बक टालीरहेँ ।।

नयनहरू थाक्यॊ,कुर्दाकुर्दै उन्लाइ
चिन्ताहरू पालेर भित्रभीत्रै गालीरहेँ
नानाकुरा सुन्नेँ उमेर ढल्दैजाँदा
मायालु नभेटीँदा म एक्लै खालीरहेँ ।।
अनगीन्ती भटेँ यहाँ,बैसाँलु सुन्दरीहरू
प्रथम प्रेमीमाथी सधैँ हाम फालीरहेँ
मायामा भेद ठानीन,जातभात र रूप
श्यामबर्ण सुन्दरीमै मरीहत्ते हालीरहेँ
.....
....
मनोवाद कथा
पुष माघको ठण्डी महिना बाहिर सेतो हुस्सु बिस्तारै फुसफुस झरिरहेको थियो। चिसोले गर्दा होला साइलीको टाउको भारी भएको महसुस भैरहेको थ्यो,आज उसलाई । साँझझमकै पर्न लाग्दा पनि पल्लो गाउँसम्म पुगेर आउँछु,भनेर गएको साइँलो अहिले सम्म नआउदा साइलीलाई मन्मा कताकता चिसो पस्छ। भाँतपनि हिउँजस्तै भएर सेलाईसकेको थियो। साइलीको दुइटा छोरा थिएँ। एउटा छोरा विवेक यस्पाली एस.एल.सी सकेर कलेज पढ्न सहर जाने कुराले गर्दा साइँलो आफ्नै दाजु कुलबाहदुर सँग केहि रकम सापटी मागेर ल्याउँछु,भनेर दिउसो उतीबेला घरबाट निक्लिएर हिंडेको मान्छे,साँझ छिप्पिएर रात हुँदासम्म आइपुगेको थिएन। साइली अँगेनाको डिल्मा बसेर आगोताप्दै नानाभाती कुरा मन्मा खेलाएर बसेकी छे।तर साइँलोको आउँने नआउँने कुनै अत्तोपत्तो थिएन। कुर्दाकुर्दा थाकेर साइली भाँतै नखाइकन चुलोको आगो निभाएर सुत्ने तरखर गर्न के खोज्छे। बाहिर बाट साइली आमा साइली आमा.....?एकतमासको आवाज गुञ्जिन्छ। त्यस्पछि साइली कोहो के: भयो किन कराएको यति राती?भनेर बाहिर निक्लिन्छे। गाउँले सबै मिलेर साइँलोलाई बोकेर ल्याएर पिडिमा लडाइरहेको पाउँछे। बुडाको त्यो रगातम्य शरीरको चोट देखेर साइली त्यहानै बेहोस् भएर ढल्छे।
त्यहाँ एकतमासको हो-हल्ला निकैबेर भएपछि दुबै छोराहरुको पनि निन्द्रा खुल्छ। र त्यहाँ आउँदा आमा बुवा दुबैको त्यो अवस्था देखेर छोरा विवेक आतिन्छ, के गर्ने नगर्ने आमालाई त सबै गाउँले मिलेर पानी छम्किएर होसमा ल्याउँछन्। तर बाउँको अवस्था धेरै चिन्ताजनक थियो। रातभरी चिसो ठण्डीको रुघाइपछि, सबैको सल्लाह अनुसार उपचारको लागि साइँलालाई शहर ल्याउँछन्। रातभरी धेरै रगत बगेकोले गर्दा साइँलोलाई हस्पिटलमा भराना गरेपछि,रगत चढाउँने डक्टरको सल्लाह मूताविक रगत चढाइन्छ ,तर साइँलोलाई डक्टरहरुले धेरै कोशीष गर्दा पनि बचाउँन सकेनन।बिधीको बिदान सँग कसको जोरचल्छ र!"आखिर साइँलाले अल्पायुमै यो संसार छोडेर जानैकर लाग्यो। साइँलाका परिवार सोकाकुलमा डुबे। एकबर्ष बाउको बरखी बारुन जेलसम्म विवेकले घर छोडेर जाने कुरै भएन। सानो भाई आमालाई पनि बाउले छोडेर गएको देखि सञ्चो भएको होईन। बाउको हालत त्यस्तो कसरी भयो थाहा पत्तो थिएन। साइँलोको दाजु कुलबाहदुरले भने अनुसार दशहजार पैसा मैले दिएर पठाएँको आज यतै बस भाई भोली बिहानै जालास भनेको मानेन, साँझ साँझमा मेरो घरबाट निक्लिएको थियो। भन्ने भन्दा अरु कुराको कुनै जानकारी थिएन।
बर्ष दिनको बुवाको काम सकेर आमालाई सम्झाइ बुझाई सानो तिनो काम खोजेर गर्ने र पढ्ने बिचार बोकेर विवेक शहरकोबाटो लाग्छ। विवेकको भाई सुमन सानै भएकोले पाँच कक्षामा पढ्दै थियो। घरको आर्थिक अवस्था एकमानो खानालाई दु:ख सुख पुग्थ्यो। तर खर्चको लागि त घरको अन्नपात नबेचिकन नुनभुटुनसम्म आउँदैनथ्यो।घरको जेठो छोरा भन्नुनै विवेक बुवाको मृत्‍युपछि सबै कुराको जिम्मेवारी उसैको काँधमा आएकोथ्यो। सानो भाई आमा सबैको सपना बोकेर शहर पस्छ विवेक। बुवाको मृत्‍युपछि, आमाको होसै थिएन। आमाको त्यो अवस्थालाई आँखामा साँचेर विवेक शहर आइपुग्छ। जव बसबाट झर्छ विवेक अन्योलमा पर्छ। कहाँ जाने के गर्ने कोहि चिनेको पनि थिएन। मान्छेको दोहोरीलत्ता एकनासले छुटेको छ। तर त्यहाँ आफ्नो हो अथवा पराइ हो कसलाई भन्नु!विवेक एकछिन् चुपचाप एउटा कुनामा बसेर भगवानको नाम पुकारछ। हे!"ईश्वेर म कहाँ जाउँ बाटो देखाई देउँ!विवेक आँखा चिम्लिएर बस्छ। त्यतिकैमा बाटो बडार्दै गर्ने एक महिलाले विवेक नजिक आएर घचघच्चाउँछिन "ए भाई के भयो?अनी विवेक झस्किन्छ,र भन्छ केहि भएको होईन दिदी बसबाट ओर्लिएको रिंगटा लागेर बसेको। अनी ती महिलाले सोध्छिन, तिम्रा आफ्ना आफन्त कोहिँ छैनन्?विवेक केहि बोल्दैन। ती महिलाको आवाज फेरी गुञ्जिन्छ विवेकको कानमा। अनी विवेकले मनमनै सोच्छ!आखिर मेरो यो अन्धेरो जिन्दगीमा गोरेटोको प्रकाश यी दिदी पनि हुन सक्छिन। किन नभन्ने आफ्नो समस्या भनेर विवेकले ती महिलालाई सबै कुरा भन्छ। नारी मन न हो सानो पिडाले पनि पग्लिएर पानी पानी भैहाल्छ। त्यस्पछि ती महिलाले विवेकलाई साहानोभूतीको मिठो शब्द बर्साउँछिन। र आफु बसेको घरधनी एक्लै छन्,उन्का सबै छोरा छोरी अमेरिकामै बस्छन,उनले कोहि राम्रो इमान्दारी मान्छे पाएँ,पाल्ने मनसाय ब्यक्त गरेको कुरा विवेकलाई बताइन। त्यस्पछि साँझमा कोठामा जानेबेला सम्म पर्खनको लागि भनिन। विवेकलाई ढुंगा खोज्दा देउता मिल्यको आभस भयो। ती महिलालाई भेटेर। उनको काम नस्कुनजेलसम्म याहाँनै बस्ने कुरा विवेकले भन्यो। र ती महिला पनि आफ्नो काममा तलिन रहिन।
विवेक आँखा चिम्लेर सपना देख्न थाल्छ। म यहाँ बाट जाने बितिकै खुट्टामा आफ्नो शिर राखेर बिन्ती भाउ गर्छु, र म तपाईंले लगाएको सबै काम गर्छु, तर मलाई पढ्न तपाइले सयोग गर्नु पर्छ, भन्ने कुरा राख्छु। म अहिले दु:ख र मेहनत गरेर डक्टर बन्नेछु,त्यसपछि मेरी आमालाई र भाईलाई पनि शहरमै ल्याएर सुख र खुशी बनाएर राख्छु। विवेकले कति मीठा मीठा सपना देख्दै गर्दा आकाश कालो मैलो भएको महसुस हुदैथ्यो, विवेकलाई भित्रभित्रै तर पनि विवेकले आफ्नो सपनाको चल्दो रफतारलाई अधुरोमै छोडेर आँखा उघारेन । उसले उ भित्र दहरिलो साहास बटुलो जस्तै हुरी बतास आँधिवेरी चलेपनि म यो सहरमा आफ्नो सपना खोज्छु खोज्छु। अब विवेक यो सोच्न थाल्यो मानौ उस्का सपना पूरा भएको दिन्नै घर जाने र आमालाई र भाईलाई राम्रा राम्रा लुगा लग्दिने "र आमाले अहिले सहेको दु:खहरुलाई सबै सुखमा परिणत गर्ने,त्यस्बेला सम्म भाई सुमनले पनि एस.एल.सी सकिसक्नेछ। अनी सहरमा ल्याएर राम्रो कलेजमा भराना गर्ने। आहाँ कति मीठा थिएँ विवेकका सुन्दर मन भित्रका सपना तर जव विवेकले आँखा खोल्छ,आफुलाई त कालीमाटी कलंकी थान्कोट भनेर कराएर मानिसहरुलाई गन्तब्य सम्म लगर छोड्ने अभिभारा सम्हालेको पाउँछ,
तर आफुले यो दु:ख पाए पनि भाई सुमनलाई आफ्नै मेहनतको कमाईले पढाउँने ठुलो सपना पालेर विवेक मानिस भरियको संकेत सँगै ढोका ढंगढंगाउछ। यता आमा विवेक घर छाडेर हिंडेको दिन देखि मेरो छोरा खोजेर ल्याइदिनु भन्दाभन्दै रोगाएरै सोक र सुर्ताले ज्यान गुमाइन. भएको जयाजेथा पनि विवेकको ठुलो बुवा कुलबहादुरले दशहजार दिएको वापत साहुँब्याज सहित असुल गरे। त्यसपछि बेसाहारा सुमन पनि आफ्नो दाजुको खोजिमा निक्लिन्छ। तर यी दुई दाजुभाईलाई कहिले र कुनमोड र परिस्थितिमा दैव संजोग भेट गराउने हो समयले। तर पनि आ-आफ्नो भाग्य खोज्न ब्यस्तछन्, यी आमाबाउ बिना बेसाहारा दुई जिन्दगी। समय र भाग्यको खेलका कठपुतली मान्छे,सधैं छायाँ मुनी हरायको सपना खोज्नै तलिन हुन्छन्। तर यो जिन्दगीको खेलमा सबैको जित हुदैन कतिले जित्छन भने कतिले दुखैलाई सुख सम्झेर सम्झौतामै बाँचिदिन्छन्। कतिले अधुरा कल्पनामै सिमित राखेर आफुलाई बुझाउँछन्। हिजो विवेक आफ्नो सपना खोज्न शहर पसेकोथ्यो। आज सुमन दाजु खोज्न यो सहरमा पस्छ। दाजु भेटेर अंकमाल गर्ने ठुलो अभिलाषा बोकेर बस चढ्छ सुमन।
.....समप्त भयो धन्नियबाट ।।।। श्याम मुस्कान क्षत्री :अन्जान:
.....
कथा - "बन्धनमा परेको जिन्दगी" -श्याम कुमार जि सि मुस्कान
"सामाजिक कथा"
अनिता र अनुपमा बाल्यकाल देखिकै साथी थिएँ। संगै स्कूल जानेआउने क्रमसंगै घर आउँदाजाँदा बाटोमा गाउघरका अनेक कुरासंगै जोडेर आफ्नो गरिबी देखि वाक्क भएर धेरैपैसा कमाउने शौख मनभरी राखेका कुरा बताउथी अनिता अनुपमालाई। अनुपमा सानैदेखि अलिभावुक कुरा गर्थी। पैसा चाहिन्छ तर मेहेनतले आर्जेको धनमात्र बलियो हुन्छ।भन्ने कुराको बहस गर्थी अनुपमा अनिता सँग,तर अनिता कहीलेकाँही अलिभिन्न सोच प्रकट गर्थी अनुपमासित। धनी भए सबैले मान्छन चाहे त्यो पैसा जसरी किन नकमाएको होस।तर अनुपमा अनिताका ती कुरा सँग कहिल्यै सहमति हुन्नथी। अनिता अली झट्टै रिसाउँने स्वाभव भएको कारणले अनुपमा समयले सिकाउँछ, सबै कुरा भनेर घर आएपछी छुटिन्थी। तर जब अनुपमा घरमा आउथी मसिना भाईबहिनाको तोते बोलीमै आफूलाई हराउथी। त्यहा भन्दा सोच्ने फुर्सत ऊसले कहिल्यै पाएकी होइन। जिन्दगी एबमरितले बित्दैगयो आज एस.एल.सी दिने समय आयो परिक्षाको तयारी पछि,अनुपमा र अनिताले पनि अरु सरहनै राम्रै अंकल्यार पास भएछन। तर पढ्न जाने क्रममा अनिता शहर जाने कुरा भयो तर अनुपमाको बुवाले शहर राखेर पढाउँन सक्ने हैंसत आफूसँग छैन। अब एती भए भैहालोनी भन्ने कुरामा अनुपमालाई आफ्नो पढाई टुङ्गाउने कुरा बुवाले गर्नु भयो।
हो पनि एउटा बुवाको कमाईले १२ जनाको जाँहान पाल्नु पर्थ्यो। छोरा पाउने रहर बोकेर एक-एक बर्षमा आमा सुत्केरी भैरहेने क्रम रोकिएको थिएन। घरको आर्थिक अब्स्था धेरै नाजुक थियो। घरकी जेठी छोरी भएकोले अनुपमाले यो कुरालाई राम्ररी बुझ्की र बुझ्नु पनि पर्थ्यो। अनिताको शहर जाने दिनको अघिल्लो दिन अनिता अनुपमाको घरमा आएर अनिताले भनी अनुपमालाई जाने भएँ जाऔ मसंगै? केही काम पाएमा गरेर नि कलेज पढ्औला, तर अनुपमाले अनितालाई म आफ्नो परिवारको इच्छा भन्दा बाहिर गएर केही कुरा नगर्ने कुरा बताइ, त्यस्पछी अनिता शहर गै एकलै पढ्न। अनुपमा सानै देखि भाग्यमा बिस्वाश गर्थी। शायद घरको दु:खले उसलाई यो ज्ञानको अनुभूती गराएको होला। मान्छेले दु:ख बाटनै सकी नसकी माहानताको सिढी उक्लने पाठ सिक्दोरहेछ। अनिता शहर गएको केहिदिनपछी,अनुपमाको घरमा विवाहको कुरा चल्यो। खेतिपाती मनग्गै भएको केटा छ एकमाना खाना र एक झुम्रो लाउँन दु:ख छैन। आफ्नी छोरी दिदा आफ्नी छोरीलेनी सुखै पाउँछे। भन्ने सोचले अनुपमाको बुवाले विवाहको कुरा पक्का गरे। हो पनि आखिर छोरी मान्छेले एकदिन पराइको घर जान्न भनेर धरपाइदैन। रितीसंस्कारले विवाहकोबिधी अनुसार कन्यादान सकियो। जहाँ गएनी कमीलालाई बाँडी र पहिरो भनेको यही रहेछ। माइतीको घरमा साना भाइबहिनी हुर्काएर पालो नपाएकी अनुपमा यहाँ घरमा सानासाना नन्द र देवर रहेछन। विवाह गरेको पहिलो दिनमानै अनुपमाको
श्रीमानले अनुपमालाई आफ्नो यथार्थ यसरी ब्यक्त गरेका थिएँ। गरीब घरकी केटी तिमी भएनी दु:खलाई र जीवनलाई धेरै नजिकबाट तिमीले बुझेकी कारणले आफूले तिमिसित विवाहगरेको, यि भाई बहिनीहरुको लागि भन्ने कुरा भन्दा केही बेर त अनुपमा लाज्वाफ भइँ। आमाबुवा सानैमा परलोक हुनुभएको र उहाँहरुले यो संसार छोड्नु अगी भाइबहिनीलाई हेला नगर्ने बचन गराएकोमा मैले आमाबुवको बचन पूरागर्नु पर्छ। साथै तिमी अब मेरी अर्धाङ्गिनी भएको नाताले यो बचनलाई तिमीले नि सदैब पालाना गर्नु पर्ने छ। भन्ने कुराको बिन्ती बिसाएका थिएँ । अनी अनुपमाले आफ्नो श्रीमानका कुरालाई सहर्स स्वीकार्दै पुरा गर्ने आस्वासन दिएकी थी। शायद यो नै हो नारी हुनुको धर्म अरुको खुशिमा रमाउँनु। जन्म जातै नारी पराइको नासो भएर होला। त्यसैले नारीले पराइको खुशिमानै आफूलाई समेटेर जीवन यापन गर्दै आएका होलान। हिजो सम्म कसैकी छोरी भएर माइतीघरको बुहार्तन खपेकी अनुपमा आजनी भिन्न नाता संगै अझ गहन्शिल भूमिकामा आफूलाई ढालनु पर्ने मज्बुरी उभिएकै छ। मूक्तीको सास फेर्न कहाँ सहज छ। नारीले नारी बन्धनबाट उम्कन कहाँ पाउछन र। बिहानै स्कूल जाने नन्द र देवर घाम नझुल्किनै उठेर खाजा तयार पार्नु पर्न हुन्थ्यो अनुपमालाई। यसरी नै दिनहरु बित्दैथिएँ। उसको श्रीमानले दिनुहु जस्तै खाजा खाएपछी एउटा औषधी खाएको अनुपमाले देख्थी तर केको औषधी भनेर सोध्ने उसको मुख झट्टै लागिसकेको भने थिएन। मानमर्यादाको ख्याल राख्नु पर्ने अडान आफ्नै ठाउँमा यतावद छदैथ्यो। छोरी मान्छेले नचाहिदा कुरामा धेरै कर्करगर्नु हुन्न। छोरामन्छे लाई उसको बुवाले रिषको आवेकमा आमलाई भन्नेगरेको त्यो कुराले अनुपमाको मनको एउटा खाली ठाउँ ओगटेको थियो। त्यहि कारणले कतिकुरा हेरेर नै बुझ्ने कोशिश गर्थी अनुपमा। यसरीनै दिन क्रमिकरुपले अगी बड्दै थियो । एकबिहान अनुपमा को
जिउभारी हुँदाहुदैनी उठेर किचेनतिर लाग्छे। आज सकिन भन्दानी कसले गर्थ्यो र उसको दैनिकी। अनी सबै काम सकेर नन्द र देवरलाई स्कूल पठाएर श्रीमानको कोठामा चिया को कप बोकेर पस्छे अनुपमा तर त्यहाँ अनुपमाले आफ्नो श्रीमान मोहनलाई देख्दिन। केहेबेर नजिकैका चारतिर फालिएको कपडा र पत्रीका बटुल्छे। चिया सेलाई सक्यो तर मोहन आएको होइन बाथरूमतिर हेरन के छिर्छे, अनुपमा आफ्नो श्रीमानलाई अचेत अबस्थामा पाउँछे। अनी त्यस्पछी अनुपमालाई एक्कासी कालो मैलो आँखा वरिपरी मडारिदै आएर उ नि बेहोस हुन्छे।जब अनुपमा होसमा आउँछे। हस्पिटलको बेडमा आफूलाई सेतो पहिरनसंगै पाउछे। केहिदिनपछी घरमा आइ अनुपमा मर्ने मरेर जन्छन तर बाँच्नेको दैनिकी उही हो। दिनको समय नन्द र देवरनी छेउँमा बसेर भन्छन भाउजू हाम्रो दाँजूको बिचार मलाई डक्टर र बहिनीलाई वकिल बनाउँने तर आज उहाँ हामी सामु रहनु भएन तर तपाईं नै हाम्रो आमाबुवा दाँजू भाउजू सबैथोक हामी के गर्ने यहाँ हजुर यस्तो अब्स्थामा एकलै हामी के गरौँ अब हजुरले नै भन्नुहोस। देवर र नन्दको कुरामा आँखाभरी आसु भरेर भन्छे अनुपमा मेरो जिन्दगीको बाँच्ने आधारनै तपाईंहरु हो। म तपाईंको दाजूको ईच्छालाई पूरागर्नेछु। मेरो पिरगर्नु पर्दैन। तपाईंहरु पढ्न जाने तयारी गर्नुस मायाले गन्त्ब्य र लक्ष्य कहिल्यै भूल्नु हुदैन मानिसले। त्यस्पछी बिबेक र रचना पढ्न बाहिरतिर लाग्छन। समयले अनुपमालाई अली निकोबनाउदै लग्यो। मोहनलाई मुटुको रोग रहेछ। त्यहि रोगले मोहनको आमाबुवाको देहान्त भएको कुरा अनुपमाले यतिका बर्षपछी। देवरको चिट्ठी मार्फत पढ्न पाएकी थी। चिट्ठी पढेर आँखा भरिएको आसुलाई हातले के पुछ्नलाग्छे अनुपमा। पछाडिबाट अनिता आङ्गालो हालदैआउछे। केहिबेर दुबइ साथी अङ्गालोमै बाँधिएर रुन्छन्।
कहीले आँसु कहीले हाँसो जिन्दगीको रित हो
त्यसै सँग जिउँदै जानु मानिसको जित होकोही हार्छन कोही जित्छन जिन्दगीको खेल मा
हार्नु जित्नु सम्मान हुन्छ नियतीको झेल मा
यदाकदा यी भाकाँहरु गुञ्जिएको आभाश अनिता र अनुपमालाई हुँदैथ्यो। र दुबइ आ-आफूलाई अंकमालबाट छुटाएर सन्चो बिसन्चोको कुरा सोध्छन। अनी अनिताले आज फेरी तिनै कुरा दोहोराउँदै भन्छे। तलाई सम्झना छ. अनुपमा म मेरो गरिबी देखि आतिएर सधैं धेरैपैसा कमाउने कुरा गर्थे त मेरो कुरालाई स्वीकारगर्दिनथिस् हेर त आजमैले आफ्नु जात धर्म केही नमिल्ने केटा सँग विवाह गरे पैसाले गर्दा सबैको हाइहाइ छु। सबै मेरो गुणगान गाउँछन। हेर अनुपमा त मैले भनेको मान अझै पनि केही बिग्रिएको छैन। त अर्को विवाहगर? अनी अनुपमा आजपनी अनितालाई यसरी जवाफ फर्काउछे। म कुवाको भ्यागुता न समुन्द्र तरेर पारी पुग्न सक्छु, न यो मानबरुपी बन्धनबाट मुक्त हुनसक्छु। म यसरी भासिएकी छु अनिता मलाई यिही ठीक छ।
मलाई अनेक जिम्वारीको बन्धनले आँफै भित्र बाँधेर यसरी राखेको छ। म चाहेर नि तैले भनेका कुराहरु सँग आजपनी सहमती हुनसक्दिन अनिता,यिनै कुराको अल्झ्नतिर लागेर झन्डैँ दिन रातमा परिणत हुनै लागेकोथ्यो। अनी अनिता भन्छे हेर अनुपमा यो एकबारको जिन्दगीलाई मानिसले जसरी जिउन जान्दछ, उसरिनै जिउदै जानुपर्छ। आफूमा भरपर्छ। भन्दै अनिता अनुपामा सँग बिदा हुन्छे। अनुपमनी अनितालाई बिदा गर्दै भन्छे,तैले जिन्दगी सँग जितिस् अनिता मैले हारे अनी दुबइ छुटिन्छन्!!!
श्याम कुमार जि सि मुस्कान फोप्ली ६. बल्ले खोला प्युठान नेपाल हाल मलेशिया मेल muskanchhetri52@yahoo.com
........
;;;;;;;
लघु कथा - "प्रभु! मलाई बचाउनु होस्!" -श्याम कुमार जि सि मुस्कान

श्याम कुमार जि सि मलेशिया
घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि वहाँहरू दुबै जनालाई अहिल्यै मानसिक अस्पताल लगिहालौं।
तर वहाँहरू दुबैको झगडाको कारण भने म आँफै हुँ। मेरो खुशी र सफल भविष्यका लागि वहाँहरूको लडाईं केन्द्रित छ।
संभवत संसारकै सबै भन्दा बढी भाग्यमानी सन्तानमा पर्छु म किनकि दुबै अभिभावकको संपूर्ण जिन्दगी केबल मेरो उज्जल भविष्यका लागि मात्र समर्पित छ। र वहाँहरू केबल मेरो भलाईका लागि मात्र लड्नु हुन्छ। लुछाचुडी गर्नु हुन्छ र एक अर्काको टाउको फुटाउनु हुन्छ। आमाले मेरो पढाईमा उचित ध्यान नदिएको आरोपमा बुवाले आमाको कंचडमा दाबिलाले हिर्काएको घाउ अझै निको भएको छैन । आमाले चिथोरेका नंग्राका ढोबहरू बाको अनुहारमा अझै स्पस्ट देखिन्छन।
वाको कथन छ- तँ गतिछाडा आइमाईले छोरालाई बिगार्ने भईस। न समयमा खान दिन्छेस, न समयमा स्कुल पुर्याउछेस। जुम्रा हेरेर बस्न मै तँलाई फुर्सद छैन। थुतुनोभरि नाना थरीका बिषादीहरू धस्यो। । अनुत्पादक काममा समय बितायो। ज्ञानगुणका कुरा भन्दा बढी मतिभ्रस्ट हुने कुराहरूमा ध्यान दियो। अर्काको देखासिकी गर्यो।
आफ्नो भन्दा अर्काको पारीबारले के गर्छ भन्ने कुरामा बढी चासो दियो। कल्ले के लायो, के खायोको चर्चा गर्दै समय बर्बाद गर्यो। आफुले सुको पढेकी छैनस भन्दैमा छोरालाई पनि हली बनाउने बिचार छ?आमा प्रतिवाद गर्दै भन्नुहुन्छ- तिमी नकच्चरा बुढालाई बहुला कुकुरले झैं गाँउ चहार्दै ठिक्क छ। काम दाम केही छैन। घरभित्र मुन्टिनासाथ तातो भात चाहिने बडाहाकिमलाई घर परिवारको चिन्ता छैन। बिहानदेखि बेलुकासम्म नागरिक सर्बोच्चताका नाममा भाषण ठोक्यो र बेलुका घरभित्र छिर्नासाथ श्रीमतीलाई रुवायो। तीन थाल भात घिच्नासाथ कुम्मकर्ण झैं सुत्छौ र बाघले घुरे झैं घुरेर हामीलाई सुत्न दिदैनौ। घरको काम जति सबै मै बुढीले गर्नु पर्ने। छोराको हेरचाह मै बुढीले गर्नु पर्ने। ऐंचो-पैचो, मेला-पात, छर-छिमेक मैले नै चलाउनु पर्ने। पाहुना-पासो मै बुढीले धान्नु पर्ने। तिमी बुढा त बरु मरेपनि हुन्थ्यो ! एक्लै पाल्थे छोरालाई!
यी संबादहरू मैले बच्चादेखि नै सुन्दै आएको हुँ र निरन्तर सुनिरहेको छु। यस्तो लाग्छ- बा र आमा मेरो भविष्य भन्दा पनि वहाँहरू आफ्नै ब्यक्तिगत सुख, सुबिधा र आत्मा सन्तुष्टिलाई बढी महत्व दिनु हुन्छ। छोरालाई कसले बढी ध्यान दिन्छ भन्ने अहँकार र घमण्डको लडाईका बिच मेरा बाल अधिकारहरू खोसिएका छन। आरोप र प्रत्यारोपको युद्धमा म मिचिएको छु। घुन जस्तै पिसिएको छु। मेरा खुशीका नाममा मलाई दिनदिनै रुवाँउने काम भएको छ। मेरो भविष्यका नाममा मेरो भविष्य बर्बाद गर्ने काम भएको छ। म चाहन्छु कि मेरा बा र आमाले मेरो भविष्य र सफलताका लागि भन्दा आफ्नो कर्तब्यमा ध्यान दिनुहोस्। जिम्मेबार अभिभाबकले गर्नु पर्ने कर्तब्य र कृयाकलापका बारे छरछिमेकि बाट सिक्ने प्रयास मात्र गरिदिए पनि मेरो भविष्य सुन्दर हुन सक्थ्यो कि ?
प्रभु! मेरा बा र आमाको मनसिकतालाई परिवर्तन गरिदिंदै सदबुद्धि दिनुहोस्। मलाई शान्तिले बाँच्न, हुर्कन, रमाउन, बढ्न, पढ्न र गरिखान पाँउने अधिकार सु-निश्चित गरिदिनु होस् ! यस घरको सदस्य भएर जन्मनुमा मेरो के दोष प्रभु? लौन मलाई बाँच्न दिनुहोस्! म हजुरप्रति जीवनभरि अनुग्रहित हुनेछु। प्रभु, मलाई बचाउनु होस्!नागरिक सर्बोच्चताका नाममा भएपनी बचाउनु होस्!
कथाकार । श्याम कुमार जि सि मुस्कान फोप्ली ६. बल्ले खोला प्युठान नेपाल हाल मलेशिया फोन +६०१४३३१२२९३ मेल muskanchhetri52@yahoo.com
...........
..........
गजल....
श्याम मुस्कान क्षत्री अन्जान
मनको भित्ता रंगाउने रंग चुनमा छैन साथी
आफ्नो जस्तो सफा सोचाई उनमा छैन साथी

जिन्दगीका गीतहरु बिछोडका घाऊ झैं बच्छन्
फेरी अर्को नयाँ भाका कुनै धुनमा छैन साथी

हिड्दै थिएँ उज्यालोमै अध्यारोले छोप्यो आज
टहटह छाइ दिने मन यो जूनमा छैन साथी
जन्मीने रहर बीचमा हत्या भए सपनाहरु
बचाइ दिने आफ्नो नाता खुनमा छैन साथी

दिदा दिदै रीत्तो भयो उधारोमा यो जिन्दगी
प्रतिफलको हिसाब किताब गुणमा छैन साथी
...
...
गजल

तिम्रो दिलमा मलाई बास बस्न मन लाग्यो
सुटुक्कै तिम्रो त्यो मुटुमा पस्न मन लाग्यो ॥

चाचले नयन तिम्रा नशालु छन् ओठहरु
यि ओठले ति ओठलाई डस्न मन लाग्यो ॥

तिमीलाइ सम्झीएर मेरो मुटु हल चल भयो
भौतारीदै तिम्रो काखमा खस्न मन लाग्यो ॥

कल्पनामा डुब्दै जादा प्रेम नशा चढेपिछ
अंगालोमा तिमीलाई कस्न मन लाग्यो ॥

के हुने हो थाहा छैन बैशालुमात चढे पिछ
मायाँ रुपी चिल्लो चाप्लो घस्न मन लाग्यो ॥
shyam kumar chhetri (muskan)
........
.........
बिषालु सर्प तिमी

मैले पिलाएको दुधको गुण
बेमज्जाले चुकायौ आज
डसेर मेरो सम्पूर्णता।
म त तिम्रो भोक मेटाउन
सकिनसकी बेचेर पसिना
भोकभोकै अघाउने मान्छे!
म त तिम्रो शोकमा
पिलपिल बग्ने आँखा पुछीदिएर
आफूभित्रै आँशुको अरुण बगाउने मान्छे!

म त तिम्रो सत्रुले तिमीलाई छुन अघावै
बलिदानको रगत बगाउने मान्छे!
म त तिमी रोगले अक्रान्त हुँदा
घोटेर अस्थिपन्जर-
संजिबनी निकाल्ने मान्छे!
मेरो कुनै अभिष्ट भएन
मेरो कुनै ब्यक्तिगत
रो स्वार्थ र मनोकांक्षा-
तिम्रो उन्नति, प्रगति र दिर्घायु मात्र थियो।
एकार्थमा-
तिमी सिद्धान्त थियौ
म व्यबहार थिएँ
तिमी प्राण थियौ
म श्वासप्रश्वास थिएँ।
म त मनैमनको अग्लो हिमाल थिएँ-
केवल त्यो तिम्रो लागि।
प्रतिफल!
भोको पेटमा लात हान्यौ
सुख्खा आँखामा एसिड खनायौ
लुटेर मेरो सम्पूर्ण
खुन,पसिना र आँशु
बढाइ दियौ ऋण
लगाइ दियौ दिन
उफ!!! खुइया!!!
म त रगतमा शाश्वत नाता देख्ने मान्छे!
म त भावनामा अटुट संम्बन्ध खोज्ने मान्छे!
कसरी लडौं म?
आइलागेका
यी कालो दिन
र,सेतो रातहरुसँग।

म त टुटेको \ फुटेको मान्छे!
म त छुटेको \ हराएको मान्छे!
तिम्रो यो हदको गुणलाई
अन्तत: मेरो लाश चढाउँछु
हेर है-
टाउको फोडेर मेरो
कति थिएछन् योजनाहरु
जिन्दगीको।
अनि,छातीदेखि पेटसम्म
चिरेर चर्चरी
हेर-
मेरो प्रेम कति थिएछ-
तिमी र तिम्रो अन्तर्घातप्रति।

अब म कदापि कदापि
टुटदिन \ फुटदिन
छुटदिन \ हराउँदिन
र,कुनै दु:ख पनि दिन्न
तिमी हाँस गललल
तिमी बाँच मज्जाले
सयौं काटेर तन्दुरुष्त
म त यसै हारेको मान्छे!
म त यसै मरेको मान्छे!
म त यसै मरेको मान्छे!!!
त्यो तिम्रो लागि
केवल तिम्रै लागि....
.................
कबिता

खै के पाएँ आखिर मा मैले
तिमीलाई दिएर मिठो हाँसो हरु
तिमी रुदा संगै रोएको पनि हुँ
ब्यार्थै खसाले छु मैले ति आँशुहरु
चाहेको सबै चिज पाईदैन पाउनलाई
तर पनि हुन्छन सबै को चाहाना हरु
दु:ख हरु लुकाएर खुशि दिए मैले
झरेको फुल जस्तै भयो मेरो भाबनाहरु
धोका दिनलाई के नै गार्हो छ र
बिस्वाश गर्नु नै गल्ती मेरो भयो
सुन्दर सपना कसले देख्दैन र
तर मेरो सपना सबै अधुरो भयो
माया को बादल मा तिरस्कार गर्यौ
तै पनि माया नै गर्छु तिमीलाई
नाता सम्बन्ध ले पराई भए पनि
सुखि रहे खुशि भए शुभकामना तिमीला
.........
...............
कबिता ..
समिप्यैमा छैनन् उनी तरैपनि सल्बलाउछन
उभ्याइदिए मनमा महल कलेजिमा बेरी आज

सुन्नमन लाग्ने बोली देखौँ हुने छिन् छिन्मा
अनिपोत मुटुमाझ्मा शब्द बनाइ केरी आज

लाग्न थाल्यो उनी मलाई हिरामोती जुहार्तनै
पर्खन्छु कहिले भन्छन् उन्ले तिमी मेरी आज
...........
..........
गजल

तिम्रो याद आउँदा आज पिएँ अलिकित

अतित सँग रमाएर जिएँ अलिकित

भन्थ्यो तिमी लैजउ मलाई कतै धेरै टाढा

हुन्छ भनि वचन दिन चुके अलिकित
मेरो छातीमा टाउको राखी तिमी रमउँदा

फाटेको यो मनलाई सिए अकिित

छुटने बेला गहा भरि आँसु पार्दा तिमीले
मैले पनि तिमी सँगै रोएँ अलिकित

धेरै टाढा भइसकेछ हामी विचको दुरी

आज फेरी तिम्रो तस्बिर छोएँ अलिकित

तिम्रो याद आउँदा आज पिएँ अलिकित

अतित सँग रमाएर जिएँ अलिकति
....
....
गयो तिमी


बिस्वास धेरै गर्ने गर्थे तिमीलाई
गयो मेरो बिस्वासलाई तोडी ,
एक्लै एक्लै यो मरुभूमिमा
पागल बनाइ मलाई छोडी !
तर खुशी छु मायालु
बिगतका पललाई सम्झी तिमि रुन्न भने,
बाचा कसमले श्राप दिंदा
पागल प्रेमी तिमि हुन्न भने !!

म बिन्ति गर्छु तिमीलाई
मायामा खेलबाट गर्ने नगर ,
फुलै पिच्छी भमरा झैँ
अरुको जिबनमा तिमि सर्ने नगर ..........!!
अरुको जिबनमा तिमि सर्ने नगर ..........!!!
श्याम मुस्कान क्षत्री (अन्जान)
,,,,,,,,,,,
....
बसौ कति



टाडा हुने निर्मोहिलाई, पर्खिएर बसौ कति |
रहरहरु पोको पारी, खर्कीएर बसौ कति ||
चोखो मायाँ लगाएर, छाडी गा'को धेरै भयो
कल्पिएर नाना भाँति, धर्किएर बसौ कति |

आउँन ढिला भए पनि, आठ पाँज संझे हुने
कुटुम्बको घरमा ताँति, सर्किएर बसौ कति |
बैँस चड्यो इच्छा बढ्यो, मन त्यसै मार्नु पर्छ
सहि बोले गलत सुन्छु, झर्किएर बसौ कति |

जवानीको रंग चड्दा, बेहुली बन्ने चाह बढ्दा
पर्देशिको मायाँ साँचि, लर्कीएर बसौ कति |
बिछोड नै लेख्या छकी, खोटो मेरो भाग्य माथि
चर्किएको घाउमा नुन, छर्किएर बसौ कति |

श्याम मुस्कान क्षत्री (अन्जान

....
यथार्थ
चुँडिएर आधा बीचमा लथालिङै हुन
उड्यो चङ्गा हावाको भरमा माथि आकाश छुन !

बिसाँउनलाई समठ्यारो कँहा पाएको छ जीवनले
बिसाँउनलाई समठ्यारो कँहा पाएको छ जीवनले
सोचे जस्तो कहिले हुन्छ र आफ्नो सोझो मनले
बेसहारा भई एक्लै-एक्लै बिचलित हुन
उड्यो चङ्गा हावाको भरमा माथि आकाश छुन !!


श्याम मुस्कान क्षत्री (अन्जान)
प्युठान सेवा समाज

....
गजल"

माया भन्ने यस्तइ रहेछ आज आयर थाहा पाए !

निस्टुरीको जालमा पर्दा आज आयर दुख्ख पाए !

चन्द्रमाँ झै आनुहार उनको कोइलिको झै बोली थियो !

त्यो बोलीको पछि लाग्दा आज आयर धोका खाए !!!

कलि युगको माया पनी कलिजस्तई कालो भयो !
खाड़ेरीको खोला जस्तै मेरो माया सुक्दै गयो !

कान समाई बसेको छू अब माया लाउदीन भनी !

रातको निद्रा दिनको भोक सबै मेरो चोरी लयो !!!

shyam kumar g.c hal malaysia
.कबिता - "तिमी कहीले आउछौ "

एकान्तमा बसेकीथे बिर्साउनलाई मनका छुरा
त्यहि बेला खबर पाए तिमी स्वादेश आउने कुरा ।

आफनो माटो बिर्सिएर बिदेशतीर किन धाउछौ
..
माला गासी बसेकी छु भन तिमी कहीले आउछौ ?

कति बस्नु एक्लो मैले बालबच्चा हुर्काएर
नबस्नु है त्यतै राजा फेरी मलाई झुक्याएर।
मैले सुने बिदेशतीर क्षेप्याश्र झर्यो अरे
साँहिला माहिला धने रने खै को को नी पर्‍यो अरे ।

मेरो मन ढुक्क छैन रने धने परे पछि
आफ्नै सिउदो बिरानो भो सातसमुद्र तरेपछी ।

क्षेप्याश्र भुमीबाट गाउबस्तीको गीत गाउछौ
माला गासी बसेकी छु भन तिमी कहीले आउछौ ?

स्वदेश बिदेश जहाँ पनि दु:ख तिमीले भोगेका थियौ
दाजुभाइ र आफ्नै घरको खबरहरु सोधेका थियौ ।

बा-आमाको दौरा सुरुवाल चोली पनि फाटेको छ
दुई थरी हतीयार अब एउटै हुनु आटेको छ।

म गर्दैछु बिन्ती आज परदेशी फर्काउनलाई
छिट्टै आउनु सबै जना गणतन्त्र हुर्काउनुलाई ।

फर्क अब जोस बोकी स्वदेशको नी माया पाउछौ
माला गासी बसेकीछु भन तिमी कहीले आउछौ ?
शब्द श्याम मुस्कान
रचना :हुम कान्ती गाहा मगर पाल्पा नेपाल
....
....
गजलः
कैयौँ साथी भेटेँ,साथ पाइन मैले।।

माया खॊज्दा खॊज्दै,हार खाइन मैले।।



यस्तै रैछ यहाँ,सुख पाँउदा मीत्र

एक्लै दुःख भॊगेँ,दॊष लाइन मैले।।



बल्ल भेटेँ माया,धेरै कसम खायौँ

बाचा तॊड्दा उन्ले,गाँस्न धाइन मैले।।

माया गर्छु भन्दै,उन्ले गरिन् घात

गह भरि आँसु,रून चाहिन मैले।।



सबै थॊत्रॊ भयॊ,उन्कै भरमा पर्दा

चुह्यॊ मेरॊ छानॊ फेरि छाइन मैले।।
...
......
नाता त साईनो मात्रा हो ।।
.नाता त साइनो मात्र हो स्वछ्छ मनको परीचय नै प्यारो हुन्छ जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ जहाँ गीत र संगीत हुन्छ त्यहा नै तपाईं रमाउने गर्नु जहाँ दु:ख र पिडा हुन्छ त्यसलाई तपाईं लुकाउने कोशिस् गर्नु जहाँ गनतब्य हुन्छ त्यहा सम्म तपाईं पुग्ने गर्नु मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:खमा रुनु हुँदैन रे, सुख मा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिलीरहोस समयले जति नै टाढा पुर्याएपनि अबिरल यादहरु आईरहोस ! कँहा हुनछ कस्तो हुन्छ नदेखिने माया छात्तीभित्र मुटुसँग समेटिन्छ माया --- आसुँ बनी आँखाबाट बगिदिन्छ माया हाँशो बनी ओँठबाट हांसी दिन्छ माया --- गीत बनी शुसेलिमा रमाउछ माया कहिले कही जिन्दगीमा ओइली दिन्छ माया --- खोजी हिँड्दा पाइेन्न त्यो मनको साँचो माया जता ततै खोज्दा भेटने सस्तो छैन माया --- बिछोडको बेदनामा कहालिन्छ माया मिलन हो ढुक्ढुकिको सत्य चोखो माया यता उता हेर्छु फेरि हिजो जस्तो देख्छु त्यहि आँखा मिचि ऐना हेर्छु त्यहि पुरानो अनुहार देख्छु सधैँ शनिबार ढिलो उठ्ने केबल टिभि हेर्दै टाइमपास गर्ने साथिहरुसँग msn मा भेट्ने यहि नै हो मेरो बोरिंग जिन्दगि अत्ति नै अत्ति नै भयो घडि हेर्दै यो समय बित्यो अत्ति नै अत्ति नै भयो नयाँ मोडमा म लाग्नु पर्योसधैँ घरमा बसि बसि गई सक्यो मेरो आधी जिन्दगि पिँजराको चरा जस्तो बन्धनमा बस्ने छैन
श्याम मुस्कान क्षत्री (अन्जान) हाल मलेशिया
...
...
कबिता - मायाको काँडा"
सन्चो बस्न दिँदैन भाग जती टाढा
बिझे पछी निस्कँदैन मायाको यो काँडा !

नचाँहदै पाइला त्यसै अघी सर्दो रहेछ
नटेँकु भन्थे आँफै तर टेक्न पर्दो रहेछ ,
निको कहिले हुँदैन व्यर्थ कोशीस सारा
बिझे पछी दुखिरहन्छ याद्को यो काँडा

मारेर रहरहरु कहिले मार्न सकिँदैन
टारेर कहिले बैंशहरुलाई टार्न सकिँदैन
समयको चालसँगै हुन्छ यो त गाढा
बिझे पछी सताइरहन्छ एकान्तको काँडा
...
..
गजल - " तगारो टागेको देखे.
.............shyam kumar g.c(muskan)
........................
कुर्सी कै लागि हाम्रा नेता पछी लागेको देखे
सत्ता भत्ता कै लागि राता रात जागेको देखे

सानो तिनो समस्याको लागि पनि यहाँबाट
पटक पटक दिल्ली तिर नै भागेको देखे

स्बाभिमान सार्भौम ,सिग्गो राण्टियता बेची
बद्लामा अकुत कालो रकम मागेको देखे

आचार समिताको ओकालत गर्दै हिंड्नेले
खुदै नैतीक हिनताको सिमा नागेको देखे

खिलाफी को खुशी भलो नरुचाउने मान्छेले
बाझो हाल्दै बाटो भरी तगारो टागेको देखे..
...
कबिता - "तिम्रो यादमा। श्याम कुमार जि सि (मुस्कान)
तिम्रो यादमा
तिनाउखोला पारी बाट बोला जस्तै माने ।
पाल्पाकी नानी अचेल तोला जस्तै माने ।।

मनै न हो मान्छेको पग्लिनलाई बेरै छैन,
पाल्पामै माइतिघर होला जस्तै माने ।।२
आजभोली तिमीलाई पनि भाबुकतामा देख्छु किन ?
प्युठानी को मायाले छोला जस्तै माने ।।
पलाउदैछन तिमीतिर पिरतिका मुनाहरु,
पराइको मन फेरी रोला जस्तै माने ।।२
आउ मेरो जिन्दगिमा शुरु गरौ जीवन यात्रा,
जिन्दगी त बगिरहने खोला जस्तै माने ।।
तिनाउखोला पारी बाट बोला जस्तै माने ।१
पाल्पाकी नानी अचेल टोला जस्तै माने ।।२
श्याम कुमार जि सि (मुस्कन)
फोप्ली ६बल्ले खोला प्युठान नेपाल
हाल :मलेसिया फोन ००६०१४३३१२२९३
ईमेल:muskanchhetri52@yahoo.com
shyam_huma2009@yahoo.com
....
...
कबिता

मुटु हो रे खलङा बजार शिर मल्ल रानी
खलङाका साथीहरु हरु भेटेको छु मैले
स्वोर्ग जस्तै खलङा बजार त्यस्तै मल्ल रानी
स्वोर्ग दोवारीत रमाइलो छ रे सुनेको छु मैले

न त कोहि रिसालु छन न त कोही इर्स्यालु नै
यी मेरा साथी सबै राप्ती जस्तै कन्चन छन
बोल्छन मिठो गर्छन सहयोग केहि छैन भनि
त्यसैले लाग्छ मलाई तमोर झै निश्चल छन
प्रकृतीको बरदान हरियाली ले ढाके को ठाउँ
कोइलीले गाउँछ अरे डाँफे त्यही नाँच्छ अरे
प्रदेशी घुम्न जाँदा घरै जान भुल्ने त्यो गाउँ
बिहानीको लाली संगै खलङा बजार हस्छ रे
घरिघरि बादल पनि कुहिरो बनि चुम्न आउने
परिक्रमा मा जुन पनि मख्ख पर्दै हेर्दो रैछ
स्रिस्टिकर्ता नै अल्मलिने कहाँ हो यो भन्दै
तारा हरु नि जान्छु भन्दै हेर्न झर्दो रैछ
श्याम कुमार जि सि (मुस्कान) हाल मलेशिया
..................
गजल । गजल ।। गजल ।।।

मनै मनले सबैकुरा जान्न थाल्यो कान्छी ।
सुन्दरता र भाबुकताले तान्न थाल्यो कान्छी ।।

जब तिम्रो याद आउछ हेर्ने गर्छु तस्बिरहरु,
ढुकढुकिले छेउकुना हान्न थाल्यो कान्छी ।

हरपल हराउछु म जहाँ तिम्रो माया खोज्दै,
स-बिस्तारै तिम्रो मायाले बान्न थाल्यो कान्छी ।।२

चस्किदिन्छ मुटु अनी बढीदिन्छ धड्कन पनि,
पापी मनले शमसानघाट छान्न थाल्यो कान्छी ।। १

मनै मनले सबैकुरा जान्न थाल्यो कान्छी ।।१
सुन्दरता र भाबुकताले तान्न थाल्यो कान्छी ।।।३
.......
...............
गजल । सानु तिम्रो सम्झनामा
तिम्रै हातको दागबत्तीले जल्न परोस मलाई ।
लड्दा लड्दै प्रेमयुदमै ढल्न परोस मलाई ।।

मर्छुहोला पक्कै मत उपहार तिमीलाई मेरो आयु,
चित्ता माथि दनदनी बल्न परोस मलाई ।।

यो आत्मालाई शान्ति मिल्छ तिमी अशल नारी बन्दा,
ओइलिएको पात झै गल्न परोस मलाई ।।२

अधुरै भो सपना मेरो तिम्रो सिउदो रङगाउनलाई,
अरको जूनी तिम्रै दिलमा फल्न परोस मलाई ।।२

तिम्रै हातको दागबत्तीले जल्न परोस मलाई ।।
लड्दा लड्दै प्रेमयुदमै ढल्न परोस मलाई ।।। ३
सधैं तिम्रो भलो चाहाने मान्छे
रचना :श्याम मुस्कान क्षत्री अन्जान
फोप्ली ६बल्ले खोला प्युठान नेपाल
हाल :मलेसिया
............
गजल श्याम कुमार जि सी (मुस्कान)

नयन मेरा बिचलित छन् उनलाई हेरी आज
छातीमा धड्कन बढ्यो लामोसास फेरी आज

सर्माएर यी अंगअंग लुकामारी खेल्छन् यहाँ
प्यारो भयो त्यो मुहार स्वप्नामै घेर आज
समिप्यैमा छैनन् उनी तरैपनि सल्बलाउछन
उभ्याइदिए मनमा महल कलेजिमा बेरी आज
सुन्नमन लाग्ने बोली देखौँ हुने छिन् छिन्मा
अनिपोत मुटुमाझ्मा शब्द बनाइ केरी आज

लाग्न थाल्यो उनी मलाई हिरामोती जुहार्तनै
पर्खन्छु कहिले भन्छन् उन्ले तिमी मेरी आज
फोप्ली ६बल्ली खोला प्युठान नेपाल हाल
मलेशिया फोन नुम्बर ००६०१४३३१२२९३
ईमेल muskanchhetri52@yahoo.com
श्याम कुमार क्षत्री अज्न्जान

Saturday, August 21, 2010

कविता - "यस्तैछ जिन्दगि।


o.1)कविता - "यस्तैछ जिन्दगि। श्याम कुमार जि सी(मुस्कन)
गन्तब्य बिहिन यात्रामा दौडने जिन्दगि
समयको गति सँगै बगी रहेछ |
एउटा काल्पनिक सायरी भो यो जिन्दगि
कल्पना मै कहाँ कहाँ हराई रहेछ |
मिर्त्युलाई काखी च्यापेर हिडेको यो जिन्दगी
आशाको भुमरीमा लुछातानी गरि रहेछ |
खान र लाउन मै सन्तोस नमान्ने यो जिन्दगी
विलाशी महल पो ताकी रहेछ |
कहिलै सान्त बस्न नसक्ने यो जिन्दगी
अरुलाई पछाडी लगाउन भौतारी रहेछ |
मस्तिस्क भरि चाहनाको भारी बोकेको यो जिन्दगी
आवश्क्ताको खाडल कहिलै नभरिदो रहेछ |
पैसाका लागि मानवता बिर्सने यो जिन्दगी
खोइ किन हो किन खुब दुख गरि रहेछ |
नाट्य मन्चको नाटक पत्र जस्तो यो जिन्दगी
हरेक दिन फरक फरक नाटक खेली रहेछ |
आफ्नै स्वार्थको पछी घुम्ने यो जिन्दगी
डाँडा माथिको घाम झैँ भएको छ |
तर पनि लोभका दियाहरु जलाई रहेछ |
आर्काको अगी आफुलाई झल्काई रहेछ |
आफ्नो हितका अलवा नहेर्ने यो जिन्दगी
सम्पतिका पछी बेसुरा भौतारी रहेछ |.
.........
........
जल
जहिले नि तिमीलाई भेट्न मन लाग्छ
भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ

एकै छिन नदेखे मा मनै पोल्न थाल्छ
आँखै भारि तिमीलाई देख्न मन लाग्छ

संगै हुँदा कुरा कानी गरि बस्थ्यौ हामी
साथ छुट्दा खेरि पत्र लेख्न मन लाग्छ

अंगालो मै बाँधि राख्छु सयौ जूनी भरि
छुट्नु पर्दा तिम्रै बाटो छेक्न मन लाग्छ

जहिले नि तिमीलाई भेट्न मन लाग्छ
भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ..
श्याम मुस्कान जि सी
फोप्ली ६बल्ली खोला प्युठान नेपाल
...........
.........
गीत - "असार साउनको भेल। श्याम मुस्कान जि सी
असार साउनको भेलसङगै हली बनी गाउघरमानै जम्न मन लाग्यो ।
भदौ असोजको धान र कोदोका झुलेका बाला सँग रम्न मन लाग्यो ।
किन? हेर्नमन लाग्यो मलाई धौलागिरी, अन्नपूर्ण, निलगिरी र हासेको ।
कोइलिको मधुरो आवाजमा डाफे मुनाल कस्तुरी मग्नमुघ्नभै नाचेको ।

हेर्न मन लाग्यो मलाई चाप,गुरास र सुनखरी धकमक्क फुलेको ।
अनी दसैं तिहारको रमाझम सँगइ धानको बाला लहलह झुलेको ।
हेर्न मन लाग्यो मलाई उनी सजियकी गुन्युचोली फरियामा ।।
फर्की आउछु मुग्लानबाट बरु जिबन बिताउला है सानु भरियामा
सम्झिदै बसेका छौ । उहि कलकल बग्ने झरना छागा छहरा ।।
बर्षा यामको पानीले हरियाली भयहोला पारीभिर पाखा पहरा ।।
गाई भैंसी चराआउँदै घुम्न मनलाग्यो त्यो हरियाली डाडापाखामा।
मनको बेदना सुनाइ हिडथेउ हामी बासुरिको सुरिलो भाकामा ।।

हाम्रो गाउघरमा पानी दिनेपनी कोही भयननरे सानी बिमार पर्दा ।।
देखेर पनि नदेखेझै गरेअरे तल्लाघरे सानोबाबु बार्तलिबाट झर्दा ।।
अब म सक्दिन होला मुग्लानको खाडीमा मुटु जलायर बस्नलाई ।।
कहिले सम्म वाध्य हुन पर्छ हामी नेपाली मुग्लानपारी पस्नलाई ।
असार साउनअको भेलसङगै हली बनी गाउघरमानै जम्न मन लाग्यो ।
भदौ असोजको धान र कोदोका झुलेका बाला सँग रम्न मन लाग्यो....
...............
...
गजल

जिन्दगीका सारा खुशी त्याग्दै आएको छु
तिम्ले माया गर्छौ भन्ने सुइको पाएको छु

थाहा छैन भाउ खोज्छौ किन जानी जानी
अधर्मि झै नबनभो मैले कसम खाएको छु

अरु लाई पिडा दीई आफु सुख नरोज भो
संसार नै बिर्सिएर निस्चल प्रिती लाएको छु

झट्ट सोच्छु कतै गल्ती गरेछु कि भनी
विश्वाश धेरै गर्दा मैले ठक्कर् खाएकोछु

जिन्दगीका सारा खुशी त्याग्दै आएको छु
तिम्ले माया गर्छौ भन्ने सुइको पाएको छु
....................
...............
कबिता

ए हावा !नबगीदेउ तिमी त्यसरी बेगले
टिलपिल आशु मेरो आखाबाट खस्छ
र, म रोएको भन्छन मान्छेहरुले ।

ए झरी ! नपरी देउ तिमी त्यसरी जोडले
परेलीमाथी थोपा जम्छन,
नयन झिम्क्याइसगै झर्छन
र ,म रोएको भन्छन् मान्छेहरुले ।

ए साझ ! नपरी देउ रात छिटो गतीमा
सुन्दर सपना देखछु अधेरीमा
मेरो वास्तविकता सपना जस्तो होईन
र, म रोएको देख्छन बिपनामा मान्छेहरुले ।

ए !काडा नतेर्सी देउ मेरा बाटाहरुमा
पछौरीसगै सिंगो वस्त्र अल्झियो भने
कोमल मनमा च्वाश बिज्छ
र, मलाई सर्वाङै देख्छन दोशी आँखाहरुले।

ए चन्द्र! नउदाइ देउ टुक्राहरुले
तिम्रो टुक्रे उदाइमा म जति पूर्ण भएपनि मलाई हेरे भने,
धुजा धुजा हिर्दय र आत्माहरु मात्र देखने मान्छेहरु
धर्तीका पाटाहरुमा छरीएकाछन
र, मलाई सधैं टुक्रिएको देख्छन् मान्छेहरुले ।

ए हावा !नछाइदेउ त्यसरी बेगले
उज्यालो वातावरण धमिलिन्छ
अध्यारो मौसममा मुस्कान छरे पनि
खुशी मुहार कसैले देख्दैन
र, मलाई बेखुसी देख्छ्न मान्छेहरुले ।
ए खोला ! नबगी देउ त्यसरी छालले
निस्चल मन मस्तीशकबाट
स्थीर तन मेरो ह्रिदयबाट
छ-छल्किन्छ बाटै भरी
र,मलाई बेहोशी देख्छन मान्छेहरुले ।.
.............
....
गीत
गीत
पसिना जहाँ बगाएँ पनि रगत नेपाल मै बगाउँछु
नेपाली हुँ म नेपाल कै हितमा आफूलाई लगाउँछु

तिमीले त धेरै कामना गर्‍यौ मैले थोरै प्रगती गरे
स्वीकारेर तिम्रा कामनाहरुलाई म सात समुन्द्र तरे

तर बिर्सेकी छुँइन आफ्नो जन्मभूमी र आफन्तलाई
मुटु चर्कन्छ सम्झिन्छु जब म खेलेको आँगनलाई

कुकर्मभूली सुकर्मको धुन नेपाली भूमीमै गुञ्जाउँछु
जति बटुल्न सक्छु म ज्ञानलाई सुमार्ग मै लगाउँछु

वीर थिएँ मेरा पुर्खा म तिनै वीरपर्खाकी सन्तान हुँ
घटेको छैंन अदम्मे शक्ति किनकी म वीर नेपाली हुँ

पसिना जहाँ बगाएँ पनि रगत नेपाल मै बगाउँछु
नेपाललाई मेरो खाँचो परें म आफ्नै शिर चढाउँछु
श्याम मुस्कान जि सी अन्जान
फोप्ली ६बल्ली खोला प्युठान नेपाल
हाल मलेशिया ..
........
............
कविता

हे आमा म त आए परदेसी ठाउँमा फर्कन्छु छिट्टै भनेर ।
दिन रात रुदै बसी होलिन आमा मेरै दिन गनेर ।।
नहेर्नु हे आमा थोर्गा को डाँडामा आयो को छोरा भनी ।
म आउन पाउदिन यो दसै तिहार नबस्नु दिन गनी ।।

आमा ले भन्नुहुन्थ्यो पुगेर ठाउँमा चिट्ठी लेख्नु है घर ।
आउँदैनौ बाबु जबसम्म फर्केर रुदै बस्नी हो अब ।।
छन तिम्रा साथीहरु जम्मा भएर गर्छन् रमाइलो कती ।
किन हो नआउनी हे बाबु तिमीले घरै भुलेको हो कि ।।

आउछन रमाइला चाड पर्ब हरु हुन्छ नराम्रो मन ।
लाग्दैन रमाइलो तिमी नहुँदा सम्झेर रात दिन ।।
सुक्यो ज्यान मेरो रोयर रातदिन चेहरा बदली गयो।
चिन्ता लिदा लिदै बिदेश मै यहाँ आधा जिबन गै गयो
.....
...
गीत"
मलाई जस्तो पिर व्यथा
अरु कसलाई होला,
बग्छ आँशु आँखाबाट
जस्तै कालीखोला ...
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2

जब साँझ ढल्ने गर्छ
काली रातलाई
आँशु पुच्छ्न फुर्सद छैन
मेरो ई हातलाई..
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2

आज भन्दा भोलि खुशी
हुनी आशमा,
परिणत भयो मेरो जिबन
जिउंदै लासमा ..
(बाँचे छु सँधै भरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !!)
.........
............
कविता

सिमसारमा सुन फल्छ चिसेनीमा चादी
बाजो फोडन पसिना देउ आफ्नै धर्ती माथि
पसिनाको धाराले नहर निकाल्न
झुपडीको अध्यारोमा दीप सल्काउन
उन्न्तीका थुप्रै फडके हामीले तर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।

पौरखीका सन्तान हामी पौरख गरि बाचौ
झिलीमिली घरगाउ बनाइ त्यती बेला नाचौ
आजै मरे आशाहरु उन्न्ती नै हुन्न
पौरख गरौ आफ्नै देशमा संसारले छुन्न
फापर फलाउ लेकैमा तेललाई तोरी झारनुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।
सुनाखरी चमेली झै बासना मगमग
आट हिम्म्त के पो छिन् तिमी हामीसग
हिम्म्तले देश बनाउन कुटो उचालौ
माया प्रेमले भाइचाराको नाता बसालौ
लाने केही होईन तो ज्यान एक दिन मर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।

परिश्रमी हातहरुको सोचाइ सगरमाथा
खुशी हुन्छिन पौरख गर्दा आफ्नै धर्तीमाता
जोडौ आजै पूर्व पस्चीम राजमार्ग खनी
उतर दक्षिण त्यसै छुन्छ सहनशिल बनी
धरै सन्तान धरै थरी एउटै पर्नुछ
देश बनाउन हे युवा ! पौरख गर्नुछ ।.....
.......
....
कविता - "चारकोसे झाडीको निर्जन पथमा हराउँछु)
चारकोसे झाडीको निर्जन पथमा हराउँछु

हिमाल झरना अनि छहराहरुमा रमाउँछु ।

सौन्दर्यताको बारेमा सोचमग्न हुन्छु

प्रकृतिको बारेमा केही लेख्ने प्रयास गर्छु ।

तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ॥

त्यसपछि खुइय्य गर्दै सुस्केरा हाल्छु

अनि पहाड पर्वतहरुको शयर गर्छु ।
नदीनालाहरुको छाल देख्छु अनि

त्यै छालको चालसँगै बग्ने प्रयास गर्छु ।

तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ॥

यो दिलले एकान्तपन चाहेको आभास पाउँछु

ताल तलैया र देउराली भाज्याङ्गको एकल यात्रा गर्छु तालको चिसो हावा अनि

वरपीपलको छहारीको आश्रय लिन्छु

कापी र कलमको सँयोग गराउँन खोज्छु ।

तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ।अग्रज सर्जकहरुको इतिहासका पानाहरु पल्टाउँछु ।
अधिकांशले तिनै चीजको बारेमा लेखेका छन्

आफ्नो भावनाको कलमले प्रकृतिको बयान गरेका छन् ।

आफ्ना अमूल्य कृतिले दुनिया चकित पारेका छन् ।

तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ।

एकछिन घोत्लिन्छु थकित अनुहार लिएर

आदीकवि महाकवि आशुकवि र युगकविको नजर लिएर सोचमग्न हुन्छु चारपाइको शैय्यामा बसेर

यो कस्तो बिडम्बना !

एकाएक मेरो सामु सिि¢चरणको आगमन हुन्छ ।

परिचयको साथमा उहाँ युगकवि भएको जानकारी हुन्छ ।

एकैक्षण साहित्यिक भलाकुसारी गरी मसँग विदा भए

साहित्य सिर्जना गर्न अभिप्रेरित गर्दै टाढा गए ।
अचानक

चिडियाहरुको कलरव यी कर्णहरुमा चिर्विराउँछ
झल्याँस्स हुन्छु

नयनको चादररुपी परेली बिस्तारै खुल्छन् ।

अनि एकान्त कोठामा नजर सल्बलाउँछन् ।

मेरो हातको कलमले मसँगै जमीनमा विश्राम लिएछकापीको पानामा स्याही सबै चुहेर लत्पतिएछ ।

अनि पो बल्ल थाहा भो !

मेरो कविता लेख्ने अभीप्सा पिन

अनायास तन्द्रामै लीन भएछ ।

आधुनिक युगकवि बन्ने अभीप्सा मेरो

खै ! अब त साइत जुर्दैन क्यार !

हो ! अब कहिल्यै साइत जुर्दैन ।
तर पनि यो खोटो दिमागमा कविता फुर्दैन ।

फेरि पनि यो खोटो दिमागमा कविताको इच्छा मर्दैन ।

आधुनिक युगकवि बन्ने अभीप्सा मेरो

हो ! यो इच्छा कहिल्यै नि मर्दैन ।

यो इच्छा कहिल्यै मर्दैन ॥
......
.............
गजल

यो छातीलाई सधैं मुड्की हान्दै बाँचेको छु
तिम्रो लागि अन्तिम प्राण धान्दै बाँचेको छु

तिम्रो यादको भल-बाढी मनमा मिसिएर
यो जीवनमा रगत-आँशु छान्दै बाँचेको छु

खिल पल्टेका काँडाहरु झिकीदिने नभएर
यो मुटुलाई तिखो भाला हान्दै बाँचेको छु

काटे-मारे जे गरे'नि भावबिहीन भएर म
आज आफ्नो जिउँदो लाश तान्दै बाँचेको छु

दु:खसँग डराएर भागिरहेका हाँसो-खुशी
एक दिन त पाउँछु भन्ने ठान्दै बाँचेको छु
.......
........
उमेर गयो"

उमेर ढल्केयो बैसा गयो
आउन थाल्यो दारी,
सपनाकी राजकुमारी
सधै पारि पारि !
आउछन सबै देखाउछन
बाचा कसम झुट्टा
सानै छ लाग्थ्यो उमेर
भैसकेछ बुढा !!
न त के नै गर्न सके
न त बिहे नै गरे
दिन गएछ बल्ल थाहा भो
पर्नु पिरमा परे
रचनाकर : श्याम मुस्कान क्षत्री (अन्जान)
फोप्ली ६बल्ले खोला प्युठान नेपाल
फोन :००९७७९८४७८९५३९३
इमैल :muskanchhetrai52@yahoo.com